अनियन्त्रित बजारका कारण मानव स्वास्थ्यमा गम्भीर असर

गलेश्वर, ५ जेठ दैनिक उपभोग्य वस्तु अनुगमनको अभाव, बढी उत्पादन गर्ने र धेरै पैसा कमाउने मोहमा कृषकले तरकारी तथा फलफूलमा जथाभावी प्रयोग गर्ने विषादी तथा अनियन्त्रित बजारका कारण मानव स्थास्थ्यमा गम्भीर असर परेको छ । बजारमा उपभोग गर्नका लागि सम्बन्धित कम्पनीले निर्धारण गरेको उपभोग्य म्याद नाघेका खाद्य पदार्थ, कृषकले विषादी प्रयोग गरी उत्पादन गरेका तरकारी तथा फलफूललगायत विना मापदण्ड खुलारुपमा बजारमा बिक्री भइरहेका मासुजन्य पदार्थका कारण उपभोक्ताको स्वास्थ्यमा गम्भीर असर परेको...

म्याग्दीमा ४३ नयाँ क्षयरोगी भेटिए

गलेश्वर, ५ जेठ म्याग्दीमा यस वर्ष ४३ नयाँ क्षयरोगी फेला परेका छन् । क्षयरोगीको पहिचान गर्ने क्रममा जिल्लाका छ स्थानीय तहमा गत वर्ष साउनदेखि यसवर्ष वैशाखसम्म ४३ नयाँ भेटिएको स्वास्थ्य कार्यालय म्याग्दीले जनाएको छ । क्षयरोगी पहिचान तथा उपचारका विधिबारे सदरमुकाम बेनीमा आयोजित कार्यक्रममा गत वर्ष ५६ को उपचार गरिएको स्वास्थ्य कार्यालय प्रमुख भीमप्रसाद आचार्यले बताउनुभयो । “नयाँ क्षयरोगी थपिने सम्भावना छ, अधिकांश फोक्सो र घाँटीका रोगी भेटिएका छन्”, आचार्यले भन्नुभयो...

गर्भवतीको घरमै भिडियो एक्स–रे सेवा

काभ्रेपलाञ्चोक, ५ जेठ पाँचखाल नगरपालिकाले आफ्नो क्षेत्रका गर्भवती महिलाको घरमै गर्भजाँच सेवा दिन थालेको छ । नपाले गत शुक्रबारदेखि चिकित्सकसहितको टोली गर्भवतीको घरमै पुगेर गर्भजाँचअन्तर्गत भिडियो एक्स–रे सेवासमेत उपलब्ध गराएको हो । गर्भवती महिलाको घरमै भिडियो सेवासहितको गर्भजाँच कार्यक्रमको नपास्थित वडा नं १ अनैकोट र १३ नं वडाको कोशीदेखाबाट शुरु गरिएको नपा उपप्रमुख लक्ष्मी दनुवारले बताउनुभयो । उहाँले भन्नुभयो, “नपाभित्रका गर्भवती महिलाको गर्भजाँच स्वास्थ्यकर्मी टोलीले भिडियोसहित शुक्रबारबाट काम शुरु गरेका छन्...

प्रसूति सेवा केन्द्र शुभारम्भ

लमही, ४ जेठ  दाङ तुलसीपुर उपमहानगरपालिका–१९ स्थित बिजौरी स्वास्थ्यचौकीमा प्रसूति सेवा केन्द्र सञ्चालनमा ल्याइएको छ । सुत्केरी महिलालाई स्थानीयस्तरमै सेवा प्रदान गर्न उक्त केन्द्र निर्माण गरिएको उपमहानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख डा गोकर्ण दाहालले बताउनुभयो ।प्रसूति हुनका लागि तुलसीपुर बजार नै आउनुपर्ने बाध्यता अन्त्य गर्न स्थानीय स्तरमै प्रसूति सेवा केन्द्र सञ्चालन गरिएको र यसबाट २४ सै घण्टा सेवा प्रदान हालका लागि एक तालीम प्राप्त स्टाफनर्स पठाइसकेको उहाँको भनाइ थियो । ऊक्त केन्द्र...

तौल घटाउनदेखि अपच हुँदासम्म यस्ता छन् कालो नुनका फाइदाहरु

नेपाली बोलीचालीमा बीरे नुन भनिने कालो नुनलाई घरेलु औषधीको रुपमा प्रयोग गर्ने चलन पूरानै हो । पेट दुख्दा या ग्याष्ट्रिक हुँदा यसको प्रयोग गर्ने गरिएको छ । यसमा आइरन, सल्फ्युरसजस्ता कयौं खनिज पदार्थ पाइन्छ । यसमा सेतो नुनको तुलनामा सोडियमको मात्रा पनि कम हुन्छ । यसैले यसले शरीरमा सोडियमको स्तर बढाउँदैंन । जानौं बीरे नुनका फाइदा ः १- जोर्नी दुख्दा मांसपेशी र जोर्नी दुख्दा बीरे नुनले सेक्ने हो भने निको हुन्छ...

