गैँडा गणना चैत १ गतेदेखि   

चितवन, १३ फागुन (रासस)      दुर्लभ एक सिङ्गे गैँडाको गणना यही चैत १ गतेदेखि शुरु गरिने भएको छ । चितवन राष्ट्रिय निकुञ्जबाट गणना शुरु गरिने भएको हो । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका सूचना अधिकारी विष्णुप्रसाद श्रेष्ठका अनुसार गणनाको सम्पूर्ण तयारी अघि बढाइएको छ । फागुनको अन्तिम साता प्राविधिक कर्मचारीलाई तालीम दिएर गणना गर्न लागिएको हो । चितवन र पर्सा राष्ट्रिय निकुञ्जमा पहिलो चरणमा गैँडा गणना गरिने छ भने...

रिकभरीङ्ग नेपाल बाग्मती प्रदेशको अध्यक्षमा युवा समाजसेवी श्रेष्ठ सर्वसहमत चयन

 फाल्गुन १३ मंगलवार रिकभरीङ्ग नेपाल बाग्मती प्रदेशको अध्यक्षमा युवा समाजसेवी दिवाकर राज श्रेष्ठ सर्वसहमत चयन भएका छन् । संस्थाको मङगलबार सम्पन्न साधारण सभाबाट अध्यक्ष दिवाकर राज श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको हो । जसको प्रथम उपाध्यक्ष किरण गुरुंङ्ग, द्धितिय उपाध्यक्ष सौजन डी.सी., सचिव भरत घिमिरे, सह सचिव निर्मल विडारी, कोषाध्यक्ष विजय हाडा, सह कोषाध्यक्ष शंकर भट्ट रहेका छन् । यस्तै सदस्यहरुमा जयराम हुमागाई, विनोदलाल श्रेष्ठ निर्विरोध निर्वा्चित भएका हुन् । लागुऔषध...

तिलोत्तमा नगरपालिका प्रमुख तथा अन्य सदस्य टोलीलाई चितवनमा भव्य स्वागत

चितवन । साइकल तथा सरसफाइ अभियन्ता रुक्मिणी सापकोटाले तिलोत्तमा नगरपालिकाका प्रमुख वासुदेव घिमिरेसहित सम्पूर्ण सहभागीहरुलाई चितवनमा भव्य स्वागत गर्नुभएको थियो । कार्यक्रममा उपमेयर जागेश्वरी चौधरी लगायत प्रमुख प्रशासकीय अधिकृत माधव प्रसाद शर्मा, नेकपा जिल्ला नेता लक्ष्मण खनाल, नगरपालिकाका प्रवक्ता सुरेन्द्र श्री, वडा नं ३ का अध्यक्ष दिवाकर ढकालसहित १७ वटै वडाका अध्यक्ष एवम् कार्यपालिका सदस्य, लेखा अधिकृत रमेश बस्याल, प्रेस सल्लाहकार, विपी गौतम र पर्यटन प्रवद्र्धन समिति सदस्यहरु गरी ३२...

माग पुरा गर्ने आश्वसन पाएपछि पौडेलले अनसन तोडे

चितवन, फागुन १३ । अनसनरत माडीका वडा अध्यक्ष कृष्णप्रसाद पौडेलले अनसन तोड्नुभएको छ । हात्तिको आक्रमणबाट तीन महिना अगाडी श्रीमान र छोरा गुमाकी बाटुली पौडेलले जुस खुवाएसंगै पौडेलको अनसन तोडिएको हो । पौडेलका मागहरुलाई पुर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड लगायत जिल्लाका नौ राजनितिक दलहरुले पहल गर्ने भनेपछि उहाँले अनसन स्थगित गर्नुभएको पौडेलका सहयोगि दिपक पौडेलले कालिका एफ.एमलाई जानकारी दिनुभयो ।माडीको विकासका लागि विभिन्न माग राख्दै फागुन ७ गतेदेखि अनसनमा बस्नुभका पौडेलले आज...

दुई वर्षभित्र नवलपरासीमा पाँच मोटरेबल पुल बन्दै

परासी, १३ फागुन प्रदेश नं ५ सरकारले दुईवर्षभित्र पश्चिम नवलपरासीका विभिन्न स्थानमा पाँचवटा ठूला मोटरेबल पुल निर्माण गर्ने भएको छ ।यसका लागि झण्डै आधा अर्ब बजेट विनियोजन गरिएको प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री बैजनाथ चौधरीले जानकारी दिनुभयो । रामग्राम र सुनवल नगरपालिकाका विभिन्न स्थानमा बन्ने ती पुलमध्ये तीनवटाकोे शिलान्यास तयारी भएको जनाइएको छ । सुनवलको बेलारी खोला, वनकट्टी र छडेनी जोड्ने झरही खोला तथा रामग्रामको देउरवा र रामग्राम स्तूप जोड्ने झरही...

