बाह्रौँ राष्ट्रपति रनिङ शिल्ड फागुन २४ मा

चितवन, १३ फागुन जिल्ला खेलकूद विकास समितिद्वारा आयोजित बाह्रौँ जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता यही फागुन २४ र २५ गते हुने भएको छ । समितिका कार्यालय प्रमुख रामजी ढकालका अनुसार भरतपुरको गेष्टहाउस चौरम हुने सो प्रतियोगितामा महिला र पुरुषको एथलेटिक्स, भलिबल, कबड्डी, तेक्वान्दो, कराँते र उसु खेल समावेश गरिएका छन् । कक्षा १२ सम्मका विद्यार्थीबीच प्रतिस्पर्धा हुनेछ । यहाँ एक महानगरपालिका, एक गाउँपालिका र पाँच नगरपालिका रहेका छन् । रासस ...

पोखरा रङ्गशाला चैतभित्र सम्पन्न हुने

जमुनावर्षा शर्मा चिप्लेढुङ्गा, ११ फागुन (रासस) आवश्यक पूवार्धारलाई मात्र जोड दिएर १३औँ साग खेल सम्पन्न गरिएको पोखरा रङ्गशालाको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । पोखरा महानगरपालिका–१० रामबजारमा ४१७ रोपनी क्षेत्रफलमा रहेको उक्त रङ्गशालालाई नेपालको वैकल्पिक अन्तर्राष्ट्रिय रङ्गशालाका रूपमा समेत लिइन्छ । भारतको ग्रेट स्पोटर््स इन्फ्रा इन्डियाले नेपालको एम ए कन्सट्रक्सन कान्तिपथ काठमाडौँसँग संयुक्त लगानीमा रु एक अर्ब २८ करोडको लागतमा उक्त निर्माण कार्यको जिम्मा लिएको हो । प्रारम्भिक सम्झौताअनुसार उक्त...

करङकाठमा फुटसल सञ्चालन

दमौली, ११ फागुन (रासस)  तनहुँको व्यास नगरपालिका–१ करङकाठमा रु एक करोडको लगानीमा फुटसल सञ्चालनमा आएको छ । स्थानीय पाँच युवाको लगानीमा यहाँ फुटसल सञ्चालनमा आएको हो ।फुटबलप्रति अत्यन्तै आकर्षण रहेको यस ठाउँमा बजार बाक्लिँदै गएपछि खेलमैदान अभाव भएका कारण जग्गा भाडामा लिएर फुटसल मैदान तयार गरिएको सञ्चालक सन्तोष दरैले जानकारी दिनुभयो । तीन रोपनी जग्गा भाडामा लिएर तीन वटा मैदान बनाइएको छ । उक्त मैदानमा सेभेन ए साइडको एक र...

अन्तरजिल्ला यु–१६ क्रिकेटको उपाधि नवलपुरलाई

पोखरा, ११ फागुन  पोखरा पल्टन गण्डकी प्रदेशस्तरीय अन्तरजिल्ला यु–१६ एकदिवसीय क्रिकेट प्रतियोगिताको उपाधि नवलपुरले जितेको छ । पोखरा रङ्गशालामा शनिबार सम्पन्न खेलमा घरेलु टोली कास्कीको ‘ए’ टोलीलाई ४८ रनले पराजित गरेपछि नवलपुर लिगमा शीर्षस्थान उक्लेकोे हो । पोखरा क्रिकेट एकेडेमीद्वारा आयोजित प्रतियोगितामा सहभागी पाँच टोलीबीचकोे सुुपरलिगमा नवलपुरले अपराजित रहँदै आठ अङ्क जोड्यो । दोस्रो स्थानमा रहेको कास्कीको छ अङ्क थियो । अन्तिम तथा निर्णायक खेलमा टस जितेर ब्याटिङ रोजेको नवलपुरले...

आहा ! रारा गोल्डकपको पुरस्कार राशिमा वृद्धि

कास्की, १० फागुन । पोखरामा आगामी फागुन २२ देखि चैत १ गतेसम्म सञ्चालन हुने १८औँ संस्करणको ‘राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अन्तर क्लब आहा ! रारा गोल्डकप’ फुटबल प्रतियोगिताको पुरस्कार राशि वृद्धि गरिएको छ । प्रतियोगिता आयोजक सहारा क्लब पोखराले यस वर्षको विजेताले रु १० लाख एक हजार तथा उपविजेताले रु पाँच लाख एक हजार धनराशि पुरस्कार प्राप्त गर्ने आज पत्रकार सम्मेलन आयोजना गरेर जानकारी दिएको हो । गत वर्ष विजेताले रु...

