स्वास्थ्य सेवा विस्तार गर्दै स्थानीय तह

जाजरकोट, १४ फागुन पूर्वी जाजरकोटको नलगाड नगरपालिकाको प्रशासकीय केन्द्र दल्लीमा १५ श्ययाको अस्पताल निर्माण शुरु भएको छ । “स्वास्थ्य संस्थामा स्वास्थ्यकर्मी परिपूर्ति गर्नका लागि नगरपालिकाले विज्ञापन गरिसकेको छ”, प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्र सिंहले भन्नुभयो । पश्चिममा छेडागाड नगरपालिकाको सालटाकुरामा नगर अस्पतालको काम शुरु भएको नगर प्रमुख लालबहादुर महतराले जानकारी दिनुभयो ।स्वास्थ्य संस्थालाई स्तरोन्नति गरी नगर अस्पताल बनाइएको हो । नौ स्वास्थ्य संस्थाका भवनसमेत निर्माण शुरु गरिएको उहाँले जानकारी दिनुभयो ।...

रगत सङ्कलन केन्द्र नहुँदा बिरामी मर्कामा

तारानाथ आचार्य, बलेवा, १३ फागुन (रासस) प्राथमिक स्वास्थ्य चौकी बुर्तिवाङमा रक्त सङ्कलन केन्द्र नहुँदा बिरामी मर्कामा पर्ने गरेका छन् ।प्राथमिक उपचार सेवाका साथै सामान्य शल्यक्रियासमेत हुने स्वास्थ्य चौकीमा अहिलेसम्म रक्त सङ्कलन केन्द्र स्थापना हुन सकेको छैन । रक्त सङ्कलन केन्द्र नभएका कारण रगतको आवश्यकता भएका बिरामीलाई ९१ किलोमिटर दूरीमा रहेको जिल्ला सदरमुकाम बागलुङ धाउनुपर्ने बाध्यात्मक रहेको छ । यहाँ शल्यक्रियामार्फत सुत्केरी हुनेलाई पनि सेवा दिने व्यवस्था छ तर शल्यक्रियापछि...

क्यान्सर अस्पतालको सञ्चालक समितिले १७ महिनापछि पुर्णता पायो

चितवन, फागुन १३ । बीपी कोईराला मेमोरियल क्यान्सर अस्पतालको सञ्चालक समितिले पुर्णता पाएको छ । १७ महिना देखि रिक्त रहेको पदमा सोमबार बसेको क्याविनेटले ६ जनालाई नियुक्त गरेसंगै सञ्चालक समितिले पुर्णता पाएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालको प्रस्तावमा हिजो बसेको मन्त्रिपरिषद् बैठकले डा.कैलाश भण्डारी, डा.रक्षा श्रेष्ठ, डा.विनय ठाकुर, डा सुनन्दा सुन्दास, रामप्रसाद न्यौपाने र निशा अधिकारी रहेका छन् । क्यान्सर अस्पताल ऐन, २०५३ अनुसार ५ पदेन सदस्य सहित १४...

चिसोले स्किन बिग्रेर हैरान हुनुहुन्छ ? लगाउनुस यस्तो घरेलु उपाय

चिसो याम सुरु भएसँगै बिभिन्न ब्यत्तीलाई आँफ्नो स्किनलाई कसरी केयर गर्न सकिन्छ भन्ने चिन्ता बढी रहेको छ । तपाँईलाई त्यस्तो चिन्ता लागेको छ भने अब बिभिन्न घरेलु उपाएबाट पनि तपाईले आँफ्नो स्किनलाई केयर राख्न सक्नु हुनेछ । जसको लागि तपाँईले बिभिन्न उपाए अपनाउदा सहज हुने छ । देशी बदामको तेल छाला सुक्खा हुने, फुस्रो हुने, चिलाउने, जलन हुने भएमा देशी बदाम को तेल लगाउने गर्नुस् । यसले तपाईंलाई समस्याबाट मुक्त हुन...

अस्पताल निर्माणका लागि निःशुल्क जग्गादान

सिञ्जा, १३ फागुन (रासस) कनकासुन्दरी गाउँपालिकाले इलाका स्वास्थ्य चौकी हाडसिञ्जामा १५ श्ययाको अस्पताल निर्माण प्रक्रिया अगाडि बढाएको छ । सो क्षेत्रमा अस्पताल नहुँदा स्थानीयवासी उपचारबाट वञ्चित हँुदै आएका छन् । अस्पताल भवन निर्माणका लागि स्थानीयवासीले वडा नं ४ हाडसिञ्जामा सात रोपेनी जग्गा निःशुल्क उपलब्ध गराएको इलाका स्वास्थ्य चौकी हाडसिञ्जाका इन्चार्ज वीरेन्द्रप्रसाद उपाध्यायले बताउनुभयो । रविलाल आचार्य र नाना आचार्यलगायतका स्थानीयवासीले १५ श्ययाको अस्पताल निर्माणका लागि निःशुल्क जग्गा उपलब्ध गराउनुभएको हो ।...

