गुटका आधारमा भविष्य देख्न छाडौँ : प्रवक्ता श्रेष्ठ   

कास्की, १३ फागुन (रासस)      सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सचिवालय सदस्य एवं प्रवक्ता नारायणकाजी श्रेष्ठले पार्टीलाई गुटबन्दीबाट जोगाउँदै देश र जनताका पक्षमा सोचेर काम गर्नुपर्ने बताउनुभएको छ । पार्टी गण्डकी प्रदेश कमिटीको दोस्रो पूर्ण बैठकमा आज पोखरामा उहाँले बहुमतको सरकार सञ्चालन गर्ने उद्देश्य मात्र पार्टी एकताको नरहेको स्पष्ट पार्दै शक्तिशाली कम्युनिष्ट पार्टीले देश र जनताका पक्षमा उल्लेख्य काम गर्न सक्नुपर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो, “कम्युनिष्ट आन्दोलनलाई सशक्त...

क्यान्सर अस्पताललाई प्रतिष्ठानका रुपमा विकास गर्नुपर्छ – गृहमन्त्री थापा

चितवन, १३ फागुन गृहमन्त्री रामबहादुर थापा बादलले बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताललाई प्रतिष्ठानका रुपमा विकास गर्न सरकार सकारात्मक रहेको बताउनुभएको छ । अस्पतालको आज निरीक्षणपछि प्रतिक्रिया दिँदै उहाँले यस अस्पताललाई प्रतिष्ठानका रुपमा विकास गर्नुपर्ने बताउनुभयो । अस्पताललाई थप अत्याधुनिक बनाएर देशकै क्यान्सर रोग उपचारको प्रमुख केन्द्रका रुपमा विकास गर्नुपर्ने पनि बताउनुभयो । ‘सुखी नेपाली स्वस्थ नेपाली’ भन्ने सरकारको नारालाई यस अस्पतालले सार्थक बनाएको उहाँको भनाइ थियो । देशभर र छिमेकी देशबाट...

मन्त्री नेम्वाङद्वारा पदभार ग्रहण

काठमाडौँ, १२ फागुन भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङले आज शहरी विकासमन्त्रीका रुपमा पदभार ग्रहण गर्नुभएको छ । आज अपरान्ह् ४ः३० मा मन्त्रालय पुग्नुभएका मन्त्री नेम्वाङलाई शहरी विकास राज्यमन्त्री रामवीर मानन्धर, सचिव मधुसुदन अधिकारीलगायत मन्त्रालयका कर्मचारीले स्वागत गर्नुभएको थियो । मन्त्री नेम्वाङले मन्त्रालयका कर्मचारीलाई जिम्मेवार, जवाफदेही र समन्वयात्मक बनेर काम गर्न निर्देशन दिनुभयो । उहाँले सबै आआफ्नो ठाउँमा जिम्मेवार बनेर समूहगत रुपमा अघि बढ्नुपर्नेमा जोड दिनुभयो । उहाँले सबैले ‘हामीले नगरे...

विद्यार्थी गिरफ्तार गरेको घटनाप्रति काँग्रेसको ध्यानाकर्षण

काठमाडौँ, १२ फागुन (रासस) नेपाली काँग्रेसले शान्तिपूर्ण प्रदर्शनमा रहेका नेपाल विद्यार्थी सङ्घका नेता, कार्यकर्तालाई प्रहरीले गिरफ्तार गरेको भन्दै ध्यानाकर्षण भएको जनाएको छ । पृथ्वीनारायण क्याम्पस पोखरामा दुई विद्यार्थी समूहबीचको सामान्य विवादलाई मिलाउन क्याम्पस प्रशासनले दुवै समूहका प्रतिनिधिलाई क्याम्पसमा बोलाएको अवस्थामा क्याम्पस परिसरबाटै नेविसङ्घका रोशन हमाललाई प्रहरीले सुनियोजित रुपमा गिरफ्तार गरेको काँग्र्रेसले विज्ञप्तिमार्फत जनाएको छ । नेविसङ्घले बिना कारण गिरफ्तार गरिएकामा विरोध जनाउँदै हमालको रिहाइको माग गरी गरेको शान्तिपूर्ण प्रदर्शनमा प्रहरीद्वारा जथाभावी...

समृद्धि र सुखका लागि शान्ति सुरक्षा मजबुत हुनुपर्छ ÷ गृहमन्त्री थापा

चितवन, १२ फागुन गृहमन्त्री रामबहादुर थापाले समृद्धि र सुखका लागि शान्तिसुरक्षा मजबुत हुनुपर्ने बताउनुभएको छ । प्रहरी चौकी जुटपानीको नवनिर्मित भवनको आज यहाँ उद्घाटन कार्यक्रममा उहाँले समृद्धि र सुख एउटा पाटो र शान्तिसुरक्षा अर्को पाटो भएको बताउनुभयो । आन्तरिक सुरक्षामा सरकारको जोड रहेको भन्दै उहाँले यसको सुनिश्चित नगरेसम्म विकास सम्भव नरहेको बताउनुभयो । एक पालिका एक इलाका प्रहरी कार्यालय कार्यान्वयन गर्ने नीतिमा सरकार रहेको उहाँले जानकारी दिनुभयो । प्रहरीलाई निर्देशन दिँदै...

