ठाडोभाका सर्जक दुराको स्मृतिमा सङ्ग्रहालय

लमजुङ, ९ फागुन (रासस) जीवन्त ठाडोभाका गीतका पुराना सर्जक देउबहादुर दुराको स्मृतिमा उहाँकै जन्मगाउँमा सङ्ग्रहालय निर्माण भएको छ । देउबहादुर दुरा स्मृति प्रतिष्ठान हाँडीखोला लमजुङले मध्यनेपाल नगरपालिका–१० हाँडीखोलाको नास्के–वर्धन गाउँमा सो स्मृति सङ्ग्रहालय बनाएको हो । नवनिर्मित सङ्ग्रहालयको बिहीबार नगरप्रमुख रमेशकुमार पाण्डेले शुभारम्भ गर्दै दुराले ठाडोभाकाका माध्यमले सिङ्गो लमजुङलाई चिनाएको बताउनुभयो । ठाडोभाका संरक्षण समितिका संरक्षक बुद्धिमान दुरा धम्पुले नेपाली गीत–सङ्गीत क्षेत्रलाई ठूलो गुन लगाएको बताउँदै नवपुस्तालाई उनको बारेमा चिनाउने आधार...

आठ गजलकारका प्रस्तुति फागुन १० मा

पोखरा, ७ फागुन (रासस) गजल सन्ध्या पोखराले आफ्नो नियमित गजल वाचनको २००औँ शृङ्खलामा आठ गजलकारका ४० गजल प्रस्तुत हुने भएको छ । यही फागुन १० गते विशेष कार्यक्रमका साथ यहाँका चर्चित आठ गजलकारलाई एकसाथ उभ्याउने तयारी भएको गजल सन्ध्या पोखराका अध्यक्ष मोहन भण्डारीले जानकारी दिनुभयो । ‘गजलको उत्थान, हाम्रो अभियान’ भन्ने मूल नाराका साथ वि.सं. २०५९ मा यहाँ सो सस्था स्थापित भएको थियो । उहाँले यसपटकको विशेष अवसरमा पूर्वअध्यक्षहरूले संयुक्त गजल...

भरतपुरलाई धूमपानरहित बनाइने

चितवन, ६ फागुन भरतपुर महानगरपालिकालाई धूमपानरहित शहर बनाइने भएको छ । आगामी डिसेम्बरमा विशेष समारोहबीच औपचारिक घोषणाका लागि महानगरपालिकाले तयारी थालेको छ । महानगर प्रमुख रेनु दाहालका अनुसार महानगरलाई धूमपानरहित शहर घोषणा गर्न समिति निर्माण गरी हरेक महिनाको एक दिन बैठक बसेर गृहकार्य शुरु गरिएको छ । गत साता इण्डोनेशियाको बोगर नगरमा भएको कार्यक्रममा प्रमुख दाहालले भरतपुर महानगरलाई ‘स्मोक फ्री सिटी’ बनाउने प्रतिबद्धता गर्नुभएको थियो । सो कार्यक्रममा १२ देशका ४०...

लेखन तथा साहित्य क्षेत्रमा योग्दान पुरयाउने लेखक र साहित्यकार पुरस्कृत र सम्मानित

जितेन्द्र भण्डारी÷ पाँचथर,माघ २९ । समथिङ फाउण्डेशन नेपालले लेखन तथा साहित्य क्षेत्रमा योग्दान पुरयाउने लेखक र साहित्यकार दुई जनालाई पुरस्कृत र सम्मानित गरेको छ ।फाउण्डेशनले आज फिदिममा एक कार्यक्रमको आयोजना गरी पाँचथरको तुम्बेवा गाउँपालिका वडा नम्बर २ का लेखक राज माङलाक लाई पुरस्कृत र हिलिहाङ गाउँपालिका वडा नम्बर ५ सुभाङ निवासी विद्या ओझा निर्दोशीलाई सम्मानित गरेको हो । लेखक माङलाकलाई ५५ हजार ५ सय ८० रुपैया सहित पुरस्कृत गरिने र साहित्य...

साहित्यिक रचनामा लाटोकोसेरो संरक्षण

पोखरा, २५ माघ “दिनमा हैन रातमा डुल्छु सेरोफेरो मान्छेहरू भन्छन् मलाई लाटोकोसेरो । एउटा हैन दुइटा होइन धेरैधेरै छन् हुचिल, उल्लु, भुद्रुङ पनि मलाई भन्छन् ।।” यी कविताका अंश स्याङ्जाको राङभाङ – भैँसेगौडामा शुक्रबारदेखि शुरु नेपाल लाटोकोसेरो तथा हुचिल उत्सव २०७६ का अवसरमा आयोजित प्रदर्शनीमा भेटिएको हुन् । स्याङ्जाको पुतलीबजारस्थित काजीमान हरिटिका मावि कक्षा ७ मा अध्ययनत् आदित्य गोदारले रचना गर्नुभएको ती कवितांशले लाटोकोसेरोलाई झट्ट चिन्न मद्दत गर्दछ । उहाँको पूरै कविता पढ्दा त...

