प्राविधिक शिक्षा पढाउँदै सामुदायिक विद्यालय

दमौली, १३ फागुन वर्तमान समयको आवश्यकता र विद्यार्थीको मागलाई पूरा गर्न तनहुँ जिल्लाका सामुदायिक विद्यालयहरुले धमाधम प्राविधिकको पढाइ शुरु गरेका छन् । जिल्लाका विभिन्न स्थानीय तहमा रहेका सामुदायिक विद्यालयले सिभिल इञ्जिनीयरिङ्, पशुविज्ञान, कम्प्युटर इञ्जिनीयरिङलगायतका प्राविधिक शिक्षाको पढाइलाई अगाडि बढाएका हुन् । घिरिङ गाउँपालिका–३ स्थित चन्द्रज्योति माध्यमिक विद्यालयमा गत वर्षदेखि सिभिल इन्जिनीयरिङको पठनपाठन भइरहेको प्रधानाध्यापक प्रेम थापाले जानकारी दिनुभयो । विद्यालयले सिभिल इञ्जिनीयरिङतर्फ टिएसएलसीको गत वर्षदेखि पठनपाठन शुरु गरेकामा यो वर्षबाट...

जब विमानस्थलमा भेटिइन् पर्यटन परी (रोबोट)

सिबी अधिकारी, काठमाडौँ, ८ फागुन (रासस) नमस्कार ! ‘त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सेवामा यहाँलाई हार्दिक स्वागत छ’ । झट्ट सुन्दा यो कुनै कुशल सञ्चालकले सञ्चालन गरेको कार्यक्रम झैँ लाग्छ । त्यस्तो झल्को पनि दिन्छ । यथार्थमा भने यो कुनै कुशल सञ्चालक नभएर मानवरहित यन्त्र अर्थात् रोबोट थियो ।साँच्चिकै उद्घोषिकाले जस्तै गरी कार्यक्रम सञ्चालन गरिरहेको त्यो दृश्यले विमानस्थलमा उपस्थित सबैको ध्यान खिच्यो । सेलीब्रेटी रोबोटसँग फोटो र सेल्फी खिच्नेको भिडै लाग्यो ।...

एशियामै पहिलो मानव मलमूत्र फोहर प्रशोधन केन्द्र बन्ने

ललितपुर, ६ फागुन रासस महालक्ष्मी नगरपालिका–९ लामाटारमा दक्षिण एशियामै पहिलो आइएसओ २४५२१ मान्यता प्राप्त मानव मलमुत्र फोहर प्रशोधन र व्यवस्थापन केन्द्र बन्ने भएको छ । सो नगरपालिका र काठमाडौँ उपत्यका खानेपानी व्यवस्थापन बोर्डको संयुक्त पहल र लगानीमा उक्त केन्द्र निर्माण हुन लागेको हो । केन्द्र निर्माणका लागि रु चार करोड १७ लाख रकम लाग्ने अनुमान गरिएको वातावरणविज्ञ राजेन्द्र श्रेष्ठले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “यसमा रु साढे तीन करोड...

जनगणनामा प्रविधिको उपयोग गरिने

चिप्लेढुङ्गा, ६ फागुन तथ्याङ्क सङ्कलनलाई प्रविधिमैत्री तरिकाबाट विश्वसनीय बनाउनुपर्नेमा पोखरामा आयोजित कार्यक्रमका सहभागीले बताएका छन् । राष्ट्रिय तथ्याङ्क विभागको आयोजना र नेपाल पत्रकार महासङ्घको संयोजनमा ‘राष्ट्रिय जनगणना २०७८’ सम्बन्धी अन्तत्र्रिmयाका सहभागीले सत्य र सही तथ्याङ्कले देशको नीति तथा योजना निर्माण र कार्यान्वयनमा सघाउने हुँदा वैज्ञानिक ढङ्गबाट तथ्याङ्क सङ्कलन हुनुपर्नेमा जोड दिए । महासङ्घका पूर्वकेन्द्रीय सदस्य पुण्य पौडेलले जनगणनामा सञ्चारकर्मीको भूमिका विषयमा प्रस्तुति गर्दै तथ्याङ्क सङ्कलनको विधि, प्रक्रिया र समावेशिताको विविध पक्षमा...

ह्वाट्सआपका प्रयोगकर्ता २ अर्ब नाघे

ह्वाट्सआपका प्रयोगकर्ता २ अर्ब नाघे सान फ्रान्सिस्को, १ फागुन ९रासस(एएफपी० – फेसबुकको स्वामित्वमा रहेको ह्वाट्सआपका प्रयोगकर्ता दुई अर्ब भन्दा बढी पुगेको फेसबुकले बुधबार जनाएको छ । मेसेन्जरझैं सञ्चार सेवा उपलब्ध गराउने ह्वाट्सआपलाई अझ बढी विश्वसनीय र सुरक्षित बनाउन ध्यान दिइने फेसबुकले प्रतिबद्धता व्यक्त गरेको छ । फेसबुकले विश्वभर निकै लोकप्रियता कमाएको ह्वाट्सआप सञ्चार सेवालाई सन् २०१४ मा किनेको थियो । ह्वाट्सआपमा निःशुल्क सञ्चार सेवाका साथै भ्वाइस र भिडियो सेवा पनि उपलब्ध...

