राष्ट्रिय गौरवका योजनामा समग्रमा हेर्दा हाम्रो उपलब्धी सन्तोशजनक छैन् : उपाध्यक्ष पुष्पराज कंडेल

काडमाण्डौं, माघ, २७ । राष्ट्रिय योजना आयोगले कुनैपनि आयोजना कार्यान्वयनमा ल्याउन राष्ट्रिय आयोजना बैंकमा अनिवार्य दर्ता हुनुपर्ने गरी राष्ट्रिय आयोजना बैंकको स्थापना गरेको छ । यसअघि राष्ट्रिय गौरवका आयोजना सँगै अन्य महत्वपूर्ण आयोजनाहरुको कार्यान्वयनमा समस्या देखिएपछि कुनैपनि आयोजना कार्यान्वयनमा जानुभन्दा अघि राष्ट्रिय आयोजना बैैंकमा दर्ता गर्न राष्ट्रिय योजना आयोगले मन्त्रालयहरुलाई निर्देशन समेत दिएको छ । आयोगले आइतबार राष्ट्रिय विकास समस्या समाधान समितिको ४७ औं बैठकमा आयोजना बैंकको ढाँचा, अवधारणा पत्र...

विशेष अन्तर्वार्ता– दुई वर्षभित्र नेपालको बिजुली बङ्गलादेशले बाल्नेछ ; राजदूत डा मिश्र

ढाका, २१ माघ  भौगोलिक सीमाका हिसाबले नेपाल र बङ्गलादेशको दूरी २७ किलोमिटरको छ । असल र सुमधुर सम्बन्ध भएको बङ्गलादेश र नेपालको खानपान, सांस्कृतिक वातावरण, भौगोलिक अवस्था र भाषिक शब्द धेरै मिल्दोजुल्दो छ । हरेक दृष्टिले निकट यी दुई देशबीचको जनस्तरको सम्बन्ध, आपसी सहयोग, व्यापार–व्यवसायको आदानप्रदान र पर्यटन प्रवद्र्धनलगायत विषयमा बङ्गलादेशका लागि नेपाली राजदूत डा वंशीधर मिश्रसँग उहाँकै कार्यकक्षमा राससकर्मी नारायण ढुङ्गानाले गरेको कुराकानी(माघ १२)को सम्पादित अंशः राससःनेपाल र बङ्गलादेशको सम्बन्ध...

पैसाको लागि देश बेच्नेलाई सत्तामा बस्ने अधिकार छैन- नेतृ डोल्मा तामाङ

काठमाडौँ : नेपाल महिला संघको केन्द्रीय सदस्य, नेपाली कांग्रेस केन्द्रीय नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका सदस्य एवं प्रदेश नं. १ वाट प्रदेश सभाको समानुपातिक तर्फको प्रदेश सभा सदस्यको उम्मेदवार समेत रहनु भएकी नेपाली कांग्रेस सोलुखुम्बुकी वौद्धिक र सालिन नेतृ डोल्मा तामाङसंग समसामयिक राजनीति, नेपाल महिला संघ, कांग्रेसभित्र देखिएको विवाद, आगामी अधिवेशन र यो सरकारको कामकारवाहीको सन्दर्भमा गरिएका कुराकानीको आधारमा तयार पारिएको अन्तर्वार्ता : १. नेपाल महिला संघ के गर्दै छ...

बेंगाजी आक्रमणका आरोपीलाई १९ वर्षको जेल सजाय

वासिङ्टन, १० माघ (रासस-एएफपी) सन् २०१२ मा लिबियाको बेंगाजीस्थित अमेरिकी नियोगमा आक्रमण गरेको आरोपमा पक्राउ परेका एक ४७ वर्षीय लिबियालीलाई अमेरिकामा १९ वर्षको जेल सजाय दिइएको छ ।अमेरिकी विशेष फौजले ४७ वर्षीय मुस्तफा अल–इमामलाई लिबियाबाट पक्राउ गरी अमेरिकामा मुद्दा चलाएको थियो । मुस्तफामाथि आतंकवाद र अन्य अपराधमा दोषी ठहर गरिएको थियो । अमेरिकी जिल्ला न्यायालयले मुस्तफालाई १९ वर्ष ६ महिनाको जेल सजाय तोकेको छ । लिबियाको बेंगाजीस्थित अमेरिकी नियोग र सिआइएको...

अमेरिकामा बेरोजगारको संख्या २ लाख ११ हजारले बढ्यो

वासिङटन, १० माघ (रासस/सिन्ह्वा) संयुक्तराज्य अमेरिकामा गत साता बेरोजगारको संख्यामा सामान्य वृद्धि भएको अमेरिकी श्रम विभागले जनाएको छ ।बिहीबार सार्वजनिक विवरणमा बेरोजगार भत्ता लिन आवेदन गर्नेहरु अघिल्लो साताको तुलनामा ६ हजारले बढी भएको उल्लेख छ । जनवरी १८ को अन्त्यमा बेरोजगार भत्ताका लागि आवेदन गर्नेको संख्या दुई लाख ११ हजार पुगेको छ । यहीबीच, अमेरिकी श्रम बजारमा बेरोजगारको संख्या सरकारी अनुमान तीन लाखभन्दा मुनि रहेको छ । तथ्याँक विश्लेषणबाट संयुक्तराज्य अमेरिकाको...

