बास्कोटाको ७० करोड काण्ड बाहिर ल्याउने पत्रकार शिवाकोटीको सुरक्षामा ध्यान दिन महासंघको आग्रह

फागुन १४ बुधबार निवर्तमान सञ्चार मन्त्री गोकुल बास्कोटाको ७० करोड काण्ड बाहिर ल्याउने पत्रकार अजय शिवाकोटीलाई सुरक्षाको माग गरिएको छ। नेपाल पत्रकार महासंघले पत्रकार तथा हाम्रा कुरा डटकमका प्रधानसम्पादक अजयबाबु शिवाकोटीको सुरक्षामा ध्यान दिन माग गरेको हो । महासंघका महासचिव रमेश विष्टले विज्ञप्ति जारी गर्दै पत्रकार शिवाकोटीको सुरक्षामा विशेष ध्यान दिन एवं स्वतन्त्र र सुरक्षित पत्रकारिता गर्ने वातावरण बनाउन माग गरेका हुन् । पत्रकारिता गरेकै कारण आफू असुरक्षित भएको भन्दै शिवाकोटीले...

बामदेव गौतमलाई राष्ट्रियसभा सदस्यमा मनोनित गर्ने नेकपाको निर्णय

काठमाण्डौं, फागुण, १४ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठकले पार्टी उपाध्यक्ष बामदेव गौतमलाई राष्ट्रियसभा सदस्यमा मनोनित गर्ने निर्णय गरेको छ । बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सचिवालय बैठकले उपाध्यक्ष गौतमलाई राष्ट्रियसभा सदस्यका लागि मनोनित गर्ने निर्णय गरेको हो । पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले गौतमलाई राष्ट्रियसभा सदस्यमा मनोनित गर्ने निर्णय भएको बताउनुभयो । अब गौतमलाई मन्त्रिपरिषदले निर्णय गरेर राष्ट्रपति समक्ष सिफारिस गर्नेछ । यस्तै शनिबारको सचिवालय बैठकले संविधान संशोधनका लागि...

तनहुँमा ट्रक दुर्घटना

तनहुँको व्यास नगरपालिका–१२ कमलाबारीमा आज बिहान ट्रक दुर्घटना भएको छ । आँबुखैरेनीबाट आउँदै गरेको ट्रक घरमा ठोक्किँदा घरमा क्षति पुगेको छ । घरमा कोही पनि नभएकाले मानवीय क्षति भएको छैन ।  बिस्तृत बिबरण आउन बाँकी रहेको छ । ...

मगर दिवसमा सार्वजनिक बिदा

दमौली, १४ फागुन तनहुँको म्याग्दे गाउँपालिकाले मगर दिवसको अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ । गाउँपालिकाले ३८औँ मगर दिवसको अवसरमा फागुन १५ गते बिहीबार सार्वजनिक बिदा दिने निर्णय गरेको हो । मगर समुदायको बाक्लो उपस्थिति रहेको गाउँपालिकामा मङ्गलबारको निर्णयानुसार सार्वजनिक बिदा दिइएको गाउँपालिकाका अध्यक्ष मायादेवी रानाले जानकारी दिनुभयो । सार्वजनिक बिदाका दिन गाउँपालिकाभित्रका सार्वजनिक निकाय, सङ्घसंस्था, शिक्षण संस्था बन्द रहनेछन् । विसं २०६८ को जनसङ्ख्याअनुसार गाउँपालिकामा सबैभन्दा बढी मगर समुदायको बसोबास...

वर्षाले जाडो बढायो, परिक्रमा यात्रीको चिल्लीबिल्ली

महोत्तरी, १४ फागुन (रासस) महोत्तरी तथा आसपासका जिल्लामा मङ्गलबार अपराह्नपछि परेको पानीले जाडो ह्वात्तै बढाएको छ । महोत्तरीका सबै भेग र आसपासका जिल्लामा समेत मेघगर्जनसहित परेको पानीले थरथरी कमाउने जाडो बढाएको हो । फागुन दोस्रो साता शुरु भएसँगै ह्वात्तै बढेको गर्मीले थन्क्याइएका जाडाका कपडा फेरि निकाल्नुपरेको सर्वसाधारणको प्रतिक्रिया छ । अपराह्नपछि करिब दुई घण्टासम्म परेको पानीले जिल्लाका ग्रामीण सडक हिलाम्य बनाएको छ । हिउँद सिद्धिनै लागेका बेला परेको पानीले यहाँको दोस्रो मुख्य...

