टर्कीको एजियन तटीय क्षेत्रमा करिब ४० आप्रवासी उद्धार
४ मंसिर २०७६, बुधबार १५:४४ , मा प्रकाशीत
४ मङ्सिर (रासस ÷सिन्ह्वा)
टर्कीको एजियन तटीय क्षेत्रमा कम्तीमा ४० जना गैरकानूनी आप्रवासीको उद्धार गरिएको टर्कीको राष्ट्रिय रक्षा मन्त्रालयले बुधवार जानकारी दिएको छ ।
टर्कीको उत्तरपश्चिमी प्रान्त बालिकेसिरमा अवैध आप्रवासीहरू बोकेको एउटा डुङ्गा दुर्घटना भएको थियो । तटीय सुरक्षाकर्मीहरुले चालीस जना गैरकानुनी आप्रवासीहरूलाई बचाएको बताएको छ ।
उद्धार अभियान सुरु हुनुअघि समुद्रमा आप्रवासीहरूले भरिएको सानो डुङ्गा देखिएको मन्त्रालयले जारी गरेको फोटोमा देखाइएको थियो ।एजियन सागर हुँदै युरोप जाने प्रवासीहरूको लागिका लागि टर्की मुख्य मार्ग भएको छ ।
सन् २०१६ को मार्चमा टर्की र युरोपियन युनियन बीच हस्ताक्षर गरिएको सम्झौताले अवैध आप्रवासको प्रवाहलाई रोक्ने भनिएको थियो ।यस वर्षदेखि अहिलेसम्म कूल ५४ हजार ३८७ जनाले टर्की हुँदै ग्रीस पुग्ने कोशिश गरेका छन् ।