महालेखापरीक्षकबाट आधा महिनाको तलब सहयोग

काठमाडौँ, २५ चैत (रासस) सरकारले स्थापना गरेको कोभिड– १९ सङ्क्रमण, रोकथाम, नियन्त्रण तथा उपचार कोषमा महालेखापरीक्षकको कार्यालयले सहयोगस्वरुप रु २४ लाख ३४ हजार ६८६ उपलब्ध गराएको छ । कोषमा महालेखापरीक्षक टङ्कमणि शर्माले आधा महिनाको तलब र अन्य कर्मचारीले सचिवस्तरीय बैठकको निर्णयअनुसार मासिक तलबबाट कट्टा गरी रकम जम्मा गरिएको उक्त कार्यालयले प्रेस विज्ञप्तिमार्फत जानकारी दिएको छ । यसैबीच उक्त कोषमा नेपाल लेखापढी कानून व्यवसायी एशोसिएशनका तर्फबाट रु दुई लाख उपलब्ध गराएको...

कोभिड–१९ को उपचारमा संलग्नको मृत्यु भएमा रु ५० लाख दिइने

विराटनगर, २५ चैत (रासस) प्रदेश नं १ को सरकारको आज बसेको मन्त्रिपरिषद्को बैठकले कोभिड–१९ को नियन्त्रण, रोकथाम तथा उपचार कार्यमा संलग्न स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, एम्बुलेन्स चालक, स्थानीय तहमा कार्यरत कर्मचारी वा अन्य कुनै पदाधिकारीको मृत्यु भएमा रु ५० लाख दिने निर्णय गरेको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज बसेको बैठकले कोभिड–१९ को नियन्त्रण, रोकथाम तथा उपचार कार्यमा संलग्न सरकारी वा गैरसरकारी अस्पतालमा प्रदेश सरकारले खटाएका कर्मचारीको कोरोना रोगबाट मृत्यु भएमा...

स्थानीय तहलाई रु १३ करोड उपलब्ध गराउने मन्त्रिपरिषद् निर्णय

सुर्खेत, २५ चैत (रासस) कर्णाली प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले यहाँँका ७९ स्थानीय तहलाई रु १३ करोड २० लाख सहयोग उपलब्ध गर्ने निर्णय गरेको छ । प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको अध्यक्षतामा आज बसेको बैठकले कोभिड–१९ को रोकथाम, नियन्त्रण, उपचार, राहत तथा आवश्यक व्यवस्थापनार्थ स्थापित कर्णाली प्रदेश विपद् व्यवस्थापन कोषमा जम्मा भएको रकमबाट स्थानीय तहले खडा गरेको विपद् व्यवस्थापन कोषमा उपलब्ध गर्ने निर्णय भएको प्रदेश भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री बिमला...

चीन तातोपानी नाका खोल्न तयार

मेलम्ची, २५ चैत (रासस) चीनको केन्द्रीय सरकारले तत्काल सञ्चालनमा ल्याउन स्थानीय प्रशासनलाई निर्देशन दिएपछि बन्द भएको तातोपानी नाका खुल्ने भएको छ । कोभिड–१९ महामारीसँग जुध्न नेपाललाई चाहिने अत्यावश्यक स्वास्थ्य तथा खाद्यान्नका सामग्री पठाउन नाका सञ्चालनमा ल्याउन चीन सरकारले निर्देशन दिएको हो । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका अनुसार चीनले आफ्नो स्थानीय प्रशासनलाई उक्त निर्देशन दिएको हो । सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले मन्त्रालयबाट चीन नाका खोल्न तयार रहेको जानकारी आएको...

नेकपा सचिवालय : सरकारका कदम अझ प्रभावकारी बनाइने

काठमाडौँ, २५ चैत (रासस) सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालयको आजको बैठकले कोरोना भाइरस नियन्त्रण, रोकथाम र उपचारका सम्बन्धमा सरकारले चालेका कदम र लिएका नीति सही नै रहेको उल्लेख गर्दै अझ प्रभाकारी रूपमा अघि बढ्न आवश्यक सुझाव दिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको बैठकमा सचिवालयका सदस्यले प्रस्तुत गरेका सुझावलाई अझ प्रभावकारी रूपमा कार्यान्वयन गर्न जोड दिएको र प्राप्त सुझावलाई आवश्यकताका आधारमा कार्यान्वयनमा ध्यान दिनेगरी प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी...

