‘कोभिड–१९’ बाट विश्वभरी ७४ हजार ८२० को मृत्यु

२५ चैत (रासस÷एपी÷एएफपी) कोभिड–१९ नाम दिइएको प्राणघातक कोरोना भाइरस सङ्क्रमणबाट विश्वभरीमा ज्यान गुमाउनेको सङ्ख्या मङ्गलबार मध्याह्नसम्म ७४ हजार ८२० पुगेको छ । संंंसारभरि १३ लाख ४९ हजार ८७७ जना कोरोना भाइरसबाट सङ्क्रमित भएका छन् । कोरोनाभाइरस संक्रमणबाट प्रभाव परेका केही मुलुकको पछिल्लो परिदृश्य । देश                                               मृतक         ...

बेलायती प्रधानमन्त्री बोरिस जोन्सनलाई सघन उपचारकक्षमा सारियो

 कृष्णप्रसाद शर्मा लण्डन, चैत २५ (रासस) कोरोना भाइरसको सङ्क्रमणका कारण विगत १० दिनदेखि आफ्नै घरमा सेल्फ आइसोलेसनमा बसिरहनुभएका बेलायतका प्रधानमन्त्री बोरिस जोन्सन आइतबार स्वास्थ परीक्षणका लागि अस्पताल पुग्नुभएको थियो । स्वास्थ्यस्थिति कमजोर हुँदै गएपछि सोमबार नै उहाँलाई लण्डनको सेन्ट थोमस अस्पतालमा भर्ना गरिएको थियो । नियमित जाँचका क्रममा स्वास्थस्थिति थप गम्भीर भएपछि उहाँलाई सोही अस्पतालको सघन उपचारकक्षमा सारिएको छ । प्रधानमन्त्रीको कार्यालय टेन डाउनिङका अनुसार प्रधानमन्त्री जोन्सन यही आइतबार साँझदेखि...

बेलायतका प्रधानमन्त्री बोरिस जोनसन अस्पताल भर्ना

२४ चैत ।  बेलायतका प्रधानमन्त्री बोरिस जोनसन आइतवार साँझ अस्पताल भर्ना हुनु भएको छ । कोरोनाभाइरसको सङ्क्रमण देखिएको १० दिनसम्म उहाँ घरमा नै क्वारेन्टाइनमा रहदै आउनु भएको थियो । कोरोनाको लक्षणहरू उस्तै रहेको र तापक्रम पनि रहेकाले लन्डनस्थित अस्पतालमा र्पुयाइएको हो । सावधानीको रुपमा यो कदम चालिएको बताइएको छ । तर हाल उहाँको अवस्था सामान्य रहेको सोमबार बताइएको छ । कोरोना भाइरसको सङ्क्रमण देखिएको १० दिन बितिसक्दा पनि प्रधानमन्त्रीलाई लक्षणहरू निरन्तर...

भारतमा कोरोना सङ्क्रमितको संख्या चार हजार नाघ्यो

२४ चैत । भारतमा पछिल्ला केही दिनमा कोरोना सङ्क्रमितको संख्या बढ्न थालेको छ । यससँगै भारतमा सोमबार बिहानसम्म यसका सङ्क्रमितको संख्या ४ हजार ६७ जना पुगेको बताइएको छ । भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले दिएको जानकारीअुनसार यहाँ पछिल्लो १२ घन्टामा कम्तीमा पनि ४९० जनामा सङ्क्रमण देखिएको छ । साथै भारतमा कोरोनाको सङ्क्रमणका कारण ज्यान गुमाउनेको संख्या पनि बढ्न थालेको छ । सोमबार बिहानसम्म यसबाट ज्यान गुमाउने नागरिकको संख्या १०९...

चीनको कुन्शान शहरबाट स्पेनलाई स्वास्थ्य सामग्री सहयोग

नान्जिङ, २४ चैत। चीनको जियाङ्सु प्रान्तको कुन्शान शहरले कोरोनाभाइरस रोग विरुद्ध संघर्षरत स्पेनका लागि स्वास्थ्य सामग्री प्रदान गरेको स्थानीय नगर सरकारले जनाएको छ । नगर सरकारका अनुसार प्रदान गरिएको स्वास्थ्य सामग्रीहरुमा ५० हजार थान डिस्पोजेबल मास्क, ५ हजार थान ग्लोब र ५ हजार थान सुरक्षा पोशाक रहेका छन् । शाङ्घाईस्थित अग्रणी स्पेनी व्यावसायिक समूह मोन्द्रागोन कर्पोरेशनलाई उक्त सामग्री हस्तान्तरण गरिएको छ । मोन्द्रागोन कर्पोरेशनको ओर्कील इलेक्ट्रोनिक्स ९कुन्शान० कम्पनीले दुवै देशबीचको प्रगाढ...

