सिद्धार्थ बैंकको नयाँ शाखा सूर्यविनायकमा

काठमाण्डौं, जेठ, ५ । सिद्घार्थ बैंकले भक्तपुरको सूर्यविनायकमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । बैंकले आज आइतबार देखि सूर्यविनायकमा नयाँ शाखा सञ्चालनमा ल्याएको हो । उक्त क्षेत्रका सर्वसाधारण तथा उद्यमीेमाझ सबै प्रकारका निक्षेप तथा कर्जा कारोवार सुविधा, रकम भुक्तानी लगायत सम्पूर्ण बैंकिङ्ग सेवा पु¥याउने उद्देश्यले उक्त शाखाहरु सञ्चालनमा ल्याएको बैंकले बिज्ञप्ति मार्फत जनाएको छ । बैंकिङ्ग प्रणालीलाई थप प्रविधिमैत्री बनाउन बैंकले इन्टरनेट सेवा समेत सञ्चालन गर्दे आएको छ । इन्टरनेट सेवा मार्फत...

बक्यौता असुलीको कारवाही अघि बढाउन नागरिक उड्डयन प्राधिकरणलाई निर्देश

काठमाण्डौं, जेठ, ५ । प्रतिनिधिसभा अन्र्तगतको सार्वजनिक लेखा समितिले तत्काल बक्यौता असुलीको कारवाही अघि बढाउन नागरिक उड्डयन प्राधिकरणलाई निर्देशन दिएको छ । आईतबार सिंहदरबारमा बसेको समिति बैठकले यथासिघ्र बक्यौता उठाउने कारवाही अघि बढाउन निर्देशन दिएको हो । साथै प्राधिकरणले प्रस्तुत गरेको कार्ययोजना तदारुकताका साथ कार्यान्वय गरि समितिमा नियमित रुपमा प्रगती विवरण बुझाउन पनि निर्देशन दिईएको छ । बैठकले बन्द भएका विदेशी कम्पनीलाई कालोसूचीमा राखी बक्यौता असुलीको कारवाही अघि बढाउन तथा विमानस्थल क्षेत्रमा...

अमेरिका–चीन व्यापारयुद्धले नेपाललाई झस्कायो

जेठ ५-  संयुक्त राज्य अमेरिका र चीनबीच आठ महिनादेखि जारी व्यापार युद्धले नेपाललाई झस्काएको छ । अर्थतन्त्रका वाह्य क्षेत्रमा निरन्तर असर गरेपछि राष्ट्रिय योजना आयोगले नियमित निगरानी र अनुगमन थालेको छ । गतसाता बसेको आयोग बैठकले अमेरिका र चीनबीचको व्यापारिक सम्बन्धमा देखापरेको असहज परिस्थितीका कारण नेपालको अर्थतन्त्रका बाह्य क्षेत्रमा पर्नसक्ने प्रभाव आकलन गर्न सदस्य डा. रामकुमार फुयाँललाई जिम्मेवारी तोकेको छ । अमेरिकासंग नझुक्न राष्ट्रपति सीको निर्देशन डा. फुयाँलले आयोगमा आथिक व्यवस्थापन...

जलविद्युतमा निजी क्षेत्रलाई ढोका थुन्दै सरकार

जेठ ५ -जलविद्युत्मार्फत हाल नेपालमा १ हजार ५० मेगावाट बराबरको विजुली उत्पादन भएकोमा निजी क्षेत्रको योगदानमात्रै ५ सय ५० मेगावाट छ । १०८ वर्षअघि सुरु भए पनि सरकारी क्षेत्रबाट ५ सय मेगावाट मात्र उत्पादन भएको छ भने निजी क्षेत्रबाट उत्पादन सुरु भएको २० वर्षमै यति धेरै उत्पादन हुन सकेको छ । निजी क्षेत्रसँग अहिले १५ हजार मेगावाट बराबरको सर्भे लाइसेन्स पनि छ । अध्ययन सकेर निर्माणमा गरेका आयोजनाको क्षमता...

क्याम्पस भवन उद्घाटन

गाईघाट, ५ जेठ उदयपुर जिल्लाको चौदण्डी नगरपालिकाको बसाहास्थित नारद आदर्श क्याम्पसको नवनिर्मित भवनको शनिबार नेपालका लागि भारतीय कार्यवाहक राजदूत अजयकुमार र उदयपुर क्षेत्र नं १ का सांसद तथा नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य डा नारायण खड्काले संयुक्त रुपमा उद्घाटन गर्नुभयो । भारतीय दूतावासको रु दुई करोड ९० लाखको सहयोगमा सो दुईतले १८ कोठे नयाँ भवनको निर्माण भएको हो । विसं २०७३ को भदौबाट औपचारिकरूपमा सम्झौता भई निर्माणकार्य शुरु गरेको उक्त नयाँ...

