अर्घाखाँचीको छत्रदेव गाँउपालीकाले गाँउपालीकाको वडा नम्बर १ र ५ का ३ सय ३८ दलित घरधुरीमा आज दलित घर उज्यालो कार्यक्रम अन्तर्गत निशुल्क सोलार बत्ती बितरण गरेको छ । गाउँपालीकाको वडा नम्बर १ मा १ सय ५७ र वडा नम्बर ५ मा १ सय ८१ दलीत घरपरिवारमा ३ बर्ष ब्याट्रीको ग्यारेन्टी सहित २० वाड क्षेमताको सोलार बत्ती बितरण गरिएको गाउँपालीकाका अध्यक्ष लेखनाथ पोख्रेलले बताए ।
छत्रदेव गाउँपालीका लाई नमुना गाउँपालीका बनाउने उदेश्य अनुसार साबिक चिदिका र छत्रगंज गाबिसका सबै वडामा बसोबास गर्ने दलीत समुदाय उज्यालो बनाउने अभियान अनुसार प्रत्येक दलीत घरपरिवारमा सोलार बत्ती जडान गरिएको अध्यक्ष पोखरेलले बताए । बैकल्पिक उर्जा प्रर्वद्दन केन्द्र ललीतपुरले छत्रदेव गाँउपालीकाका ५ सय ७४ दलीत घरपरिवारलाई सोलार बत्ती अनुदान सहयोग गरेको छ भने गाउँपालीकाको ४० लाखको टेन्डरमा गाउँपालीकाको सबै वडामा बस्ने दलीत समुदायमा सोलार बत्ती जडान गरेर सकिने अध्यक्ष पोख्रेलको भनाई छ ।
दलीत वस्तीमा जोडिएको सोलार बाट ४ अोटा बत्ती बाल्न सकिने बताईएको छ । जनता सुखी र खुसी भए गाउँपालीका समृद्ध बन्ने हो भन्दै हामीले दलीत समुदाय उज्यालो कार्याक्रमलाई अगाडि सारेर सोलार बत्ती बितरण गरिएको गाउँपालीकाका उपाध्यक्ष तुल्सादेवी श्रेष्ठले बताईन् । उज्यालो गाउँपालीका ,नमुना गाउँपालीका बनाउने लक्ष्य अनुसार दलित समुदायमा निशुल्क सोलार बत्ती बितरण गरिएको गाउँपालीकाका प्रमुख प्रशासकिय अधिकृत खिमानन्द भुषालले बताए ।
उनले भने अहिले दलित वस्तीको मन खुसी भएको छ , टोल उज्यालो भएको छ, सिङ्गै गाउँ उज्यालो भएको छ, यसैमा हामी सन्तुष्ट भएको अधिकृत भुषालले बताए । दलीत घरपरिवारमा झलमल्ल बत्ती बलेपछी उनिहरू निकै खुसी भएका छन् ।
बिष्णु कुमार आले साउन १४, अर्घाखाँची ।