नेपाल स्टारको बैंकिङ्ग पार्टनरमा सिद्धार्थ बैंक

काठमाण्डौं, फागुण, १४ । नेपालकै पहिलो रियाली शो नेपाल स्टार’ को बैकिङ्ग पार्टनर सिद्धार्थ बैंक बनेको छ । ‘हामी नेपाली हाम्रो आवाज’ नाराका साथ निकट समयमानै राष्ट्रिय च्यानल नेपाल टेलिभिजनबाट शुरु हुन गइरहेको सांगीतिक प्रतियोगिता नेपाल स्टारको बैकिङ्ग पाटैनरको रुपमा नेपालको प्रतिष्ठित बैंक सिद्धार्थ बैंक बनेको हो आज राजधानीमा एक समारोहकाबीच नेपाल स्टार आयोजक कि एड्भरटाइजिङ्ग र बैकिङ्ग पार्टनर सिद्धार्थ र्बैकबीचसाझेदारीपत्रमा हस्ताक्षर भएको छ । साथै, कार्यक्रम प्रस्तोताका रुपमा नेपाल टेलिभिजन(एनटिभी)का...

अझै उठेनन् भूकम्पले ढलेका निजी आवास

भक्तपुर, १४ फागुन भक्तपुर जिल्लामा २०७२ सालको भूकम्पले क्षति पु¥याएको निजी आवास पुनःनिर्माण निकै सुस्ताएको छ । भूकम्पबाट अतिप्रभावित १४ जिल्लामध्ये भक्तपुरमा पूर्ण लाभग्राही सूचीमा परेर निजी आवास पुनःनिर्माण गर्नेको सङ्ख्या निकै कम रहेको छ । यो अवधिमा जम्मा ३१ प्रतिशतमात्रै निजी आवास निर्माण सकिएको राष्ट्रिय पुनःनिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन एकाइ अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार भक्तपुरले जनाएको छ । भक्तपुर जिल्लामा कूल २९ हजार २१२ को नाम भूकम्पपीडितको...

साढे एक करोड कारोबार गर्दै सकियो खोटाङ दिक्तेल महोत्सव

खोटाङ, १४ फागुन  जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेलबजारमा आयोजित ‘प्रथम खोटाङ दिक्तेल महोत्सव २०७६’ साढे एक करोड बढी कारोवार गर्दै सकिएको छ । गत फागुन २ गतेबाट शुरु भएको १० दिने महोत्सवमा रु एक करोड ५३ लाख बराबरको आर्थिक कारोवार भएको आयोजकले जनाएको छ । ‘प्रथम खोटाङ दिक्तेल महोत्सव, हामी सबैको उत्सव, आर्थिक समृद्धिको आधार, व्यवसाय प्रवद्र्धनको पूर्वाधार’ भन्ने नारासहित आयोजना गरिएको महोत्सवमा करिब रु एक अर्बको कारोवार हुने प्रक्षेपण गरिएको...

भद्रपुर हुलाक बचत बैंकको पूँजी रु. तीन करोड

भद्रपुर, १४ फागुन (रासस)  झापाको चन्द्रगढीमा रहेको हुलाक बचत बैंकको पूँजी हाल रु तीन करोड रहेको छ । सरकारी कर्मचारी तथा सर्वसाधारण नागरिकको सुविधाका लागि झापा जिल्ला हुलाक कार्यालय भद्रपुरद्वारा सञ्चालित हुलाक बचत बैंकमा सरकारी कर्मचारीको रु दुई करोड र अन्यको रु एक करोड गरी रु तीन करोड पूँजी भएको हो । हुलाक कार्यालयकै भुइँतलामा बैंकको काउन्टर छ । सर्वसाधारण ग्राहकलाई छ प्रतिशत ब्याज र ज्येष्ठ नागरिकलाई सात प्रतिशत ब्याज उपलब्ध...

दोलखा महोत्सव फागुन २१ देखि

दोलखा, १४ फागुन (रासस) नेपाल भ्रमण वर्ष २०२० लाई लक्ष्य गर्दै दोलखा महोत्सव आयोजना हुने भएको छ । जिल्लामा उत्पादन भएका वस्तुको प्रदर्शनका लागि निःशुल्क व्यापारिक कक्षको व्यवस्था गर्दै पहिलोपटक दोलखा उद्योग वाणिज्य सङ्घले यही फागुन २१ गतेदेखि ३० सम्म महोत्सव गर्ने भएको हो । जिल्लालाई आर्थिक, सामाजिक, शैक्षिक र सांस्कृतिकरूपमा मजबुत बनाउने उद्देश्यका साथ महोत्सव गर्न लागेको सङ्घले जनाएको छ । महोत्सवमा १५० वढी बिक्रीकक्ष राखिनेछन् । पचास हजारभन्दा बढीले...