चार वडा कार्यालयको भवन निर्माण शुरु

बेत्रावती, ५ जेठ नुवाकोटको बेलकोटगढी नगरपालिकाले चालू आर्थिक वर्षमा चार स्थानमा नयाँ वडा कार्यालयको पक्की भवन निर्माण शुरु गरेको छ । नयाँ निर्माण गरिने वडा कार्यालयमध्ये दुई स्थानको भवनको निर्माण अघि बढाइएको छ । सङ्घीयता कार्यान्वयनअन्तर्गत राज्य पुनःसंरचनाको क्रममा जिल्लाका विभिन्न छ साविकका गाउँ विकास समितिलाई समावेश गरेर निर्माण भएको नगरपालिका भएकाले भौतिक संरचना अभावमा गुज्रिएको छ । संरचना अभाव भोग्दै आएको नपाले नगरकार्यपालिकाको सभाबाट विनियोजित पूरक बजेटमार्फत यो आवको...

बजेटअघि नै मूल्यवृद्धिले जनता आक्रान्त

जेठ ५ – यस वर्ष महँगीले नयाँ रेकर्ड कायम गर्ने संकेत देखिएको छ । सामान्यतया बजेट भाषणपछि महँगी बढ्ने गर्थ्यो । तर, यसपटक बजेटअघि नै बजार भाउ अकासिन थालेको छ । आगामी आर्थिक वर्ष ०७६र७७ बाट कर्मचारीको तलब र वृद्धभत्ता बढ्ने घोषणा सरकारले गरिसकेको छ । यसकारण बजेटपछि मूल्यवृद्धि हुने निश्चित छ । तर, त्यसअघि नै महँगी बढ्दा उपभोक्ता आक्रान्त बनेका छन् ।महँगीको सबैभन्दा धेरै असर हरियो तरकारीमा परेको छ । तरकारी तथा फलफूल व्यवसायी महासंघका...

भारतबाट १० अर्बको आलु-प्याज आयात

जेठ ४-  सरकारले आयात विस्थापन गर्न स्वदेशी कृषि उत्पादन प्रबर्दन गर्ने भन्दै ठाउँठाउँमा ‘कृषि मिसन’ कार्यक्रम सञ्चालन गरिरहेको बेला आलु प्याजको परनिर्भरता भने बर्सेनि बढ्दो छ । सरकारको कृषि उत्पादनलाई प्रबर्दन गर्ने कार्यक्रममा आलु प्याज उत्पादन प्राथमिकतामा पर्न नसकेको कारण परनिर्भरता बर्सेनि बढेको हो । देशकै ठूलो तथा पुरानो तरकारी बजार कालीमाटीमा भित्रिएको आलु प्याजको तथ्याङ्कले अघिल्लो वर्षभन्दा यो वर्ष यसको आयात बढेको स्पष्ट हुन्छ । कालीमाटी फलफूल तथा तरकारी...

नेपाल–भारत मैत्री धर्मशालामा होटल कै भान गराउँने सुविधा

जेठ ४ -भारतीय सहयोगमा काठमाडौंको तिलगंगामा निर्माण भएको नेपाल–भारत मैत्री धर्मशाला पोखरास्थित होटल आनन्द म्यानेजमेन्ट प्रालिले सञ्चालन गर्ने भएको छ । गत भदौमा प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबाट संयुक्त रूपमा उद्घाटन गरिएको यस धर्मशाला सञ्चालको जिम्मेवारी आनन्द म्यानेजमेन्ट प्रालिले खुला प्रतिस्पर्धाबाट पाएको हो । नेपाल–भारत मैत्री पशुपति धर्मशाला सञ्चालनको निमित्त पशुपति क्षेत्र विकास कोषले खुला प्रतिस्पर्धाबाट बोलपत्र आह्वान गरेको थियो । तिलगंगास्थित १९ रोपनी छेत्रफल...

पेट्रोलियम पाइप लाइन ओछ्याउन अढाई किमी बाँकी

वीरगञ्ज, ३ जेठ  नेपाल–भारत दुवै सरकारको प्राथमिकतामा रहेको भारतको मोतिहारीदेखि बाराको अमलेखगञ्जसम्म पेट्रोलियम पाइप लाइनअन्तर्गत अब पर्सा राष्ट्रिय निकुञ्जभित्रको २।५ अढाइ किलोमिटर क्षेत्रभित्र जमीनमुनि पेट्रोलियम पाइप लाइन बिछ्याउने काम बाँकी छ । बहुप्रतिक्षित आयोजनाको रूपमा रहेको भारतको मोतिहारीदेखि बाराको अमलेखगञ्जसम्म पेट्रोलियम पाइप लाइन बिछ्याउने काम धमाधम भइरहेको परियोजना कार्यालय सिमराले जनाएको छ । नेपालको ‘लाइफ लाइन’को रूपमा रहेको भारतको मोतिहारीदेखि अमलेखगञ्जसम्म ७०।२ किलोमिटर लम्बाइको सो पाइप लाइन बिछ्याउने काम ६७।७ किलोमिटरसम्म...