“रन फर फन,रन फर लाईफ” नाराका साथ फिदिम रन शुरु

जितेन्द्र भण्डारी÷ पाँचथर,फागुन ९ शरीरलाई स्वस्थ्य,स्फूर्ति राख्न तथा भिजिट नेपाललाई समेत सघाउ पुरयाउने उद्धेश्यले पाँचथरको फिदिममा फिदिम रन शुरुवात भएको छ । फिदिम रनको आयोजनामा संचालित “रन फर फन,रन फर लाईफ” भन्ने मूलनाराका साथ शुरुवात गरिएको फिदिम रनको रिविन काटेर जिल्ला समन्वय समिती पाँचथरका प्रमुख विष्णु प्रसाद सापकोटाले उद्घाटन गर्नुभएको थियो । उद्घाटनमा वोल्दै उहाँले यो अभियान अत्यन्तै राम्रो भएको र शरीरलाई शारीरिक ब्यायाम गर्न आवश्यक भएको बताउँदै अभिायनको सफलताको शुभकामना ब्यक्त...

खप्तड गोल्डकप फुटबल प्रतियोगिता आजदेखि

धनगढी, ९ फागुन (रासस) ‘नेपाल आइस सुदूरपश्चिम अन्तर्राष्ट्रिय आमन्त्रण खप्तड गोल्डकप फुटबल प्रतियोगिता २०७६’ को तयारी पूरा भएको छ । आयोजक सुदूरपश्चिम–११ स्पोर्टस क्लबले बिहीबार पत्रकार सम्मेलन गर्दै स्थानीय रङ्गशालामा आजदेखि आयोजना हुने प्रतियोगिताको तयारी पूरा भएको जनाएको हो । आयोजक क्लबका अध्यक्ष सुरेश हमालले प्रतियोगिताको उद्घाटन खेलमा वाग्मती क्लब सिराहा र कञ्चनजङ्घा फुटबल क्लब भारतबीच प्रतिस्पर्धा हुने जानकारी दिनुभयो । प्रतियोगिताको विजेतालाई रु २१ लाख एक तथा उपविजेतालाई रु १०...

‘राष्ट्रिय खेलकूदका पूर्वाधार निर्माणमा केन्द्रित छौँ’

कास्की, ८ फागुन (रासस) राष्ट्रिय खेलकूद परिषद् (राखेप)का सदस्यसचिव रमेशकुमार सिलवालले विसं २०७९ मा कर्णाली प्रदेशमा तय भएको दशौँ राष्ट्रिय खेलकूद प्रतियोगिताको तयारी शुरु भइसकेको बताउनुभएको छ । खेलकूद पत्रकार मञ्च गण्डकीले आज पोखरामा आयोजना गरेको पत्रकार भेटघाटमा उहाँले आगामी वर्षको फागुनमा पोखरामा तय भएको नवौँ राष्ट्रिय खेलकूदका लागि पूर्वाधारको समस्या नरहेकाले कर्णाली प्रदेशका लागि अहिलेबाटै ध्यान केन्द्रित गरी अन्तर्राष्ट्रियस्तरका खेलकूद पूर्वाधार निर्माणलाई प्राथमिकता दिएर काम शुरु गरिएको उल्लेख गर्नुभयो । १३औँ...

एथ्लेटिक्स प्रतियोगितामा १६ नगरपालिकाको सहभागिता

मध्यपुरथिमि, ६ फागुन भक्तपुर नगरपालिकाले यही फागुन ८ गतेदेखि १२ गतेसम्म अन्तरनगर एथ्लेटिक्स प्रतियोगिता आयोजना गर्ने भएको छ । नगरपालिकाद्वारा आज आयोजित पत्रकार सम्मेलनमा भक्तपुर नपाका प्रमुख सुनिल प्रजापतिले प्रतियोगितामा १६ वटा नगरपालिकाले भाग लिने र प्रतियोगिताको सबै तयारी पूरा भएको बताउनुभयो । अन्तरनगर एथ्लेटिक्स प्रतियोगितामा घोराही उपमहानगरपालिका, ललितपुर महानगरपालिका, चाँगुनारायण नगरपालिका, रामेछाप नगरपालिका, कीर्तिपुर नगरपालिका, शङ्खरापुर नगरपालिका, मनोहरा कागेश्वरी नगरपालिका, मध्यपुरथिमि नगरपालिका, चौडण्डीगढी नगरपालिका, टोखा नगरपालिका, भक्तपुर नगरपालिका, साँगाचोक...

शक्ति गौचन र जङ्गबहादुरलाई रुपन्देहीमा सम्मान

लुम्बिनी, ६ फागुन (रासस) अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिताबाट सन्न्यास लिनुभएका नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान शक्ति गौचनलाई भैरहवामा सम्मान गरिएको छ । विसं २०७५ असारमा अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिताबाट सन्न्यास लिनुभएका शक्तिले सोही वर्षको मङ्सिर अन्तिम साता पोखरामा सम्पन्न एभरेष्ट प्रिमियर लिग (इपीएल) समापनलगत्तै राष्ट्रिय क्रिकेट प्रतियोगिताबाट पनि सन्न्यास लिएको घोषणा गर्नुभएको थियो । दायाँहाते ब्याट्सम्यान तथा लेग स्पिन बलर गौचनले नेपालको तर्फबाट लगातार १८ वर्षसम्म क्रिकेट खेल्नुभएको थियो । नवौँ अन्तर्राष्ट्रिय टी–ट्वान्टी...