‘मुख्यमन्त्री–जनता स्वास्थ्य परीक्षण’ कार्यक्रम शुरु

भक्तपुर, १ जेठ  भक्तपुर अस्पतालमा आजदेखि ‘मुख्यमन्त्री–जनता स्वास्थ्य परीक्षण’ कार्यक्रम शुरु भएको छ । कार्यक्रमको प्रदेश नं ३ का सामाजिक विकासमन्त्री युवराज दुलालले मुख्यमन्त्री–जनता स्वास्थ्य परीक्षण कार्यक्रम प्रभावकारीरुपमा सञ्चालन गर्दै जाने बताउनुभयो । उहाँले प्रदेश सरकारले आगामी वर्षमा पनि जनता लक्षित प्रभावकारी स्वास्थ्य कार्यक्रम ल्याउने जानकारी दिनुभयो । गुणस्तरीय स्वास्थ्य सेवा प्राप्त गर्न प्रदेश सरकारले कुनै कञ्जुस्याइँ नगरी पर्याप्त बजेट व्यवस्था गर्ने बताउँदै उहाँले प्रदेश सरकारले आफ्नो मातहतमा रहेका आठ वटा...

बलात्कृत बालिका असुरक्षित गर्भपतनले मृत्युको मुखमा

बाँके, १ जेठ नेपालगञ्ज उपमहानगरपालिका–१० का १३ वर्षीया एक बालिका यौन शोषणमा परेकी छिन् । यौन शोषणबाट गर्भ रहन गएपछि असुरक्षित गर्भपतन गराउन खोज्दा ती बालिका अहिले मृत्युको मुखमा पुगेकी छिन् । जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार, कक्षा ८ मा अध्ययनरत एलिना (नाम परिर्वतन) ले पेटमा रहेको गर्भलाई आफैँ गर्भपतन गर्न खोजेकी थिइन् । गर्भपतन गराउन खोज्दा जथाभावी औषधि सेवन गरेपछि अत्यधिक रक्तश्राव हुँदा उनी मृत्युको मुखमा पुगेकी हुन् । जिल्ला प्रहरी...

‘फाइमोसिस’ सेवा शुरु : के हो फाइमोसिस ?

लमही, १ जेठ  दाङको तुलसीपुर–१९ बिजौरीस्थित प्रादेशिक आयुर्वेद चिकित्सालयमा ‘फाइमोसिस’ रोगको सफल शल्यक्रिया भएको छ । उक्त चिकित्सालयमा पहिलो पटक यो सेवा शुरु भएको हो । बच्चाको लिङ्ग नखुल्ने उक्त रोगलाई आयुर्वेद पद्धति सर्कमसिजनमार्फत उपचार गर्न थालिएको हो । अस्पतालका प्रमुख तथा बालरोग विशेषज्ञ डा रामकामेश्वर ठाकुरसहित पाँच चिकित्सकसहितको टोलीले उक्त रोगको सफल शल्यक्रिया गरेको हो । “अस्पतालमा लिङ्ग नखुल्ने बच्चाको सङ्ख्या धेरै आउन थाल्यो”, डा ठाकुरले भन्नुभयो, “त्यसैले हामीले यो...

गर्मी बढेसँगै झाडापखालाका बिरामी बढे

भीमदत्तनगर, ३१ वैशाख गर्मी बढेसँगै कञ्चनपुरको भीमदत्तनगरस्थित महाकाली अञ्चल अस्पतालमा बिरामीको चाप अत्यधिक बढेको छ । झाडापखाला, बान्ता आउने, टाउँको दुख्ने, रुघा, खोकी, ज्वरोका साथै अस्वस्थ्य खानपानले पनि बिरामी बढेको अस्पतालले जनाएको छ । अस्पतालका मेडिकल रेकर्डर नारद भट्टले वैशाखको पहिलो सातादेखि नै यहाँ बिरामीको चाप बढेको बताउनुभयो । ‘सबैभन्दा बढी झाडापखालाका बिरामीको सङ्ख्या बढ्दैछ’, उहाँले भन्नुभयो, “यो महीना मात्रै पखालाका १७५ बिरामीको उपचार यहाँ भयो ।” उहाँले दूषित पानीको प्रयोगसँगै...

कर्मचारी समायोजनले खोप कार्यक्रम प्रभावित हुने

काठमाडौँ, ३१ वैशाख  स्वास्थ्यका कर्मचारी समायोजनले खोप कार्यक्रम प्रभावित हुने देखिएको छ । विसं २०४८ मा बनेको खोपका कर्मचारी दरबन्दीलाई समायोजन प्रक्रियाले अन्त्य गरिदिएपछि राष्ट्रिय प्राथमिकता प्राप्त खोप कार्यक्रम अगामी दिनमा कसरी अगाडि बढ्छ भन्ने थप अन्यौलता बढेको हो । पछिल्लो समय बालस्वास्थ्य महाशाखाअन्तर्गतको खोप शाखा नै खारेजीमा परेको छ । शाखामा कार्यरत तालीमप्राप्त अनुभवी खोप सुपरभाइजर कर्मचारी अन्यत्र पदस्थापन हुने भएपछि खोप कार्यक्रम सञ्चालनमा पर्न लागेको स्वास्थ्यकर्मीको गुनासो रहेको छ...