पौडेलको अनशनप्रति काँग्रेसको समर्थन छ : नेता खाँण

चितवन, १३ फागुन  नेपाली काँग्रेसका मुख्य सचेतक बालकृष्ण खाँणले माडी नगरपालिका–१ का वडाध्यक्ष कृष्ण पौडेलको आमरण अनशनप्रति पार्टीको संसदीय दल र केन्द्रले समर्थन गरेको बताउनुभएको छ । भरतपुर अस्पतालमा उहाँलाई आज भेटेपछि प्रतिक्रिया दिँदै खाँणले सरकारले अविलम्ब उहाँको जीवनरक्षाका लागि पहल गरी माग सुनुवाइ गर्नुपर्ने बताउनुभयो । माडीका आम जनताको समस्या र पीडालाई मुखरित गर्ने र त्यसलाई राज्यले सम्बोधन गरोस् भन्ने उद्देश्यले उहाँको अनशन भएको भन्दै संसद् पूर्णरुपमा चलेपछि यस विषयमा...

क्यान्सर अस्पतालको सञ्चालक समितिले १७ महिनापछि पुर्णता पायो

चितवन, फागुन १३ । बीपी कोईराला मेमोरियल क्यान्सर अस्पतालको सञ्चालक समितिले पुर्णता पाएको छ । १७ महिना देखि रिक्त रहेको पदमा सोमबार बसेको क्याविनेटले ६ जनालाई नियुक्त गरेसंगै सञ्चालक समितिले पुर्णता पाएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालको प्रस्तावमा हिजो बसेको मन्त्रिपरिषद् बैठकले डा.कैलाश भण्डारी, डा.रक्षा श्रेष्ठ, डा.विनय ठाकुर, डा सुनन्दा सुन्दास, रामप्रसाद न्यौपाने र निशा अधिकारी रहेका छन् । क्यान्सर अस्पताल ऐन, २०५३ अनुसार ५ पदेन सदस्य सहित १४...

प्राविधिक शिक्षा पढाउँदै सामुदायिक विद्यालय

दमौली, १३ फागुन वर्तमान समयको आवश्यकता र विद्यार्थीको मागलाई पूरा गर्न तनहुँ जिल्लाका सामुदायिक विद्यालयहरुले धमाधम प्राविधिकको पढाइ शुरु गरेका छन् । जिल्लाका विभिन्न स्थानीय तहमा रहेका सामुदायिक विद्यालयले सिभिल इञ्जिनीयरिङ्, पशुविज्ञान, कम्प्युटर इञ्जिनीयरिङलगायतका प्राविधिक शिक्षाको पढाइलाई अगाडि बढाएका हुन् । घिरिङ गाउँपालिका–३ स्थित चन्द्रज्योति माध्यमिक विद्यालयमा गत वर्षदेखि सिभिल इन्जिनीयरिङको पठनपाठन भइरहेको प्रधानाध्यापक प्रेम थापाले जानकारी दिनुभयो । विद्यालयले सिभिल इञ्जिनीयरिङतर्फ टिएसएलसीको गत वर्षदेखि पठनपाठन शुरु गरेकामा यो वर्षबाट...

बाह्रौँ राष्ट्रपति रनिङ शिल्ड फागुन २४ मा

चितवन, १३ फागुन जिल्ला खेलकूद विकास समितिद्वारा आयोजित बाह्रौँ जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता यही फागुन २४ र २५ गते हुने भएको छ । समितिका कार्यालय प्रमुख रामजी ढकालका अनुसार भरतपुरको गेष्टहाउस चौरम हुने सो प्रतियोगितामा महिला र पुरुषको एथलेटिक्स, भलिबल, कबड्डी, तेक्वान्दो, कराँते र उसु खेल समावेश गरिएका छन् । कक्षा १२ सम्मका विद्यार्थीबीच प्रतिस्पर्धा हुनेछ । यहाँ एक महानगरपालिका, एक गाउँपालिका र पाँच नगरपालिका रहेका छन् । रासस ...

चितवनमा अन्तराष्ट्रिय पोल्ट्री प्रर्दशनी हुने

चितवन, फागुन १२ । चितवनमा नेपाल पोल्ट्री अन्तराष्ट्रिय प्रर्दशनी हुने भएको छ । नेपाल पोल्ट्री महासंघकोे आयोजनामा फागुन १६गते देखि नेपालकै ठुलो अन्तराष्ट्रिय प्रर्दशनी हुन लागेको हो । नेपाली पोल्ट्री क्षेत्रको समग्र विकास तथा अत्याधुनिक परिर्वतन र व्यवसायीक विकास गर्नका लागि अन्तराष्ट्रिय स्तरको पोल्ट्री प्रर्दशनी गर्न लागिएको आज(सोमबार) भरतपुरमा पत्रकार सम्मेलन गरी जानकारी दिएको छ । पोल्ट्री क्षेत्रहरुलाई समेटेर नेपाली क्षेत्रलाई उच्च व्यवसायीक परिचय दिई अन्रतािष्ट्रय स्तरमा चिनाउने र अन्य विकसित...