गजल मञ्च चितवनद्धारा गजल वाचन

चितवन, कात्तिक ३० । गजल मञ्च चितवनको आयोजनामा आज(शनिवार) भरतपुरमा गजल बाचन कार्यक्रम भएको छ । गजल मञ्च चितवनले सुरु गरेको युगल शृङ्खला अन्र्तरगत आज पाँच जनाले गलल बाचन गरेका थिए । मञ्जको गजल शृङ्खला पाँचौ पुगेको छ । गजल बाचनमा सिन्धुलीकी अमला अधिकारी, कास्कीका दिपक समिप, नवलपरासीका बासु पूष्पा अधिकारी, धादिङका लाकाजि श्रेष्ठ र सिता प्याखुरेलले गजल बाचन गर्नुभएको थियो । उहाँहरुले दुई दर्जन भन्दा बढि गजल बाचन गरेका थिए...

अनेसास सर्वोत्कृष्ट पुरस्कार वितरण

वाशिङ्टन डिसी, २५ कात्तिक अमेरिकाका लागि नेपालका राजदूत डा अर्जुनकुमार कार्कीले प्रवासी भूमिमा बसेर नेपाली भाषा, कला, संस्कृतिको जगेर्ना गर्न अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास)ले महत्वपूर्ण भूमिका निर्वाह गरेको बताउनुभएको छ ।आइतबार डिसीमा आयोजित महाकवि लक्ष्मीप्रसाद देवकोटाको १११ औँ जन्म जयन्ती तथा अनेसास सर्वोत्कृष्ट पुस्तक एवं विशिष्ट प्रतिभा पुरस्कार वितरण समारोहमा उहाँले नेपाली साहित्यका मूर्धन्य साहित्यकारहरुलाई आमन्त्रण गरेर प्रवासमा पनि उहाँहरुको सिर्जना सुन्ने र सिक्ने मौका पाउनु प्रशंसनीय भएको बताउनुभयो...

लुम्बिनीमा साहित्यिक गोष्ठी शुरु

रुपन्देही, २५ कात्तिक प्रदेश ५ को उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको आयोजनामा लुम्बिनीमा राष्ट्रिय साहित्यिक गोष्ठि आजदेखि शुरु भएको छ ।प्रदेश वाङ्मय प्रतिष्ठानको सहयोगमा आयोजित गोष्ठीको उद्घाटन गर्दै उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री लीला गिरीले समाजलाई सही दिशामा डो¥याउन साहित्यकारहरुको भूमिका महत्वपूर्ण हुने बताउनुभयो । उहाँले सरकारले गरेका कामका विषयमा नकारात्मक आलोचना मात्रै हुने गरेकाले यस पछाडिको कारण खोतलेर आम जनमानसमा सही सूचना पु¥याउन साहित्यकारहरुले कलम चलाउनुपर्ने धारणा राख्नुभयो...

चिनियाँ कविको ‘आमाको हात’

काठमाडौँ, २० कात्तिक चिनियाँ हिमाली कवि जिदी माजियाद्वारा लिखित कवितासङ्ग्रह ‘मदर्स ह्याण्ड’को नेपाली अनुवादसहित ‘आमाको हात’ प्रकाशनमा आएको छ । निराला पब्लिकेशन्स नयाँदिल्लीले प्रकाशन गरेको द्विभाषी सो कृति युयुत्सु आरडी शर्माले अङ्ग्रेजीबाट अनुवाद गर्नुभएको हो । तीन भागमा विभाजित सङ्ग्रहमा अङ्ग्रेजी र त्यसको नेपाली अनुवाद गरी २७ कविता समाविष्ट छन् । चीनको सिचुआनका ‘यी’ नामक जातिबाट आउनुभएका माजियाका कवितामा आफ्नो जन्मस्थलका नुओसी भाषीहरुका मिथक, लोककथा, महाकाव्य र त्यसमा रहेका महानायकहरुको स्तुतिगान...

एक लाखमा कलम बिक्री

प्रत्येक वर्ष चित्रगुप्त पूजाका अवसरमा बिक्री हुने कलम यस वर्ष रु एक लाख १०५ मा बिक्री भएको छ । चित्रगुप्त सेवा समिति राजविराजले चित्रगुप्त भगवान्को पूजामा चढाउने गरेको कलम डाँक बढाबढका माध्यमबाट रु एक लाख १०५ मा बिक्री गरेको जनाएको छ । राजविराजस्थित चित्रगुप्त मन्दिरमा आज आयोजित समारोहमा कलम किन्न तयार हुने राजविराज नगरपालिका–८ की रेखादेवी कर्णलाई उक्त कलम हस्तान्तरण गरियो । विगत ४० वर्षदेखि ‘कलम सकार’ गर्ने परम्परा...