बैंकको ढिलासुस्तीले उखु किसानले समयमै पाएनन् भुक्तानी

– शङ्खर पहाडी सर्लाही, १४ फागुन (रासस)  सर्लाहीको हरिवनमा रहेको इन्दु शङ्कर चिनी उद्योग लिमिटेडले किसानबाट खरिद गरेको उखुको भुक्तानी दिन थालेको छ । उद्योगले चालू क्रसिङ ‘सिजन’को उखुको भुक्तानी दिन शुरु गरेको हो । गत पुस ११ गतेबाट सञ्चालन भएको उद्योगले हालसम्म रु ३५ करोड भुक्तानी गरिसकेको छ । उद्योगले हरेक १५÷१५ दिनको फरकमा किसानलाई भुक्तानी दिने गरेको छ । पहिलो चरणमा रु २३ करोड र दोस्रोमा रु ३५ करोड...

नेप्सेमा उछाल, ४३ अङ्कको वृद्धि

काठमाडौँ, १३ फागुन धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक उच्च अङ्कले वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से आज ४३.०२ ले बढेर एक हजार ५४५.१९ मा पुगेको छ । यस्तै सेन्सेटिभ परिसूचक ८.७५ ले वृद्धि भई ३२६.५६ मा पुगेको छ । नेप्सेको उच्च अङ्कको वृद्धिसँगै कारोवार रकममा समेत वृद्धि भएको छ । कूल १८० कम्पनीको ७० लाख ५९ हजार ७१२ कित्ता शेयर रु दुई अर्ब ९९ करोड २१...

तमोरको पानी डाँडामा पुगेपछि।।।

तमोर नदीको पानीलाई १७ किलोमिटर माथि डाँडामा पु¥याई गाउँगाउँमा वितरण गर्नु सामान्य कुरा थिएन । प्रविधिको उपयोगले जब यो कार्य सार्थक भयो, नागरिकका घरघरमा खानेपानी पुग्यो । खानेपानीको अभावमा काकाकुल बनेका स्थानीयवासीको मुहारमा खुशी छायो । घरैमा खानेपानीको उपलब्धताले आफ्नै गाउँघरमा बस्न पाइने भएपछि स्थानीयवासी खुशी भएका छन् ।” पाँचथरमा जनताका न्यूनतम आवश्यकताअन्तर्गत पर्ने खानेपानी र विद्युत्को प्रत्याभूतिको घोषणा गर्नुभएका प्रधानमन्त्री केपी शर्मा ओलीले यही फागुन ११ गते तेह्रथुमको आठराई...

हुलाकी राजमार्गको ३८५ किमी कालोपत्र

काठमाडौँ, १३ फागुन हुलाकी राजमार्गको भौतिक प्रगति ४८ प्रतिशत पुगेको छ । राष्ट्रिय गौरवको सो आयोजना अन्तर्गत हालसम्म झण्डै ३८५ किलोमिटर सडक कालोपत्र भएको छ । सो राजमार्गको लम्बाई ९७५ किमी रहेकोमा अहिलेसम्म ३३८ किमी सडक खण्डस्मिथ ९ग्राभेल० तथा ९२ पुल सम्पन्न भइसकेको आयोजनाले जनाएको छ । चालु आर्थिक वर्षमा ९७ किमी कालोपत्र, ४२ किमी खण्डस्मिथ र पाँच पुल सम्पन्न भएको छ । बाँकी निर्माणका लागि ठेक्का सम्झौता भइरहेको...

शुरु भो ऐतिहासिक दुगुनागढीको मर्मत कार्य

चौतारा, १३ फागुन सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका– ३ स्थित ऐतिहासिक दुगुनागढीको मर्मत कार्य शुरु भएको छ ।सो गाउँपालिकाको रु २० लाख ५० हजारबाट उपभोक्ता समितिमार्फत मर्मत कार्य शुरु गरिएको हो । नेपाल र तिब्बतबीच युद्ध हुँदा विसं १९१२ मा निर्माण भएको १६४ वर्ष पुरानो उक्त गढी ०७२ सालको भूकम्पबाट क्षति भएको थियो । भ्रमण वर्षका अवसरमा पर्यटन भित्र्याउने उद्देश्यले ऐतिहासिक गढीको मर्मत गर्न लागेको गाउँपालिकाको अध्यक्ष राजकुमार पौडेलले जानकारी दिनुभयो...