साहित्यकार–राजनीतिज्ञ भट्टको अभिनन्दन फागुन २३ मा

काठमाडौँ, २४ माघ प्रगतिशील लेखक सङ्घ (प्रलेस)को आयोजनामा साहित्यकार तथा राजनीतिज्ञ आनन्ददेव भट्टको सार्वजनिक अभिनन्दन आगामी फागुन २३ गते यहाँ हुने भएको छ । वरिष्ठ माक्र्सवादी चिन्तक भट्टको अभिनन्दनका लागि प्रलेसका अध्यक्ष जीवेन्द्रदेव गिरीको संयोजकत्वमा ५०१ सदस्यीय मूल आयोजक समिति गठन गरिएको छ । समितिअन्तर्गत अध्यक्ष गिरीकै संयोजकत्वमा प्रकाशन, वासुदेव अधिकारीको संयोजकत्वमा आर्थिक, मातृका पोखरेलको संयोजकत्वमा व्यवस्थापन र आरएम डङ्गोलको संयोजकत्वमा प्रचारप्रसार समिति गठन गरिएको छ । अभिनन्दनका अवसरमा प्रलेसका पूर्वअध्यक्ष...

बालविवाहमा आएन कमी

काठमाडौँ, २२ माघ बालविवाह अन्त्यका लागि राष्ट्रिय रणनीति २०७२ लागू गरी सोसम्बन्धी विविध कार्यक्रम सञ्चालनमा ल्याइए पनि बालविवाहका घटनामा भने कमी भएको देखिँदैन । राष्ट्रिय बालअधिकार परिषद्ले चालू आर्थिक वर्ष (साउनदेखि कात्तिकसम्म) मा विभिन्न पत्रपत्रिकामा प्रकाशित समाचारका आधारमा गरेको अध्ययनअनुसार २२ जिल्लामा ८० बालविवाहका घटनामा ११६ बालबालिकाको विवाह भएको देखिन्छ । पहँुच र सचेतना अभावका कारण प्रकाशमा नआएका बालविवाहका घटना यसभन्दा बढी हुनसक्ने अनुमान गर्न सकिन्छ । बालविवाहका घटनाको वर्गीकरण गर्दा...

‘राष्ट्रिय गजल महोत्सव २०७६’ शुरु

काठमाडौँ, १५ माघ नेपाल– प्रज्ञा प्रतिष्ठान र राष्ट्रिय युवा परिषद्को संयुक्त आयोजनमा ‘राष्ट्रिय गजल महोत्सव २०७६’ शुरु भएको छ । दुई दिनसम्म चल्ने महोत्सवमा देशभरका गजलकाहरुको सहभागिता रहेको छ । महोत्सवमा गजलकारहरुले गजल तथा गीति गजल प्रस्तुत गर्नेछन् । कार्यक्रममा प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले गजलप्रतिको आकर्षण बढ्दै गएकाले पहिलोपटक राष्ट्रियस्तरको गजल महोत्सवको अयोजना गरिएको बताउनुभयो । “देश, विकास र समृद्धिको दिशामा अग्रसर बनिरहेको छ”, उहाँले भन्नुभयो, “सहित्यकारहरु निराशा र कुण्ठालाई पन्छाएर...

शताब्दी पुरुष खुला चित्रकला प्रतियोगिता

ललितपुर, ७ माघ वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीका सम्मानमा ‘वाङ्मय शताब्दी पुरुष दोस्रो खुला चित्रकला प्रतियोगिता’ हुने भएको छ । योङ पिकासो, शान्ति विद्याश्रम माध्यमिक विद्यालय, सहयात्रा नामक संस्था र पाटन दरबार सङ्ग्रहालयको संयुक्त आयोजनामा यही माघ १५ गते उक्त प्रतियोगिता हुन लागेको हो । सो प्रतियोगिता उमेरस्तर र खुला गरी दुई विधामा दुई चरणमा हुने योङ पिकासोका कार्यक्रम निर्देशक अजय देशारले जानकारी दिनुभयो । उहाँका अनुसार यही माघ १५ गते...

माघ १५ र १६ गते राष्ट्रिय गजल महोत्सव हुने

काठमाडौँ ३ माघ नेपाल–प्रज्ञा प्रतिष्ठान र युवा परिषद्को आयोजनामा माघ १५ र १६ गते राष्ट्रिय गजल महोत्सव हुने भएको छ । महोत्सवमा सातै प्रदेशबाट युवा गजलकारहरूको सहभागिता रहने छ । अग्रज गजलकार अतिथिका रूपमा सहभागी हुने छन् ।उद्घाटन सत्रमा करीब एक हजार ४०० जना गजलप्रेमीको र गोष्ठी सत्रमा ३०० गजलकार, गजलविज्ञ र समीक्षकहरूको सहभागिता रहने प्राज्ञ डा देवी नेपालले जानकारी दिनुभयो । महोत्सवका लागि ५५ सदस्यीय तयारी समिति गठन गरिएको...