बास्कोटाको ७० करोड काण्ड बाहिर ल्याउने पत्रकार शिवाकोटीको सुरक्षामा ध्यान दिन महासंघको आग्रह

फागुन १४ बुधबार निवर्तमान सञ्चार मन्त्री गोकुल बास्कोटाको ७० करोड काण्ड बाहिर ल्याउने पत्रकार अजय शिवाकोटीलाई सुरक्षाको माग गरिएको छ। नेपाल पत्रकार महासंघले पत्रकार तथा हाम्रा कुरा डटकमका प्रधानसम्पादक अजयबाबु शिवाकोटीको सुरक्षामा ध्यान दिन माग गरेको हो । महासंघका महासचिव रमेश विष्टले विज्ञप्ति जारी गर्दै पत्रकार शिवाकोटीको सुरक्षामा विशेष ध्यान दिन एवं स्वतन्त्र र सुरक्षित पत्रकारिता गर्ने वातावरण बनाउन माग गरेका हुन् । पत्रकारिता गरेकै कारण आफू असुरक्षित भएको भन्दै शिवाकोटीले...

मानवअधिकारवादी संस्था ‘होस्टेल फर ह्युमानिटी’ नेपालमा

काठमाडौँ, १४ फागुन स्थानीय समुदायमा स्वास्थ्य र शिक्षाबारे वकालत तथा सहकार्य गर्ने उद्देश्यले मानवअधिकारसम्बन्धी अन्तर्राष्ट्रिय संस्था ‘हस्टेल फर हुमनिटी’ नेपाल च्याप्टरको शुभारम्भ गरिएको छ ।मानवअधिकारसम्बन्धी विश्वव्यापी घोषणापत्रअनुरुप संस्थाले न्याय र मानवअधिकारको पक्षमा लडिरहेका समुदायको पक्षमा सरोकार भएका संस्थासँग साझेदारी गरेर काम गर्ने जनाएको छ । शिक्षा र स्वास्थ्यसम्बन्धी आधारभूत आवश्यकताबाट वञ्चित बालबालिकाको हित र अधिकारको पक्षमा काम गरिने बताइएको छ । काठमाडौँमा पत्रकार सम्मेलन गरी हस्टेल फर हुमनिटी नेपाल च्याप्टरको...

अझै उठेनन् भूकम्पले ढलेका निजी आवास

भक्तपुर, १४ फागुन भक्तपुर जिल्लामा २०७२ सालको भूकम्पले क्षति पु¥याएको निजी आवास पुनःनिर्माण निकै सुस्ताएको छ । भूकम्पबाट अतिप्रभावित १४ जिल्लामध्ये भक्तपुरमा पूर्ण लाभग्राही सूचीमा परेर निजी आवास पुनःनिर्माण गर्नेको सङ्ख्या निकै कम रहेको छ । यो अवधिमा जम्मा ३१ प्रतिशतमात्रै निजी आवास निर्माण सकिएको राष्ट्रिय पुनःनिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन एकाइ अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार भक्तपुरले जनाएको छ । भक्तपुर जिल्लामा कूल २९ हजार २१२ को नाम भूकम्पपीडितको...

कोशी अस्पताललाई शिक्षण अस्पतालमा रुपान्तरण गर्ने तयारी

विराटनगर, १४ फागुन विराटनगरस्थित कोशी अस्पताललाई मुलुककै नमूना र शिक्षण अस्पतालको रुपमा विकास गर्ने भएको छ । मुलुककै पुरानो सरकारी अस्पताल मध्येको एक यो अस्पताल विसं १९४७ मा मोरङको रङ्गेलीमा स्थापना भई २०१३ सालमा विराटनगरमा स्थानान्तरण भई त्रिभुवन स्मारकबाट सञ्चालनमा आएको हो । तत्कालीन ५० श्ययाको यो अस्पतालमा हाल ३५० श्यया छन् । पाँच बिघा आठ कट्ठा नौ धुर क्षेत्रफलमा फैलिएको यो अस्पतालमा हाल आन्तरिक स्रोतबाट समेत गरी २६७ चिकित्सक...

तीन वर्षपछि कानूनी शिक्षा अभियान !

काभ्रेपलाञ्चोक, १४ फागुन (रासस) स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिलाई करिब तीन वर्षपछि नेपाल बार एशोसिएशन काभ्रेपलाञ्चोक एकाइले ‘कानुनी शिक्षा’ अभियान थालेको छ । एकाइले यो सातादेखि तेमाल गाउँपालिकाबाट कानूनी शिक्षा अभियान थालेको हो ।जिल्लाका सबै स्थानीय तहमा समन्वय गर्दै संहिता–२०७४ तथा स्थानीय तहमा बनेका कानूनका विषयमा वडास्तरका जनप्रतिनिधि एवं स्थानीयलाई जानकारी गराइने एकाइ सचिव मदुसुदन वाग्लेले बताउनुभयो । “अधिकांश जनप्रतिनिधिलाई नयाँ संहिता र स्थानीय बासिन्दालाई आफ्ना कानूनबारे जानकारी नहुँदा अभियान नै...

