फिलिपिन्समा कामुरी आँधीबाट मर्नेको सङ्ख्या १७ पुग्यो (अपडेट)

मनिला, १८ मङ्सिर (रासस/एएफपी) फिलिपिन्समा गत सोमबारबाट आएको आँधीका कारणको ज्यान जानेको सङ्ख्या १७ पुगेको छ । गत सोमबारबाट शुरु भएको ‘कामुरी’ नामको सो आँधीबाट हजारौँको संख्यामा स्थानीयबासी विस्थापित भएका फिलिपिन्सको मौसम विज्ञान विभाग (पागासा) ले बताएको छ । गत १२ घण्टाभित्र निनोय अक्वीनो अन्तर्राष्ट्रिय विमानस्थलमा ३ सय २९ आन्तरिक उडान र १ सय ९२ अन्तर्राष्ट्रिय उडान बुधबार बिहान ११ बजेसम्म रद्द गरिएको छ । सन् २०१३ मा आएको हायान नामक आँधीका कारण...

सुरक्षा कारबाहीमा बीस आतङ्ककारी मारिए

ओवागाडोगुगु, १८ मङ्सिर ( रासस /सिन्ह्वा) अफ्रिकी मुलुक बुर्किना फासोमा सेनाको चौकीमा गरिएको दुई वटा आक्रमणका क्रममा करिब २० आतङ्कवादी र तीन सैनिक मारिएको सेनाले जनाएको छ । स्थानीय समयानुसार मङ्गलबार बिहान उत्तरी राज्य बान्ह र उत्तरपश्चिमी तोइनी इलाकामा रेहको सुरक्षा जाँच चौकीमा उक्त आक्रमण भएको सेनाद्वारा प्रकाशित विज्ञप्तिमा भनिएको छ । यसअघि आइतबार बन्दुकधारीहरूले एउटा चर्चमा गरेको आक्रमणमा परी कम्तीमा १८ व्यक्तिको मृत्यु हुनुको साथै अन्य कैयौं घाइते भएका थिए । दक्षिण...

अफगानिस्तानमा सहायता एजेन्सीका पाँचको हत्या, जापानी चिकित्सक मारिए

जलालावाद, १८ मङ्सिर (रासस/सिन्ह्वा)  अफगानिस्तानको जलालावाद शहरमा एक सहायता समूहका पाँच जना कर्मचारीको गोली हानी हत्या गरिएको छ ।उक्त हत्याकाण्डमा परी एकजना अन्तर्राष्ट्रिय सहायता समूहका कर्मचारी पनि सख्त घाइते भएका बताइएको छ । यस विषयको पूर्ण विवरण भने आएको छैन । एएफपीका अनुसार गोलीकाण्डमा जापानी चिकित्सक ७२ वर्षीय तेत्सु नाकामुराको हत्या भएको छ । अफगानिस्तानको पूर्व क्षेत्रमा पर्ने नान्गाहार प्रान्तको जलालावादमा सो हत्याकाण्ड भएको हो । उक्त शहरमा सवारी साधनमा यात्रा...

पूर्वी इन्डोनेसियामा भूकम्प

जकार्ता, १८ मङ्सिर (रासस/सिन्ह्वा) इन्डोनेसियाको पूर्वी प्रान्त मालुकुमा बुधबार शक्तिशाली भूकम्प गएको छ । इन्डोनेसियाली भूगर्भ विभागका अनुसार यो भूकम्प ५.५ म्याग्नीच्यूडको रहेको थियो । विभागले उक्त भूकम्पको केन्द्रविन्दु मालुकुबाट १८८ किलोमिटर उत्तरपश्चिममा जमिनको सतहबाट करिब १९१ किलोमिटर गहिराईमा रहेको जनाएको छ । स्थानीय समयानुसार दिउँसो १ बजे गएको उक्त भूकम्पका कारण सुनामीको चेतावनी भने जारी गरिएको छैन । इन्डोनेसियामा बर्सेनि भूकम्पका धक्काहरु महसुस गर्न सकिन्छ । ...

भारतमा विवादास्पद नागरिकता विधेयक स्वीकृत, विपक्षीको विरोध

नयाँदिल्ली, १८ मङ्सिर (रासस/एएनआई) भारतीय संघीय मन्त्रिपरिषदले बुधबार नागरिकता (संशोधन) विधेयक स्वीकृत गरेको छ । यस विधेयकमा पाकिस्तान, अफगानिस्तान र बंगलादेशका गैर–मुस्लिम नागरिकलाई नागरिकता दिने प्रावधान समेटिएको छ । प्रस्ताविक विधेयकमा उत्पीडन र अत्याचारको सामना गर्नु परेका गैर–मुस्लिम नागरिकलाई नागरिकता उपलब्ध गराउने व्यवस्था गरिएको भारतीय संचार माध्यमहरुले जनाएका छन् ।भारतीय केन्द्रीय मन्त्री प्रकाश जावडेकरले मन्त्रिपरिषदको निर्णय सार्वजनिक गर्दै बुधबार बिहान उक्त जानकारी दिनुभएको हो । भारतीय लोकसभाको चालू हिउँदे सत्रमा यो...

