तिलक पौडेल, कालिका न्युज, मंसिर १६
बेलायतका विजयदान देथाद्धारा रचित नाटक ‘चरनदास चोर’ आजबाट चितवनको भरतपुर स्थीत नारायणी कला मन्दिरमा नियमित प्रदर्शन हुने भएको छ । काठमाडौंको मण्डला थिएटरसँगको सहकार्यमा नारायणी कला मन्दिरले चर्चित लोक नाटक ‘चरनदास चोर’ आजबाट २१ गते सम्म नियमित रुपमा दिउसो ३। ३० बजेको समयमा प्रदर्शन गर्न सुरु गरेको हो ।
‘चरनदास चोर’ भारत बेलायतको उपनिवेश रहेका बखत विजयदान देथाले लेखेको नाटकलाई भारतीय लेखक हबीव तनवीरले नाटकीय रुपान्तरण गरेपछि आशान्त शर्माले नेपालीमा अनुवाद गर्नुभएको थियो । लोक कथामा आधारित नाटकले सामाजिक विसंगति र बेरोजगारीको अवस्थालाई चित्रण गर्न खोजेको नाटकका निर्देशक विकास जोशीले बताउनुभयो ।
मण्डला थिएटरसँगको सहकार्यमा सो नाटकलाई लोक शैलीमा प्रस्तुत गर्न लागिएको जोशीले बताउनुभयो ।नाटकमा चितवनका १८ जना कलाकारहरुले अभिनय गरिरहेका छन् । एक घण्टा २० मिनेटको नाटकका लागि कलाकार आफैंले सृजना गरेको मौलिक लयका गीतहरुलाई स्थान दिएका छन् । करिब डेढ महिना लामो कार्यशालामार्फत् नाटकमा चितवनबाटै बलियो उपस्थित गराउने उद्देश्यले नारायणी कला मन्दिरसंग सहकार्य गरेर नाटक तयार पारिएको जोशीले बताउनुभयो ।
नाटकका निर्देशक विकास जोशीले कलाकारिताको दृष्टिले चितवन धेरै संभावना भएको क्षेत्र भएपनि दर्शकसँगको दुरी बढ्दै गएको अवस्थामा नाटक मञ्चन गर्न लागेको उहाँको भनाई छ । साथै नाटक आजबाट ९सोमबार० सुरु भएको र २१ गते शनिबार सम्म निथमित मञ्चन गरिने हूदा आयोजकले नाटक अबलोकन गर्न सम्पुर्ण चितचवन तथा चितवनको सेरोफेरोमा रहेका दर्शक महानुभाबहरुलाई अपिल समेत गरेको छ ।