“ट्रम्पले हाम्रो बजार नै बिगारिदिए ” :- अमेरिकी किसान
२८ श्रावण २०७६, मंगलवार २०:१७ , मा प्रकाशीत
साउन २८ – अमेरिका र चीनबीचको व्यापार युद्धले चीनको आर्थिक बृद्धिदर कम गरेको मात्र होईन अमेरिकालाई पनि यसको प्रत्यक्ष असर परिरहेको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पले ३०० अर्ब डलरका चिनियाँ सामग्रीमाथि १० प्रतिशतको भन्सार शुल्क लगाएपछि चीनले पनि त्यसको बदला लिँदै अमेरिकी सामान आयातमा चर्काे कर लाग्यो । त्यसपछि सुरु भएको अमेरिका र चीन व्यापार युद्ध यतिबेलासम्म पनि साम्य भएको छैन । अमेरिकाका किसानहरु यस युद्धको कारण निकै पीडित बनिरहेका छन् । बाढी , तातो हावाले बालीनाली नष्ट भएको र व्यापार युद्ध विस्तार भएर मूल्य न्यून भएको र नाफा प्रभावित भएको अवस्थको सामना गरिरहेका छन् ।
यस्तो समयमा चीनले अमेरिकी उत्पाद खरिद गर्न छाडेपछि अमेरिकी किसानहरु थप मर्कामा परिरहेका छन् । नर्थ डाकोटामा ३५ वर्षदेखि खेतीकिसानी गर्दै आएका बब कुइलेनले भने यो वास्तवमै धेरै खराब भएको छ ट्रम्पले हाम्रो बजार बिगारे । कसैले पनि हाम्रो उत्पादन किनिरहेका छैनन् र हाम्रा लागि बजार छैन । १ हजार ५ सय एकरमा गहु र सूर्यमुखी लगाएका कुइलेनले यो वर्ष बालीको मात्रा बढे पनि प्रति एकरमा ७० डलर गुमाएका छन् । हालको सरकारी सहुलियतले उनलाई प्रति एकर १५ डलरको मात्रै पूर्ति गरेको बताए । गत वर्ष चीनतर्फ भएको अमेरिकी कृषि निर्यात आधा भन्दा बढीले ओरालो लागेको थियो ।
२०१७ मा चीनले १९ अर्ब ५० करोड डलरको कृषि सामग्री आयात गरेको थियो । उसको यो खरिदले अमेरिकी किसानका लागि चीन समग्रमा दोस्रो ठूलो बजार भएको थियो । २०१८ मा व्यापार युद्ध सुरु भएसँगै यो ओरालो लागेर ९।२ अर्ब डलरमा झरेको अमेरिकी कृषि विभागले जनाएको छ ।यो वर्ष अमेरिकाबाट चीनले गरेको कृषि आयात सालाखाला २० प्रतिशतले घटेको छ । परिणाम स्वरुप अमेकिरी अन्न, दूग्ध र पाल्तु जनावर किसानको आम्दानी ह्वात्तै घटेको छ । यूएसडीएका अनुसार विगत ६ वर्षको अवधिमा कृषि आम्दानीमा २०१३ को १२३।४ अर्ब डलरबाट ४५ प्रतिशतले गिरावट आएर गत वर्ष ६३ अर्ब डलरमा झरेको छ ।