राष्ट्रपति भण्डारी सुदूरपश्चिम भ्रमणमा, स्वागतमा सार्वजनिक बिदा

बैतडी, १४ फागुन  राष्ट्रपति विद्यादेवी भण्डारी आजदेखि सुदूरपश्चिम भ्रमणमा आउनुहुने कार्यक्रम छ । तीनदिने भ्रमणका क्रममा राष्ट्रपति भण्डारी बैतडीसहित सुदूरपश्चिमका पाँच जिल्लाका विभिन्न कार्यक्रममा सरिक हुने जनाइएको छ । राष्ट्रपतिबाट आज मध्याह्न १२ बजे धनगढीमा हुने विश्व नेपाली साहित्य महोत्सवको उद्घाटन र आजै २ बजे शिवनगर खानेपानी आयोजनाको निरीक्षण गर्ने कार्यक्रम छ । भोलि १५ गते बिहीबार दिउँसो २ बजे बैतडीको त्रिपुरासुन्दरी भगवती मन्दिरमा विषेश पूजाआजा र दशरथचन्द नगरपालिकाका तर्फबाट नागरिक...

गुटका आधारमा भविष्य देख्न छाडौँ : प्रवक्ता श्रेष्ठ   

कास्की, १३ फागुन (रासस)      सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सचिवालय सदस्य एवं प्रवक्ता नारायणकाजी श्रेष्ठले पार्टीलाई गुटबन्दीबाट जोगाउँदै देश र जनताका पक्षमा सोचेर काम गर्नुपर्ने बताउनुभएको छ । पार्टी गण्डकी प्रदेश कमिटीको दोस्रो पूर्ण बैठकमा आज पोखरामा उहाँले बहुमतको सरकार सञ्चालन गर्ने उद्देश्य मात्र पार्टी एकताको नरहेको स्पष्ट पार्दै शक्तिशाली कम्युनिष्ट पार्टीले देश र जनताका पक्षमा उल्लेख्य काम गर्न सक्नुपर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो, “कम्युनिष्ट आन्दोलनलाई सशक्त...

प्रजातन्त्रका लागि पुनः संघर्ष गर्नुपर्ने बेला आएको छ– सभापति देउवा   

काठमाडौँ, १३ फागुन (रासस)  नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले प्रजातन्त्रका लागि पुनः संघर्ष गर्नुपर्ने बेला आएको धारणा व्यक्त गर्तभएको छ । महेन्द्रनारायण निधि स्मृति प्रतिष्ठानले आज आयोजना गरेको महेन्द्रनारायण निधिको ९८औँ जन्मजयन्ती समारोहमा उहाँले सरकारको गलत कार्यशैलीविरुद्ध शान्तिपूर्ण आन्दोलन गर्नुपर्ने बताउनुभयो । हिंसामुक्त समाज निर्माण र प्रजातन्त्रको रक्षाका लागि कुनै पनि सम्झौता नगरिने उल्लेख गर्दै सभापति देउवाले काँग्रेसको आन्दोलन शान्तिपूर्ण र अहिंसात्मक हुने बताउनुभयो । उहाँले पार्टीमा रहेका केही समस्याको समाधान...

स्थानीय तहका पदाधिकारीले सुविधा पाउने   

 चुरियामाई, १३ फागुन (रासस)     वाग्मती प्रदेश सरकारले स्थानीय तहका पदाधिकारीले पाउने सेवा सुविधा प्रदान गर्ने भएको छ । स्थानीय पदाधिकारीलाई तलब भनेर दिन नमिल्ने अदातलको निर्णयले सेवा सुविधाबाट वञ्चित स्थानीय पदाधिकारीलाई वाग्मती प्रदेश सरकारले ऐन संशोधन गरेर भक्ताको रुपमा सेवा सुविधा प्रदान गर्ने तयारी गरेको वाग्मती प्रदेश सरकारले जनाएको छ । आज बसेको वाग्मती प्रदेशको मन्त्रिपरिषद्को बैठकले यस्तो निर्णय गरेको हो । प्रदेशकोे १३ जिल्लाका स्थानीय तहका पदाधिकारी तथा...

शिक्षामा निजी र सरकारी क्षेत्रको लगानी आवश्यक छ : मन्त्री त्रिपाठी   

परासी, १३ फागुन (रासस)     सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री हृदेयश त्रिपाठीले शिक्षामा निजी र सरकारी क्षेत्रको लगानी आवश्यक रहेको बताउनुभएको छ । शिक्षा र स्वास्थ्यको विषयमा नेपालका राजनीतिक दलहरुबीच कुनै विवाद नरहेको उहाँले बताउनुभयो । पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका–२ चिसापानीस्थित दिव्यज्योति माध्यमिक विद्यालयको ४३औँ वार्षिकोत्सव तथा अभिभावक दिवसमा मन्त्री त्रिपाठीले भन्नुभयो, “संविधानले नै व्यवस्था गरेकोले निजी र सरकारी लगानीमा शिक्षालाई अगाडि बढाउनुपर्दछ ।” मन्त्री त्रिपाठीले मावि तहसम्मको शिक्षा व्यवस्थापन...