शेर्पा समुदायको संस्कृतिको संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध छ – मुख्यमन्त्री पौडेल

हेटौँडा, १२ फागुन वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले आफ्नो साहस र सामथ्र्यका माध्यमबाट देशलाई संसारभर चिनाउन महत्वपूर्ण योगदान दिएका शेर्पा समुदायको सम्मान, भाषा, कला, संस्कृतिको संरक्षण तथा संवद्र्धन गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ । शेर्पा समुदायको महान् सांस्कृतिक पर्व ग्याल्पो ल्होसार २१४७ का अवसरमा आज एक शुभकामना सन्देश प्रकाशित गर्दै उहाँले यस पर्वले नेपाली नेपाली बीचको भ्रातृत्व विकासमा सहयोग पु¥याउने बताउनुभयो । “नेपालको हिमाली क्षेत्रका आदिवासी जनजाति शेर्पा समुदायको...

दुई अध्यक्षबीच समसामयिक विषयमा छलफल

काठमाडौँ, १२ फागुन प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच आज बिहान भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बिहान १० बजे भएको भेटवार्तामा मुलुकको समसामयिक विषयबारे छलफल भएको प्रधानमन्त्रीका प्रेस सल्लाहाकार सूर्य थापाले जानकारी दिनुभयो । ‘‘अध्यक्ष दाहालले चितवनको डेलिगेशन लिएर आउनु भएको थियो’’, उहाँले भन्नुभयो, ‘‘सो डेलिकेशनका क्रममा उहाँहरुबीच मुलुकको समसामयिक र पार्टी सञ्चालनका विषयमा छलफल भयो ।’’थापाले दुई अध्यक्षको...

प्रधानमन्त्री ओली पोखरामा

पोखरा, १२ फागुन प्रधानमन्त्री एवम् नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष केपी शर्मा ओली आज पोखरा आउनुभएको छ । नेकपा गण्डकी प्रदेशद्वारा आयोजित प्रदेशस्तरीय प्रशिक्षणलाई सम्बोधन गर्न उहाँ पोखरा आउनुभएको हो । प्रधानमन्त्री ओलीलाई पोखरा विमानस्थलको अतिविशिष्ट कक्षमा प्रदेश प्रमुख अमिक शेरचन, गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ, सभामुख नेत्रनाथ अधिकारी, प्रदेशका मन्त्री, प्रदेश मुख्य सचिव हरिप्रसाद बस्याल, प्रजिअ रमेशकुमार केसी, प्रदेशभित्रका सङ्घीय संसद्का सदस्य, प्रदेशसभा सदस्य, पार्टीका नेतालगायतले स्वागत गर्नुभयो । प्रधानमन्त्री...

एमसिसीमा अनावश्यक किचलो सिर्जना गरियो – कमल थापा

सुर्खेत, १२ फागुन राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेशन एमसिसी कार्यान्वयनमा सत्तारूढ दलले अनावश्यक किचलो गरेको बताउनुभएको छ । पार्टीको निर्वाचन अभिमुखीकरण भेलाका लागि सुर्खेत आउनुभएका उहाँले आज पत्रकार भेटघाटमा सत्तारूढ दल नेकपाका नेताहरूबीचको आपसी झगडाका कारण एमसिसीमा अनावश्यक भ्रम र आशङ्का सिर्जना गरिएको आरोप लगाउनुभयो । अध्यक्ष थापाले एमसिसी सम्झौता हस्ताक्षरमा आफ्नो पार्टीको भूमिका भने न्यून रहेको बताउनुभयो । तत्कालीन प्रधानमन्त्री डा बाबुराम भट्टराईदेखि...

कांग्रेसको छाया मन्त्रिमण्डलको पहिलो बैठक

काठमाडौँ, ११ फागुन प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको छाया मन्त्रिमण्डलको पहिलो बैठक बसेको छ । गत जेठमा गठन भएको मन्त्रिमण्डलको बैठक आइतबार बसेको हो । वर्तमान घटनाक्रम र भइरहेका प्रगतिका विषयमा समिक्षा गर्न बैठक बसेको नेपाली कांग्रेस राष्ट्रियसभा संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेले बताउनुभयो । निवर्तमान सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटा मात्रै नभएर अन्य मन्त्रालयमा नीतिगत भ्रष्टाचारहरु भएका कुराहरु बाहिर आएकाले अन्य मन्त्रालयहरुको पनि अध्ययन गर्न सम्बन्धित मन्त्रालय हेर्ने छाया...