साउन २८ दिनप्रति दिन बढिरहेको सुनको भाउले आज थप नयाँ रेकर्ड बनाएको छ । केही दिन स्थिर रहेका सुनको भाउ आज मंगलबार एक हजार बढेर ७१ हजार कायम भएको छ । नेपाल सुनचाँदी महासंघका अनुसार छापावाल सुन तोलाको ७१ हजार रुपैयाँमा कारोबार भैरहेको छ । जबकी तीन दिन सम्म सुनको भाउ ७० हजार थियो । सुनको मुल्य लगातार बढ्दा यस पटक चाडपर्वमा सुनको कारोबार खासै हुने देखिएको छैन ।
बरु सुन बिक्री गर्नेको संख्या ह्वात्तै बढेपछि व्यवसायीहरु समस्यामा परेका छन् । यता चाँदीको भाउ पनि बृद्धि भईरहेको छ। सोमबारभन्दा १० रुपैयाँ बढेर मंगलबार चाँदी तोलाको ८३५ रुपैयाँमा कारोबार भैरहेको महासंघले जनाएको छ। अमेरिका र चीनबीचको व्यापार युद्ध र अमेरिकी केन्द्रीय बैंकले ब्याजदर घटाएपछि लगानीकर्ताहरु सुनतर्फ आकर्षित भएकाले अन्तराष्ट्रिय बजारमा सुनको भाउ दिनानुदिन बढिरहेको छ।