चितवनको सुरक्षामा थप कडाई

प्रतिमा कुमाल, चैत २५, चितवन । लकडाउनको १५ औँ दिन चितवनको सुरक्षामा  थप कडाई गरिएको छ । कालिका मिडियाको टिम आज (मंगलबार) स्थलगत रिपोर्टिङका लागी जाँदा पश्चिम चितवनको सुरक्षा व्यवस्था पहिलाको भन्दा प्रभावकारी देखिएको थियो । चौविसकोठी, मंगलपुर, चनौली हुदै मेघौली सम्म पुग्दा चोक चोकमा सुरक्षाकर्मीहरु पहिले भन्दा बढी संख्यामा तैनाथ रहेका थिए । उनिहरुले अत्यावश्यकका सवारी साधनहरुलाई पनि केही दुरीमा बसेर चेकचाज गरी रहेका थिए । अत्यावश्यक सवारी साधनहरुलाई...

प्रदेश नं ५ समाचारः कपिलवस्तुका मृतकको कोरोना रिपोर्ट नेगेटिभ

चन्द्रौटा, २५ चैत (रासस) कपिलवस्तु अस्पतालको आइसोलेशन वार्डमा उपचारका क्रममा मृत्यु भएका एक युवकको कोरोना भाइरस परीक्षण रिपोर्ट नेगेटिभ आएको छ । कपिलवस्तुको विजयनगर २ जर्लैया घर भएका उनको सोमबार साँझ उपचारका क्रममा मृत्यु भएको थियो । एक दिनअघि नै कोरोनाको आंशका गर्दै उनको स्वाब परीक्षणका लागि भैरहवा पठाइएको अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा किशोर बञ्जााडेले बताउनुभयो । बिरामीलाई शुक्रबार शिवराज नगरपालिकाको चन्द्रौटामा रहेको अस्पतालबाट सिफारिस गरी कपिलवस्तु अस्पताल पठाइएको थियो...

अरुण तेस्रोको काम शुरु

खाँदबारी, २५ चैत्र (रासस) लकडाउनका कारण रोकिएको निर्माणधीन अरुण तेस्रो जलविद्युत् आयोजनाको काम शुरु भएको छ । सङ्खुवासभाको मकालु र चिचिला गाउँपालिकामा निर्माणाधिन नौ सय मेगावाटको सो आयोजनालाई काम गर्न अनुमति दिएकाले सुरक्षा सतर्कता र नयाँ कामदार नथप्ने समझदारीपछि काम थालिएको प्रमुख जिल्ला अधिकारी जीवनप्रसाद दुलालले जानकारी दिनुभयो । कोरोना भाइरस नियन्त्रणका लागि गरिएको लकडाउनले काम प्रभावित भएपछि कामदार नथप्ने र निर्माण स्थलमा भएकालाई परिचालन गरी काम थालिएको कम्पनीका कार्यकारी निर्देशक...

मन्त्री बस्नेतद्वारा स्वास्थ्य सामग्री सहयोग

जाजरकोट, २५ चैत (रासस) कोरोना भाइरस, (कोभिड–१९) को रोकथाम र नियन्त्रण गर्न वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले अत्यावश्यक स्वास्थ्य सामग्री उपलब्ध गराउनुभएको छ । ती सामग्रीमा क्वारेन्टाइनमका लागि १२ श्यया, १०० थर्मलगन, १४० वटा व्यक्तिगत सुरक्षा सामग्री (पिपीई), एकहजार ७०० वटा मास्क,डिटोल साबुन, ग्लोब, पञ्जा, सर्जिकल क्याप लगायतका रहेका छन् । मन्त्री बस्नेतका स्वकीय सचिव मुक्ति बस्नेतले प्रमुख जिल्ला अधिकारी जनकराज पन्त मार्फत् जिल्ला स्वास्थ्य कार्यालयलाई ती सामग्री हस्तान्तरण गर्नुभयो ।...

धौलागिरी अस्पतालमा सघन उपचार कक्ष निर्माण शुरु

तारानाथ आचार्य,बलेवा, २५ चैत (रासस) धौलागिरी अञ्चल अस्पताल बागलुङमा कोरोना भाइरसबाट सङ्क्रमित बिरामीको उपचारका लागि सघन उपचार कक्ष निर्माण हुने भएको छ । सरकारको रु एक करोड र बाँकी अस्पतालको खर्चमा सघन उपचार कक्ष निर्माण हुने अस्पतालले जनाएको छ । यसअघि कोरोना सङ्क्रमितको उपचारका लागि अस्पतालमा चार शय्याको आइसोलेसन कक्ष निर्माण गरेको थियो । अहिले दुई शय्यामा बिरामी राखेर उपचार भइरहेको अस्पतालले जनाएको छ । बागलुङमा नै दुई जनामा कोरोना...