दक्षिण कोरियामा जन्मदर घट्यो

सियोल, १४ फागुन (रासस- एएफपी) लगातार घट्दै गएको दक्षिण कोरियाको जन्मदर यस वर्ष पनि घटेको बुधबार सार्वजनिक प्रतिवेदनमा उल्लेख छ । करिब ५ करोड १० लाख जनसंख्या रहेको कोरियामा गत वर्ष (सन् २०१९) मा केबल तीन लाख शिशुको जन्म भएको अधिकारीहरुले बताएका छन् ।कोरियामा पनि हाल विश्वमै सबैभन्दा लामो औसत आयू भएका व्यक्तिहरु छन् तर जन्मदर भने सबैभन्दा न्यून छ । यी दुई पृथक सूचकका कारण कोरियाली जनसांख्यिक संरचनामै ठूलो...

कोरोना जीवाणुको औषधि परीक्षण नेब्रास्कामा पनि शुरु

ओमाहा, नेब्रास्का, १४ फागुन (रासस-एपी)  कोरोना जीवाणु (भाइरस) उपचारको पहिलो क्लिनिकल परीक्षण अमेरिकाको नेब्रास्कामा जारी रहेको अमेरिकी स्वास्थ्य अधिकारीहरुले जनाएका छन् । विश्वभर विभिन्न ५० स्थानका ४०० बिरामीलाई परीक्षणका लागि यो औषधि खुवाउने तयारी भइरहेको छ । अध्ययनमा समावेश हुने आधा बिरामीलाई एन्टिभाइरल औषधि (रेमडेसिभर) दिइने छ भने बाँकी आधालाई प्लासेबो दिइने छ । यही प्रकृतिको औषधि अर्को एक कम्पनीले पनि परीक्षण गरिरहेको छ । यद्यपी विश्वभर कोरोना उपचारका लागि...

दिल्ली हिंसामा १८ जनाको मृत्यु, परिस्थिति अझै नाजूक

नयाँदिल्ली, १४ फागुन (रासस-सिन्ह्वा-एएफपी) भारतको राजधानी नयाँदिल्लीमा केही दिनदेखि जारी हिंसात्मक झडपका कारण बुधबार बिहानसम्म एक प्रहरी अधिकृत सहित १८ जनाको मृत्यु भएको छ । स्वास्थ्य अधिकारीहरुका अनुसार झण्डै २०० जना घाइते भएका छन् ।जिटीबी अस्पतालले बुधबार मात्र पाँच जनाको मृत्यु भएको जनाएको छ । अस्पतालमा उपचारका लागि भर्ना भएका घाइतेहरुमा प्रदर्शनकारी र प्रहरीहरु रहेका छन् । नयाँदिल्लीको सर्वाधिक प्रभाव परेको उत्तरपूर्वी क्षेत्रमा स्थानीय अधिकारीहरुले सबै विद्यालयहरु बन्द गरेका छन् भने...

इन्डोनेसियामा बाढी, पहिरोबाट १० हजार विस्थापित

जकार्ता, १४ फागुन (रासस-सिन्ह्वा) इन्डोनेसियाको पश्चिम जाभा प्रान्तको कारावाङ जिल्लामा आएको बाढी, पहिरोबाट १० हजारभन्दा बढी मानिस विस्थापित भएका छन् ।राष्ट्रिय विपद् व्यवस्थापन संस्थाका प्रवक्ता आगस विबाओका अनुसार यस प्राकृतिक प्रकोपबाट तीन वटा विद्यालय भवन र एउटा मस्जिद क्षतिग्रस्त भएको छ । उहाँले ८०० हेक्टरभन्दा बढी क्षेत्रमा लगाइएको धानबाली डुवानमा परेको जानकारी दिनुभयो । उहाँले जिल्लाका अति प्रभावित करिब ४८ हजार मानिसलाई उद्धार गरी सुरक्षित स्थानमा पु¥याइएको छ । पीडित व्यक्तिका...

महात्मा गान्धीको दृष्टिकोणमा अमेरिका उभिन्छ : ट्रम्प

नयाँ दिल्ली, १३ फागुन (रासस-एएनआई) अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले महात्मा गान्धीको दृष्टीकोणमा अमेरिका सशक्त रुपमा उभिने प्रतिबद्धता जनाउनु भएको छ । भारत भ्रमणमा रहनु भएका ट्रम्पले मङ्गलबार गान्धीको समाथीस्थल राजघाटमा पुगेर गान्धीप्रति श्रद्धान्जली व्यक्त गर्दै गान्धीको दृष्टीकोणप्रति अठोट व्यक्त गर्नुभएको हो । समाथीस्थलमा राखिएको आगन्तुक पुस्तिकामा उहाँले लेख्नुभएको छ, “स्वायत्त र स्वतन्त्र भारतका लागि महात्मा गान्धीले खेल्नु भएको भूमिका र महात्मा गान्धीका अन्य दृष्टीकोणप्रति अमेरिकी जनता सशक्त रुपमा उभिन्छन्, यही नै...

