स्वास्थ्य केन्द्र सञ्चालनको जिम्मा नगरपालिकामा

वालिङ, २ भदौ स्याङ्जाको गल्याङ– ३ बल्पुकमा अवस्थित गल्याङ सामुदायिक स्वास्थ्य केन्द्र९अस्पताल०को सेवा प्रभावकारी बनाउने जिम्मा नगरपालिकाले लिएको छ । गल्याङ तथा आसपासका बासिन्दा उपचारका लागि तानसेन, बुटवल तथा पोखरा जानुपर्ने अवस्था अन्त्य गर्न सञ्चालन गरिएको उक्त स्वास्थ्य केन्द्र सञ्चालनको जिम्मा गल्याङ नगरपालिकाले लिएको हो । झण्डै १० वर्षअघि स्थानीयवासीबाट रु २५ लाख चन्दा सङ्कलन, बुटवल पावर कम्पनीबाट रु ४० लाख सहयोग, नेपाल सरकारबाट पटकपटकमा रु तीन करोड र भारतीय सरकारबाट रु...

पाल्पामा डेङ्गुका बिरामी फेला

बेझाड, २ भदौ पाल्पामा डेङ्गुका बिरामी फेला परेका छन् । साउन महीनामा मात्रै दुई बिरामी फेला परेका हुन् ।गत वर्ष भदौमा जिल्लामा डेङ्गुका सात बिरामी भेटिएको जिल्ला स्वास्थ्य कार्यालयका सूचना अधिकारी माधव ज्ञवालीले जानकारी दिनुभयो । डेङ्गुको सङ्क्रमण देखिएपछि दुवै जनाको उपचार भइरहेको छ । यो रोग ‘एडिप्टाइ’ नामक लामखुट्टेको टोकाइबाट लाग्ने गर्छ । घर वरिपरि खाडलमा पानी जम्न नदिने, सरसफाइ गर्ने, नियमित राति सुत्दा झुल टाँगेर सुत्ने तथा शरीर पूरै...

बाढीपीडित क्षेत्रमा स्वास्थ्य शिविर

लहान, २ भदौ खडक नदीको बाढीबाट प्रभावित सप्तरीको डाक्नेश्वरी नगरपालिका–३ तरहीका बाढीपीडित परिवारलाई लक्षित गरी आयोजना गरिएको निःशुल्क स्वास्थ्य शिविरमा करीब २५० ले स्वास्थ्य जाँच गराएका छन् । राष्ट्रिय जनचेतना तथा विकास समाज नेपालले आयोजना गरेको शिविरमा गत असार र साउन महीनाको अविरल वर्षा र बाढीका कारण प्रभावित सो गाउँका स्थानीयवासीले निःशुल्क स्वास्थ्य जाँच गराएका हुन् । तरहीस्थित स्वास्थ्यचौकीमा आयोजित शिविरमा श्वासप्रश्वास, उच्च रक्तचाप, मधुमेहलगायतका दीर्घरोगी तथा रुघाखोकी, झाडापखालालगायतका स्वास्थ्य समस्याबाट पीडितले...

मुटुरोग परीक्षण शिविर

पोखरा, १ भदौ तीज पर्व नजिकिँदै गर्दा यहाँको एक महिला समूहले मुटुरोग परीक्षण शिविर सञ्चालन गरेको छ । पोखरा उपमहानगरपालिका–१७ स्थित घारीकुलो आमा समूहले रमाइलोभन्दा पनि स्वास्थ्यलाई पहिलो प्राथमिकता दिएर आफ्नो समूहका सदस्य एवं समाजका अन्य विपन्नवर्गलाई लक्षित गरी सो शिविर आयोजना गरेको हो । आहार, बिहारलगायत विभिन्न कारणबाट मुटुरोग समस्याको रूपमा देखिएको वर्तमान अवस्थामा तीज पर्वको अवसर पारेर सचेतना एवं मुटुरोग परीक्षण शिविर राखिएको समूहका अध्यक्ष आशा श्रेष्ठले जानकारी दिनुभयो । जयन्ती...

औषधि व्यवसायी सङ्घ कास्कीमा पन्त

चिप्लेढुङ्गा, १ भदौ नेपाल औषधि व्यवसायी सङ्घ जिल्ला कार्यसमितिको अध्यक्षमा विक्रम पन्त निर्वाचित हुनुभएको छ । पन्तले प्रतिष्पर्धी सञ्जीव देवकोटा क्षेत्रीलाई पराजित गरी प्रथम अधिवेशनबाट अध्यक्ष बन्नुभएको हो ।शनिबार राति सम्पन्न मतदानबाट पन्तको पक्षमा १४५ र प्रतिष्पर्धी देवकोटाको पक्षमा १३२ मत परेको थियो । सङ्घको उपाध्यक्षमा धीरज गौतम, महासचिवमा पूर्णबहादुर बस्नेत ‘काजी’, कोषाध्यक्षमा मिलन श्रेष्ठ, सचिव निराजन रेग्मी र उपकोषाध्यक्षमा विक्रमराज पहारी निर्वाचित हुनुभयो । त्यसैगरी तीन सदस्यमा सुमन...