अमेरिकासँग वार्ता गर्न इरान तयार

तेहरान, १८ मङ्सिर (रासस/एएफपी) इरानी राष्ट्रपति हस्सन रौहानीले संयुक्तराज्य अमेरिकाले आफूहरु विरुद्ध लगाएको “अवैधानिक” आर्थिक प्रतिबन्धहरु फुकुवा गरेमा आणविक वार्ता गर्न तयार रहेको बताउनुभएको छ । राज्यद्वारा सञ्चालित टेलिभिजनमा बुधबार अन्तर्वार्ता दिँदै राष्ट्रपति रौहानीले इरान सम्बन्धी अमेरिकी नीतिहरुमा फेरबदल आवश्यक रहेको बताउनुभयो ।राष्ट्रपति रौहानीले इरानमाथि लगाइएका सबै प्रतिबन्ध हटाउन संयुक्तराज्य अमेरिकाले पहिलो अग्रसरता देखाउनुपर्ने पटक पटक आग्रह गरिरहनु भएको छ । “पहिलो कदम भनेकै प्रतिबन्धहरु हटाउनु नै हो । इरानमाथि लगाइएका सबै...

फिलिपिन्समा कामुरी आँधीबाट ११ जनाको मृत्यु

मनिला, १८ मङ्सिर (रासस/एएफपी) फिलिपिन्समा गत सोमबारबाट आएको आँधीका कारण कम्तीमा ११ व्यक्तिको मृत्यु भएको उद्धारकर्मीहरुले बताएका छन् ।गत सोमबार शुरु भएको ‘कामुरी’ नामको सो आँधीबाट हजारौँको संख्यामा स्थानीयबासी विस्थापित भएका छन् । फिलिपिन्सको मौसम विज्ञान विभाग (पागासा) का अनुसार स्थानीय समयानुसार बुधबार बिहान ४ बजे कामुरी आँधी दक्षिणपश्चिम समुद्रबाट २० किलोमिटर प्रति घण्टाका दरले दक्षिण चीन सागरतर्फ सरेको छ ।यो शक्तिशाली आँधीबाट राजधानी मनिलामा हुन लागेको दक्षिण पूर्वी एसियाली खेलकूदको...

अफगानिस्तानमा दुई दर्जन लडाकू मारिए

१७ मङ्सिर (रासस÷सिन्ह्वा) विगत २४ घण्टाको अवधिमा अफगान सरकारी फौजको कारवाहीमा विद्रोही तालिबान समूहका २४ जना लडाकूको मृत्यु भएको अफगान सेनाले जनाएको छ ।सेनाले जारी गरेको विज्ञप्तिमा अफगानिस्तानको केही प्रान्तहरुमा गरिएको सैन्य कारवाहीका क्रममा ती लडाकूहरु मारिएका उल्लेख गरिएको छ । सोमबार गरिएको यस सैन्य कारवाहीका क्रममा अरु थुप्रै तालिबान लडाकू घाइते भएका सेनाले दाबी गरेको छ ।अफगानिस्तानको लोगाड, कुन्दुज र हेलमाण्ड प्रान्तमा सो सैन्य कारबाही गरिएको प्रान्तीय सरकारका प्रवक्ता एस्तामुल्लाह...

भारतमा बलात्कारीलाई कठोर सजाय माग

१७ मङ्सिर (रासस÷एएफपी) भारतको हैदराबाद शहरमा २७ वर्षीया महिला पशु चिकित्सकलाई बलात्कारपछि हत्या गर्ने व्यक्तिलाई कडा कारबाहीको माग गरिएको छ ।भारतको संसदमा बोल्दै मङ्गलबार सांसदहरुले ती व्यक्तिलाई सार्वजनिक स्थलमा राखेर मार्नुपर्ने बताएका हुन् । भारतीय सासंद जया बच्चनले संसद्मा बोल्दै सो धारणा राख्नुभएको हो । सामूहिक बलात्कार र हत्याको विभिन्न राजनीतिक दलका अन्य कैयौँ सांसदहरूले निन्दा गर्नुभएको छ । हराइरहेकी ती पशु चिकित्सकको जलेको शरीर गतसाता फेला परेपछि भारतभरी विरोध प्रदर्शन...

लिबियामा बालबालिकाको हत्या भएकोप्रति युनिसेफद्वारा निन्दा

त्रिपोली, १७ मङ्सिर (रासस/सिन्ह्वा) संयुक्त राष्ट्रसंघीय बालकोष (युनिसेफ)ले सोमबार लिबियामा भएको बालबालिकाको हत्याको निन्दा गरेको छ ।लिबियाको राजधानी त्रिपोलीबाट दक्षिणतर्फको एक नगर युम अल अरानिबमा सोमबार तथा त्यस अघिल्ला केही दिनहरुमा भएको हवाई हमलाका क्रममा ती बालबालिकाको हत्या भएको थियो । बालबालिका मारिएको यस घटनाको विश्वका अरु देशहरुले पनि निन्दा गरेका छन् । युनिसेफले मङ्गलबार प्रकाशित विज्ञप्तिमा सो घटनाको निन्दा गर्दै उक्त समाचारले अत्यन्तै दुःख लागेको जनाइएको छ ।हवाई कारबाहीका क्रममा...