इन्डोनेसियामा पुल भत्किँदा सातको मृत्यु

इन्डोनेसिया, ६ माघ इन्डोनेरियाको सुमात्रा द्वीपमा एक पुल भत्किँदा कम्तीमा सात व्यक्तिको मृत्यु भएको प्रकोप व्यवस्थापन निकायले सोमबार जनाएको छ । कावर शहरको भर्खरै मात्र निर्माण भएको सो पुलमा करिब ३० जना विद्यार्थिहरु पुृल पार गर्न लागेको अवस्थामा अकस्मात पुल भत्किएको थियो । मुसलधारे वर्षाका कारण यस पुलमुनिको नदीमा पानीको सतह सामान्य भन्दा माथि रहेको जनाइएको छ । पुल भत्किएपछि सात जनाको पानीमा डुबेर मृत्यु भएको र तीनजना अझै हराइरहेका प्रकोप व्यवस्थापन...

नेकपा सचिवालय बैठकले गरेको निर्णयको आधिकारीक जानकारी मैले बुझेको छैन्: उपसभामुख

उपसभामुख डा. शिवमाया तुम्बाहाम्फे सँगको अन्तरवार्ता अहिले संसदमा एउटा गतिरोध देखिएको छ । तीन तीन पटकसम्म संसदको बैठक बस्न सकेन् । यो कहिले सम्म रहन्छ ? अव यो गतिरोध अन्त्य गर्ने अर्थात प्रतिनिधि सभाको बैठक सुचारु गर्ने भन्ने निर्णय नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दल जसको प्रतिनिधिसभामा बहुमत प्राप्त दल छ उसको हातमा छ । किन रोकिएको छ संसद, बिजनेस नभएर हो या अन्य केही कारणहरु भन्न मिल्छ ? यसमा बिजनेस हामीसँग छ ।...

पुनःनिर्माणले समृद्ध र बलियो नेपालका लागि योगदान दिएको छ :ज्ञवाली

गोरखा भूकम्पपछि गठित राष्ट्रिय पुनः निर्माण प्राधिकरण स्थापनाको चार वर्षमा निजी आवास र अन्य क्षेत्रमा गरी ८३ प्रतिशत काम सम्पन्न भएको छ । राष्ट्रिय र अन्तरराष्ट्रिय क्षेत्रको सहयोगमा जारी पुनःनिर्माणले स्थानीय तहमा ठूलो मात्रामा रोजगारी सिर्जना र आर्थिक परिचालन गरी आर्थिक वृद्धिमा समेत योगदान दिएको छ । विपद् सङ्कटापन्न दृष्टिले जोखिमपूर्ण नेपालमा बलियो र प्राकृतिक विपद् जोखिमअनुकूल घर र संरचना निर्माणका साथै आर्थिक समृद्धिमा टेवा पुग्ने नीति र योजना...

समोआमा दादुराबाट ६२ जनाको मृत्यु

सुभा, १९ मङ्सिर (रासस ÷ सिन्ह्वा) समोआ सरकारले बिहीबार टापुहरुले भरिएको यस देशमा दादुराको महामारीबाट बिहीबार थप २ जनाको मृत्यु भएको पुष्टि गरेको छ । मध्य अक्टोबरबाट सुरु भएदेखि दादुराको प्रकोपबाट हालसम्म ६२ जनाको मृत्युको भएको सरकारी स्रोतले जानकारी दिएको छ । सरकारले बिहीबार जारी गरेको एक विज्ञप्तिअनुसार सामोआमा सो रोग निगरानी टोलीका अनुसार ४ हजार २१७ दादुराको सङ्क्रमण भएको छ । गएको २४ घण्टाभित्र नै १ सय ६५ जनामा दादुराको...

‘फुर्सद हुनेले सरकारको विरोध गरेका हुन्’ : महासचिव पौडेल

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले आर्थिक समृद्धिको लक्ष्यलाई केन्द्रमा राखेर विकास निर्माणको कामलाई अगाडि बढाएको छ । जनताको विकास र समृद्धिको चाहनालाई आफ्ना नीति तथा कार्यक्रममार्फत अभिव्यक्त गरेको छ । सरकार गठन भएको दुई वर्ष पुग्नै लाग्दा नेकपाले पार्टीको एकता प्रक्रियालाई पनि पूर्णता दिएको छ । एकाधबाहेक सबै काम सम्पन्न भएका छन् । राष्ट्रियता, सार्वभौमसत्ता र अखण्डताका पक्षमा सरकारले राष्ट्रिय सहमतिसमेत कायम गरेको छ । यसै सन्दर्भमा केन्द्रित रहेर...