छिस्तीमा नयाँ स्वास्थ्यचौकी भवन बन्यो

बागलुङ, १२ फागुन (रासस) जैमिनी नगरपालिका–८ छिस्तीमा स्वास्थ्यचौकी भवन निर्माण गरिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयबाट विनियोजित रु एक करोड ५६ लाखमा भवन बनेको वडाध्यक्ष विजय अधिकारीले जानकारी दिनुभयो । भवनबाट आइतबारदेखि सेवा दिन थालिएको छ । भूकम्प प्रतिरोधी क्षमताको दुईतले भवनमा प्रशासन, उपचार, प्रयोगशाला, प्रसूति, औषधि भण्डारलगायतका कक्ष छन् । कर्मचारीको आवास सुविधाका लागि समेत कोठा बनाइएको छ । नयाँ भवन बनेपछि सेवा प्रवाह सहज भएको स्वास्थ्यचौकी प्रमुख दलबहादुर...

सिटीस्क्यान मर्मत गर्न बल्ल बोलपत्र ःउपकरण थप्दै भरतपुर अस्पताल

चितवन, १२ फागुन (रासस)  भरतपुर अस्पतालको सेवालाई थप चुस्त बनाउन रु आठ करोड हाराहारीको उपकरण खरिद एवं मर्मतसम्हार कार्य अघि बढाइएको छ । स्वास्थ्य मन्त्रालयले सङ्घीय अस्पताललाई उपलब्ध गराएको बजेटबाट उपकरण खरिद एवं बिग्रिएका उपकरणको मर्मत गर्न लागिएको अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलले जानकारी दिनुभयो । उहाँ अनुसार दुई वटा भिडियो एक्सरे, सघन उपचार कक्षमा प्रयोग हुने सिरिञ्ज पम्प, माइक्रोडेवराइडर सेट, मनिटर, मुटुको भिडियो एक्सरे गर्ने उपकरण, शल्यक्रियामा प्रयोग हुने अपरेटिङ...

जनप्रतिनिधि हुनु त यस्तो पो, आफ्नो सुविधाले दुई एम्बुलेन्स खरिद

काभ्रेपलाञ्चोक, १२ फागुन (रासस) जनप्रतिनिधिले ‘मानवीय सेवामा कसरी सहयोग पु¥याउनु पर्छ’ भन्ने उदाहरण रोशी गाउँपालिकाका उपाध्यक्ष लक्ष्मी बर्तौला बन्नुभएको छ । उहाँले आफूलाई सवारीसाधन खरीद गर्न छुट्याइएको बजेटले दुई एम्बुलेन्स खरिद गरी मानवीय सेवामा सहयोग पु¥याउनुभएको छ । गाउँपालिकाको कार्यपालिका बैठकबाट पारित गरि एम्बुलेन्स खरिद गरिएको जनाइएको छ । वडा नं ५ र ११ मा रहनेगरी दुवै वडास्थित एम्बुलेन्स सञ्चालन समितिका अध्यक्षद्वयलाई आइतबार कार्यक्रममा संविधानसभा सदस्य तीर्थ लामाले हस्तान्तरण गर्नुभयो ।...

बीमा संस्थानको कोषमा रु २६ अर्ब, बीमक सात लाख

नारायण न्यौपाने काठमाडौँ, ११ फागुन (रासस) राष्ट्रिय बीमा संस्थाले ५३औँ वार्षिकोत्सवसम्म आइपुग्दा संस्थान जीवन बीमा कोषमा रु २५ अर्ब ९६ करोड पुगेको छ । मुलुकमा स्थापित १९ वटा जीवन बीमा कम्पनीका बीचमा संस्थाले बीमा कोष र बीमा शुल्क सङ्कलन क्रमशः १० प्रतिशत र १२ प्रतिशत हिस्सा ओगटेको छ ।चालू आर्थिक वर्षको प्रथम अर्धवार्षिकको अन्त्यसम्ममा १९ जीवन बीमा प्रदायकको जीवन बीमा कोषमा रु दुई खर्ब ६५ अर्ब ७१ करोड सङ्कलन भएको...

स्वास्थ्य केन्द्रमा प्रसूति गराउने घट्दै

गौशाला, ११ फागुन महोत्तरीस्थित प्राथमिक स्वास्थ्य केन्द्र सम्सीले महिलालाई महिनाँैदेखि प्रोत्साहन भत्ता उपलब्ध नगराएका कारण स्वास्थ्य संस्थामा प्रसूति गराउनेको सङ्ख्यामा कमी आएको छ । गत असोजदेखि स्वास्थ्य संस्थाले सुत्केरी भत्ता समयमै उपलब्ध नगराएकै कारण अस्पतालमा प्रसूति गराउनेको सङ्ख्यामा पछिल्लो समयमा कमी आएको स्वास्थ्य संस्थाका अनमी विन्दु साहले बताउनुभयो । पहिले दिनहुँ पाँच जनाले प्रसूति सेवा लिने गरेकामा पछिल्लो समयमा क्रमिक रुपमा सेवाग्राही आउन छाडेका छन् । सरकारी स्वास्थ्य संस्थामा प्रसूत भए...