विप्लव नेकपाको विद्यार्थी संगठनको हड्तालका कारण शैक्षिक संस्था प्रभावित

नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी निकट विद्यार्थी संगठनले आह्वान गरेको बन्दका कारण काठमाडौँ उपत्यकासहित देशका विभिन्न क्षेत्रका शैक्षिक संस्थामा अध्ययन–अध्यापन प्रभावित भएको छ । विप्लव नेकपाको विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूयियन (क्रान्तिकारी) ले आफ्ना केन्द्रीय अध्यक्ष चिरन्जीवि ढकाललाई पक्राउ गरेको विरोधमा शैक्षिक हड्ताल आह्वान गरेको जनाएको छ । २५ औँ ‘जनयुद्ध’ दिवसको अवसरमा काठमाडौँमा भएको कार्यक्रमबाट आफ्ना अध्यक्ष ढकाललाई गैरन्यायीक रुपमा केपी ओली सरकारले पक्राउ...

क्यान इन्फोटेकमा सूचना प्रविधि सङ्ग्रहालय : पुरानो र नयाँ प्रविधि एकै ठाउँमा

जमुनावर्षा शर्मा चिप्लेढुङ्गा, १४ फागुन (रासस) कम्प्युटर एसोसिएसन अफ नेपाल (क्यान) महासङ्घ कास्की शाखाद्वारा आयोजित क्यान इन्फोटेकमा राखिएको सूचना प्रविधि सङ्ग्रहालयको कक्ष पुराना र नयाँ पुस्ताका लागि आकर्षक बनेको छ । विशेषगरी नेपालमा प्रविधिको विकास कहिले भयो र कुन–कुन समयमा यसको विकास हुँदै गयो भन्ने जानकारीसहित राखिएका पुराना प्रविधिले अवलोकनकर्ताको ध्यानाकर्षण गराएको हो ।सङ्ग्रहालयका संयोजक एवं क्यान सदस्य पुरुषोत्तम कुँवरले पुराना र नयाँपुस्ता दुवैले उत्तिकै रुचिपूर्वक मेला अवलोकन गरेको बताउनुभयो...

सरकारको खट्टा तान्ने प्रचलन अन्त्य भएको छ : मुख्यमन्त्री राई

खोटाङ, १४ फागुन (रासस)  प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले देश नयाँ युगमा प्रवेश गरिसकेको बताउनुभएको छ । खोटाङको ऐँसेलुखर्क गाउँपालिकाले आयोजना गरेको ‘प्रथम बहानेपोखरी महोत्सव २०७६’को उद्घाटन कार्यक्रममा मङ्गलबार उहाँले यो युग हाम्रो युग भएको बताउनुभयो । हेलिकोप्टरमार्फत खोटाङ आउनुभएका मुख्यमन्त्री राईले देशमा पहिलोपटक स्थिर र बलियो सरकार बनेको बताउनुभयो । “यो युग शान्ति, विकास, समृद्धि, सुशासन र राजनीनिक स्थायित्वको युग हो”, उहाँले भन्नुभयो । देशमा छ महिनामा सरकार...

बेचबिखनमा परेका महिलालाई सीपमूलक तालिम

इटहरी, १४ फागुन (रासस) सुनसरीको इटहरी उपमहानगरपालिका–२ मा रहेको माइती नेपाल परामर्श तथा पुनःस्थापना गृहले विभिन्न बहानामा बेचबिखनमा परेका करिब १६ महिलालाई पाँचमहिने सीपमूलक तालिम प्रदान गरेको छ । लामो समयदेखि महिला बेचबिखनको क्षेत्रमा काम गर्दै आएको माइती नेपालले उद्धारका साथै आत्मनिर्भर बनाउनका लागि विभिन्न सीपमूलक तालिम प्रदान गर्दै आएको हो । अन्तर्राष्ट्रिय समस्या बनेको चेलीबेटी बेचबिखनलाई कम गर्न तथा बेचबिखनमा परेकालाई पुनःस्थापना गराउँदै आएको माइती नेपालले यो पटक सीपमूलक तालिमअन्तर्गत...

जुम्लाका विद्यार्थीले पाए पाठ्यपुस्तक

– विजय रावत खलङगा, १४ फागुन (रासस)  जुम्लामा नयाँ शैक्षिक सत्र शुरु भएपश्चात यहाँका विद्यार्थीले हातहातमा पाठ्यपुस्तक पाएका छन् । तिला गाउँपालिकास्थित राजेन्द्र स्टेसनरी र दीप कैलाश स्टेसनरीले सदरमुकामबाट समयमै पाठ्यपुस्तक खरीद गरी विद्यार्थीलाई वितरण गरेका हुन् । गाउँपालिकाले ती स्टेनसनरीलाई पाठ्यपुस्तक खरिदको जिम्मा दिएको थियो । विद्यालयले विद्यार्थीको सही विवरण पठाएअनुसार किताब खरिद गरेकाले यहाँका विद्यार्थीलाई खाली हात कक्षामा जान बाध्य नभएको सीता माध्यमिक विद्यालयका प्रधानाध्यापक शिवप्रसाद पाण्डेले बताउनुभयो ।...