भानुआतुमा शक्तिशाली आँधीले प्राकृतिक विपत्ति निम्त्याउने खतरा

पोर्ट भिला, भानुआतु, २४ चैत ।  प्रशान्त महासागरबाट उर्लेको आँधीले सोमबार भानुआतुलाई ढाकेको छ । विज्ञहरुले कोरोनाभाइरसको महामारीसँग जुधिरहेको भानुआतुमा आएको आँधीले ठूलै प्राकृतिक विपत्ति निम्त्याउने खतरा औंल्याएका छन् । ह्यारोल्ड नाम दिइएको यस आँधीका कारण गत साता सोलोमन द्वीपमा २७ जनाको ज्यान गएको थियो । भानुआतुको जलवायू विज्ञान विभागले गएराति भानुआतुमा आँधीको स्तर पाँचमा पुगेको जनाएको छ । यो आँधी २३५ किलोमिटर प्रतिघण्टा भन्दा बढी गतिमा रहेको छ । भानुआतुका...

बोइङको कारखाना अनिश्चितकालीन बन्द

वासिङ्टन, २४ चैत  अमेरिकाको बिमान निर्माता कम्पनी बोइङले कोरोनाभाइरसको महामारीका पछि जारी लकडाउनका कारण वासिङ्टन राज्यमा रहेको आफ्नो कारखाना अनिश्चितकालीन बन्द गर्ने निर्णय गरेको छ । बोइङले सियाटल नजिकको पुजिट साउन्ड कारखानाबाट उत्पादन यसअघि नै रोकिसकेको थियो । यो कारखानाबाट लामो दूरीको उडान भर्ने बोइङ–७७७ जेट र अरु मोडलका बिमान उत्पादन हुने गरेको छ । गत महिना कम्पनीले आफ्नो कारखाना दुई साताका लागि बन्द गर्ने घोषणा गरेको थियो । साथै कम्पनीले...

स्पेनमा लगातार तेस्रो दिन कोभिड–१९का नयाँ सङ्क्रमित र मृतक सङ्ख्यामा कमी

म्याड्रिड, स्पेन, २३ चैत (रासस÷सिन्ह्वा) ः स्पेनमा कोरोनाभाइरस सङ्क्रमण र नयाँ मृत्यु हुने नयाँ घटनाहरूको सङ्ख्या लगातार घट्दै गएको स्वास्थ्य, उपभोक्ता मामिला र सामाजिक सेवा मन्त्रालयले आइतबार प्रकाशित गरेको दैनिक तथ्याङ्कमा बताइएको छ । लगातार तेस्रो दिन नयाँ सङ्क्रमण र सङ्क्रमितको मृत्युमा कमी देखिएको मन्त्रालयले जानकारी गराएको छ । शनिबार र आइतवारबीचको २४ घण्टामा नयाँ सङ्क्रमितको सङ्ख्या छ हजार २३ रहेको छ यो शनिबारको तुलनामा करिब एक हजारको कमी हो...

जोड जोडले गफ गरेपछि …

मस्को, मस्को, २३ चैत (रासस–एएफपी) –– रसियाको र्याजान क्षेत्रमा एक व्यक्तिले रातिको समयमा आफ्नो घरको झ्यालमुनि सडकमा बसेर जोड जोडले गफ गरेको निहुँमा पाँच व्यक्तिलाई गोली हानेर हत्या गरेका छन् । अनुसन्धानकर्ताका अनुसार कोरोनाभाइरसका कारण स्थानीयबासीलाई आआफ्ना घरभित्र बस्न आदेश दिइए पनि ती पाँच व्यक्ति अर्कैको घरछेउ सडकमा बसेर हल्ला गरेका थिए । मृत्यु भएकाहरुमा चार जना पुरुष र एक महिला छन् । यो घटना शनिबार राति १० बजे भएको...

श्रीलंकाका जेलबाट झण्डै तीन हजार रिहा

कोलम्बो, २३ चैत (रासस-एपी) कारागारमा रहेका झण्डै तीन हजार जनालाई श्रीलंका सरकारले रिहा गरिदिएको छ । अत्यधिक भिड रहेका र कोरोनाभाइरसको संक्रमण फैलिन सक्ने खतरा देखेर उनीहरुलाई रिहा गरिएको अधिकारीहरुले जनाएका छन् । कोरोनाभाइरसको संक्रमण फैलिन नदिन भन्दै श्रीलंकामा गत मार्च २० तारिखदेखि देशव्यापी कफ्र्यू लगाइएको छ । श्रीलंकामा अहिलेसम्म कोरोना भाइरसबाट १६६ जना संक्रमित भएका छन् भने अरु पाँच जनाको मृत्यु भइसकेको छ । राष्ट्रपति कार्यालयद्वारा जारी वक्तव्यका अनुसार गत...