आज विश्व रेडियो दिवस, नेपालमा पनि मनाइदैँ

१ फागुन, काठमाडौ । आज विश्व रेडियो दिवस  नेपालमा विभिन्न कार्यक्रम गरी मनाईंदैछ । संयुक्त राष्ट्रसंघको आहृवानमा सन् २०१२ बाट विश्व रेडियो दिवस मनाउन सुरु गरिएको हो । स्पेनको प्रस्तावमा युनेस्कोको ३६ औं सम्मेलनले सन् २०११ नोभेम्बर ३ तारिखमा हरेक वर्षको फेब्रुअरी १३ तारिखलाई रेडियो दिवसका रुपमा मनाउने घोषणा गरेको थियो । नेपालमा बिक्रम सम्बत २००३ सालमा काठमाडौंमा रेडियोको प्रशारण सुरु भएपनि औपचारिक रुपमा भने २००७ साल मंसिर २८ गतेदेखि प्रजातन्त्र...

पेट्रोल अन्वेषण : सर्वेको काम ८० प्रतिशत सम्पन्न

नरबहादुर रिजाल दैलेख, २८ माघ (रासस) पेट्रोलियम पदार्थ अन्वेषणको काम तीव्रगतिमा अगाडि बढिरहेको छ । अहिले ‘कति परिमाणमा पेट्रोलियम पदार्थ छ र कुन स्थानमा बढी भण्डारणको सम्भावना छ’ भनेर जमिनभित्रको अवस्था पत्ता लगाउने महत्वपूर्ण भौगर्भिक (सेस्मिक) सर्भेको काम जारी रहेको छ । सर्भेको ८० प्रतिशत काम सम्पन्न भइसकेको जनाइएको छ । तत्कालीन उद्योगमन्त्री मातृका यादवले दैलेखको नाभीस्थानबाट अन्वेषण कार्यको औपचारिक शुभारम्भ गर्नुभएको थियो । यहाँको पूर्वपश्चिम र उत्तरदक्षिणका विभिन्न भू–भागमा करीब...

जिल्लाभरि फोरजी सेवा विस्तार

डोटी, २७ माघ नेपाल टेलिकमले डोटी जिल्लाभरिमा फोरजी सेवा सञ्चालन गर्न लागेको छ । उच्च गतिको इन्टरनेट सेवाअर्थात् फोरजी सेवा विस्तारका लागि जिल्लामा सम्पूर्ण तयारी करिब करिब अन्तिम चरणमा पुगेको नेपाल टेलिकम दिपायल राजपुर कार्यालयले जनाएको छ । जिल्ला सदरमुकाम सिलगढी तथा पुरानो क्षेत्रीय सदरमुकाम दिपायलमा केही हप्ता पहिले फोरजी सेवा विस्तार गरेको नेपाल टेलिकमले पछिल्लो समय जिल्लाभरिमा विस्तार गर्न लागेको हो । फोरजी सेवा विस्तारका लागि नेपाल टेलिकमको राजपुर कार्यालयले...

ह्वावेको अल–न्यू वाई सिक्स एस सार्वजनिक : प्रशस्त स्टोरेज, आकर्षक डिजाइन र विशिष्ट विशेषताहरू

काठमाण्डौं, माघ,२४ । ह्वावेले आफ्नो लोकप्रिय वाई सिरिजअन्तर्गत नयाँ स्मार्टफोनमा ह्वावे वाई एस सार्वजनिक गरेको छ ।वाई सिरिजअन्तर्गतका अघिल्ला स्मार्टफोनहरूजस्तै वाई सिक्स एस सुलभ दाममा खरिद गर्न सकिने, सर्वोत्कृष्ट गेमिङ तथा फोटोग्राफी विशेषता र विशिष्ट अडियो तथा भिडियो विशषेताहरू रहेका छन् । वाई सिक्स एस कालो र नीलोमा दुई वटा रंगहरूमा उपलब्ध छ । ह्वावे वाई सिक्स एसमा ३ जीबी मेमोरी, ६४ जीबी स्टोरेज क्षमता र ५१२ जीबीको मेमोरी कार्ड राख्न...

प्रविधिलाई दैनिक जीवनसँग जोड्न आग्रह

विराटनगर, २३ माघ विज्ञान र प्रविधिका नवप्रवर्तनलाई दैनिक जीवनसँग जोड्नु पर्ने आवश्यकता औँल्याइएको छ । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान ९नास्ट०द्वारा बुधबार यहाँ आयोजित नवप्रवर्तनसम्बन्धी परामर्श गोठीका सहभागीले विज्ञान र प्रविधिको विकासले मात्र आर्थिक समृद्धि हासिल हुने बताउनुभयो । विकाशील मुलुकले सूचना प्रविधिक, अन्तरिक्ष, कृषि, स्वास्थ्य, ऊर्जा, व्यवस्थापनलाई प्राथमिता दिने उहाँहरुले जनाउनुभयो । सहभागीले ज्ञान, बजार र सीपको विस्तार गरी विकास अनुसन्धानमा लगानी क्षेत्रको विस्तार गर्नुपर्नेमा जोड दिनुभयो...