नर्सिङ पेशालाई सम्मान गर्न चितवनका नर्सको माग

साउन ३२ गते । बिरामीको जीवन रक्षासँगै जीवनदामा महत्वपूर्ण अंग मानिने नर्सिङ पेशामा उच्च मनोबलका साथ काम गर्ने वाताबरण छैन । लार्खौ खर्चेर नर्सिङ पढेपनि उचित तलव नपाउनु,सम्मान नपाउनु पीडादायी विषय हो । तै पनि नागरीकको स्वास्थ्यमा रातदिन खटिरहेका हुन्छन् । शुक्रवार भरतपुरमा सुरु भएको खोजमुलक उत्प्रेरणा दृष्टि विषयक प्रशिक्षण कार्यक्रममा पनि नर्सिङ पेशाको सम्मान हुन नसकेको आवाज उठ्यो । नेपाल नर्सिङ संघ चितवनकी अध्यक्ष माया पाण्डेले नर्सिङ स्वास्थ्यकर्मीलाई हेर्ने...

थानकोट नाका : लागुऔषध ओसारपसारको मुख्य केन्द्रविन्दु

काठमाडौँ, ३० साउन उपत्यका भित्रिने प्रमुख नाकाको रूपमा रहेको थानकोट नाकाबाट धेरै लागुऔषध ओसारपसार हुने गरेको छ । महानगरीय प्रहरी वृत्त थानकोटले दिएको जानकारीअनुसार आर्थिक वर्ष २०७५÷०७६ मा लागुऔषध मुद्दामा १४४ विरुद्ध मुद्दा दायर भएको छ । वृत्तका प्रमुख, प्रहरी नायब उपरीक्षक कुमारविक्रम थापा उपत्यका भित्रिने प्रमुख नाका धेरै व्यक्ति आवतजावत गर्ने भएकाले पनि धेरै लागुऔषध ओसारपसार पनि थानकोट नाकाबाटै हुने गरेको बताउनुहुन्छ । “थानकोट प्रहरी अवैधरूपमा ओसारपसार गरिएको लागुऔषध धेरै...

दमौली अस्पतालमा बिरामीको चाप बढ्यो

तनहुँ, ३० साउन  तनहुँको सदरमुकाम दमौलीस्थित दमौली अस्पतालमा भाइरल ज्वरो र टाइफाइडका बिरामी बढेका छन् । गर्मी मौसम शुरुआतसँगै उक्त रोगबाट बालबालिका, वृद्धवृद्धा, गर्भवती महिला अझ बढी प्रभावित भएका छन् । अस्पतालमा पहिला दैनिक ७५ देखि १०० सम्म बिरामी आउने गरेकामा अहिले झण्डै दोब्बर बिरामी उपचारका लागि आउने गरेका दमौली अस्पतालका प्रमुख डा सुनिल पौडलले बताउनुभयो । उहाँका अनुसार अहिले भाइरल ज्वरो र टाइफाइडका दैनिक १५० देखि २०० बिरामी उपचारका...

घरमा हुने सुत्केरीलाई शून्यमा पु¥याइने

सुशीला रेग्मी,बेझाड, २९ साउन  पाल्पा जिल्लाका सबैजसो स्थानीय तह घरमै सुत्केरी हुने दरलाई शून्यमा पु¥याउने लक्ष्यका साथ अगाडि बढेका छन् । आर्थिक वर्ष २०७५÷७६ मा चार हजार ७९१ जना स्वास्थ्य संस्थामा नै पुगेर सुत्केरी भएका छन् । जसअन्तर्गत रामपुर नगरपालिकामा २५२ र तानसेन नगरपालिकामा चार हजार १५ रहेका छन् । गाउँपालिकातर्फ पूर्वखोलामा १६९, रम्भामा ६५, बगनासकालीमा ३६, रिब्दिकोटमा ५३, रैनादेवी छहरामा १०१, माथागढीमा ४४, तिनाउमा १४ र निस्दीमा ४२ रहेका...

उपचारका लागि सहयोग गर्न जनप्रतिनिधिको याचना

रिपेश दाहाल हेटौँडा, २९ साउन  ‘भाइ मलाई कहिले लाने इन्डिया रु छिटो गरन, छिटो नगरे त म मरिहाल्छु नी । मलाई जे गरेर भए पनि बचाइदेउ ।’ चितवनको एउटा अस्पतालको शय्यामा आफ्नो भाइलाई बचाइ दिन एक महिला यसरी हारगुहार गर्दैछिन् । पुरुषहरुको झै छोटो कपाल भएकी ती बिरामी महिला एक जनप्रतिनिधि हुन् । मृत्युसँग जुधिरहेकी उहाँ हेटौँडा उपमहानगरपालिकाकी नगरकार्यपालिका सदस्य रुपा खुलाल हुन् । क्यान्सर पीडित खुलालबारे उहाँका आफन्त तथा...