महाकवि लक्ष्मीप्रसाद देवकोटाको सम्झनामा कालिकामा विशेष कार्यक्रम हुने

कात्तिक ९ कालिका कालिका मिडियाले लक्ष्मी जयन्तिको अवसरमा आईतबार(भोलि) साहित्यकारहरुसँग अन्तरक्रिया गर्ने भएको छ । महाकवि लक्ष्मी प्रसाद देबकोटाले साहित्य क्षेत्रमा पु¥याएको योगदानलाई स्मरण गर्दै कालिकाले सो कार्यक्रमको आयोजना गरेको हो । महाकवि देवकोटाको जन्म विसं १९६६ मा कात्तिक कृष्णऔंसी अर्थात् लक्ष्मीपूजाका दिन काठमाडौं डिल्लीबजारमा भएको थियो । दस वर्षको उमेरमा कविता लेख्न सुरू गरेका देवकोटाका थुप्रै महाकाव्य, खण्डकाव्य, निबन्ध, कथा, नाटक, उपन्यास, गीत, समालोचना र फुटकर कविता प्रकाशित छन् ।...

राष्ट्रकवि घिमिरेलाई शिला स्रष्टा सम्मान

काठमाडौँ, ७ कात्तिक राष्ट्रकवि माधव घिमिरेलाई विसं २०७५ को मदन शिला स्रष्टा सम्मान अर्पण गरिएको छ । मदन शिला प्रतिष्ठानद्वारा स्थापित सो पुरस्कारको राशि रु एक लाख एक हजारसहित सम्मानपत्र रहेको छ । यसैगरी प्रतिष्ठानले सोही वर्षको साहित्यिक पत्रकारिता पुरस्कार उन्ननय र दियालो साहित्यिक पत्रिकारलाई प्रदान गरियो । ती पुरस्कारको राशि रु ५० हजारसहित सम्मानपत्र रहेको छ । नेपाली साहित्यिक सम्मेलन दार्जलिङको मुखपत्रका रुपमा त्रैमासिकरुपमा दियालो प्रकाशन हुँदै आएको छ ।...

तीन कुलपतिद्वारा कृति विमोचन

काठमाडौँ, १ कात्तिक ‘अल्टिमेटम आकाश’ उपन्यास आज लोर्कापण गरिएको छ । नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेती, नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका कुलपति केके कर्माचार्य र नेपाल नाट्यकला प्रज्ञा–प्रतिष्ठानका कुलपति रायन श्रेष्ठले संयुक्त रुपमा सो कृति लोकार्पण गर्नुभयो । जनमत प्रकाशनले प्रकाशनमा ल्याएको सो कृतिका लेखक सन्तोष लामिछाने हुन् । यसअघि अमेरिका र बेलायतमा यसको अङ्ग्रेजी संस्करणमा लोकार्पण भइसकेको छ । अमेरिकामा बसोबास गर्दै आउनुभएका लामिछानेको यसअघि ‘चामल खानेहरु र चौलानी पिउनेहरु’ कविता सङ्ग्रह...

अनेसास राम लामा विशिष्ट प्रतिभा पुरस्कार प्राडा लुइँटेललाई

काठमाडौँ, २८ असोज यस वर्षको अन्तरराष्ट्रिय नेपाली साहित्य समाज राम लामा ‘अविनाशी’ विशिष्ट प्रतिभा पुरस्कार त्रिभुवन विश्वविद्यालयका प्राध्यापक डा खगेन्द्रप्रसाद लुइँटेललाई प्रदान गरिने भएको छ । तीन सदस्यीय पुरस्कार छनोट समितिको केही दिनअगाडि अमेरिकामा बसेको बैठकले साहित्यकार प्रा डा लुइँटेललाई उक्त पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो । उक्त पुरस्कारको राशि दुई हजार ५०० अमेरिकी डलर छ । अन्तरराष्ट्रिय नेपाली साहित्य समाजले नेपाली भाषा, साहित्यको विकास र अन्तरराष्ट्रियकरणका साथै अनेसासको वृहत्तर...

विराट नेपाल भाषा साहित्य सम्मेलन सम्पन्न

५८ औँ विराट नेपाल भाषा साहित्य सम्मेलन सम्पन्न भएको छ । विराट गुथिले भक्तपुरको सूर्यविनायकमा दुईदिन सञ्चालन गरेको सो सम्मेलनमा विराट गुथीका सल्लाहकार कवि योगेन्द्र प्रधानले विराट भाषा साहित्य सम्मेलनले भाषिक तथा साहित्यक योगदान दिँदै धेरै साहित्यकार जन्माएको बताउनुभयो । विराट गुथी कुनै राजनीतिक पार्टीको संस्था नभएकाले नेपाल भाषाको मौलिकतालाईै लोप हुनबाट जोगाउन सबै लाग्नुपर्नेमा उहाँले जोड दिनुभयो । कार्यक्रममा डा पुष्पराज राजकर्णिकारले पछिल्लो समयमा नेपाल भाषाको प्रयोग घट्दै गएकाले...