कोरोना सङ्क्रमणबाट इटालीमा चार जनाको मृत्यु

रोम, १२ फागुन (रासस-एएफपी)  इटालीमा नयाँ कोरोना भाइरसको सङ्क्रमणबाट सोमबारसम्ममा चार जनाको मृत्यु भएको स्वास्थ्य अधिकारीहरुले बताएका छन् । उत्तरी लोम्बार्डी क्षेत्रमा पछिल्लो पटक एक जना ८४ वर्षका वृद्धको कोरोनाकै सङ्क्रमणबाट मृत्यु भएको हो । इटालीको लोम्बार्डीमै यसअघि अरु तीन जनाको कोरोना सङ्क्रमणबाट ज्यान गएको थियो । यहाँ इटाली सरकारले पूरै गाउँ बस्तीलाई अलग्याएको छ र सुरक्षा व्यवस्था कडा बनाएको छ ।इटालीको नागरिक सुरक्षा विभागका प्रमुख एन्जेलो बोरेल्लीले मुलुकभर आइतबारसम्ममा १५०...

इजरायली क्षेप्यास्त्रबाट सिरियामा छ जनाको मृत्यु

जेरुसलेम, १२ फागुन (रासस-एएफपी) गाजापट्टी र सिरियामा रहेका इस्लामिक जिहादी लडाकूलाई लक्षित गरी इजरायलले गरेको हवाई आक्रमणमा छ जना लडाकूको मृत्यु भएको छ ।युद्ध अनुगमन गरिरहेको एक संस्थाका अनुसार इजरायलमाथि जिहादी समूहले क्षेप्यास्त्र प्रहार गरेपछि प्रतिक्रिया स्वरुप इजरायलले हवाई हमला गरेको हो । आगामी मार्च २ तारिखमा इजरायलमा हुन लागेको आमनिर्वाचनको पूर्वसन्ध्यामा इजरायली सेनाले जिहादी लडाकू विरुद्ध कडा कारबाही थालेको हो । सेनाले जारी गरेको वक्तव्यमा इजरायली वायु सेनाले गाजादेखि सिरियाली...

दक्षिण कोरियाका कोरोना फैलिने क्रम तीब्र, सात जनाको मृत्यु, ७६३ जना सङ्क्रमित

सोल, १२ फागुन (रासस-एपी)  दक्षिण कोरियामा प्राणघातक कोरोना भाइरसको प्रकोपलाई रोक्न राष्ट्रपतिले ‘अभूतपूर्व, शक्तिशाली’ कदमहरूको लागि आह्वान गर्नु भएको छ । तर पनि यस भाइरसबाट सङ्क्रमितको सङ्ख्या बढेको सोमबार प्राप्त समाचारमा जनाइएको छ । केहीदिनदेखि सङ्क्रमितहरुको सङ्ख्या बढ्दै गएकोमा दक्षिण कोरियामा आइतबार थप १६१ जनामा थप सङ्क्रमण देखिएको छ । दक्षिण कोरियामा कुल सङ्क्रमितको सङ्ख्या ७६३ पुगेको सोमबार जनाइएको छ ।त्यसैबीच कोरोना भाइरसबाट थप दुई जनाको मृत्यु भएपछि यस प्रकोपबाट मृत्यु...

महाथिर मोहम्मदले दिए राजीनामा, गहिरियो राजनीतिक सङ्कट

क्वालालम्पुर, १२ फागुन (रासस-एपी) मलेसियाका वयोवृद्ध प्रधानमन्त्री महाथिर मोहम्मदले मलेसियाका राजासमक्ष प्रधानमन्त्री पदबाट सोमबार राजीनामा गर्नु भएको छ । दुई वर्ष पहिले निर्वाचनमा विजयी हुनु भएका महाथिरको सत्तारुढ गठबन्धनका सांसदहरुले सत्ता छाड्ने एकाएक निर्णय गरेपछि उहाँ राजीनामा गर्न बाध्य हुनु भएको हो ।प्रधानमन्त्रीको कार्यालयले जारी गरेको संक्षिप्त वक्तव्यमा सोमबार अपराह्न १ बजे प्रधानमन्त्री महाथिरले राजा समक्ष राजीनामा गर्नु भएको उल्लेख छ, तर राजीनामाको बारेमा विस्तृत केही बताइएको छैन । प्रधानमन्त्री महाथिरकै...

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प भारतमा

अहमदाबाद, भारत , १२ फागुन (रासस – एएफपी) अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प दुई दिने औपचारिक भ्रमणको क्रममा सोमबार भारत आइपुग्नु भएको छ । राष्ट्रपति ट्रम्पलाई भारतीय संस्कृति झल्कने विभिन्न झाँकीका साथ भव्य स्वागत गरिएको छ । ट्रम्प सवारी हुने सडकका दायाँबायाँ ठूलो संख्यामा मानिसहरु ट्रम्पलाई स्वागत गर्न भेला भएका छन् । राष्ट्रपति ट्रम्पलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले अहमदाबाद विमानस्थलमा स्वागत गर्नु भएको थियो । मोदीको गृहराज्य गुजरातमा निर्माण भएको विश्वकै सबैभन्दा ठूलो...