गोदावरीमा सिसि क्यामेरा जडान गरिने

ललितपुर, ३१ भदौ गोदावरी नगरपालिकाले चोरी, दुर्घटना, अपराध नियन्त्रणलगायतका गतिविधि घटाउन सिसी क्यामेरा जडान गर्ने भएको छ । नगरपालिकाले सबै वडाका मुख्य–मुख्य चोक, त्यहाँ रहेका सामुदायिक विद्यालय र बजार क्षेत्रमा सिसी क्यामेरा जडान गर्न लागेको हो । क्यामेरा जडान गर्न प्रदेश सरकार र नगरपालिका मिलेर रु एक करोड खर्च गर्ने योजना अघि बढेको नगर प्रमुख गजेन्द्र महर्जनले जानकारी दिनुभयो । “आउँदो मङ्सिर–पुसबाट गोदावरीको व्यस्त स्थानमा क्यामेरा जडानको काम शुरु गर्नेछाँै”, उहाँले भन्नुभयो,...

मनकामना केबलकार सञ्चालन

मुग्लिन, २७ भदौ मर्मतसम्भारका लागि गत भदौ २२ गतेदेखि बन्द गरिएको मनकामना केबलकार सेवा आजदेखि पुनः सञ्चालनमा आएको छ । मनकामना दर्शन प्रालिले सञ्चालन गरेको केबलकार मूलह्वील लिनर चेन्जिङ, मेन मोटर सर्भिसिङ तथा रोप रिङस्प्लिसिङलगायतको मर्मतका लागि भदौ २२ देखि २६ गतेसम्म पाँच दिन बन्द गरिएको थियो । आज बिहानदेखि पुनः नियमित सञ्चालनमा आएको मनकामना दर्शन प्रालिका नायब महाप्रबन्धक डीएन कायस्थले जानकारी दिनुभयो । केबलकार २० वर्षअघि अष्ट्रियाको डोप्पलमेरले बनाएको थियो...

तारालाई परिक्रमा गर्ने एक ग्रहको वायुमण्डलमा पानी फेला परेको खगोलविद्हरूको दाबी

एउटा तारालाई परिक्रमा गर्ने एक ग्रहको वायुमण्डलमा पनी रहेको खगोलविद्हरूको दाबी गरेका छन् । पृथ्वीको सतहबाट धेरै टाढा रहेको तारालाई परिक्रमा गर्ने एउटा ग्रहको वायुमण्डलमा पानी रहेको खगोलविद्हरूको दाबी गरेका हुन् । वैज्ञानिकहरुका अनुसार के२–१८ बी नामक उक्त ग्रहमा पानी रहेको छ । जहाँपृथ्वीबाहिर जीवनका लागि उपयुक्त स्थान हुन सक्ने देखाएको खगोलविद्हरुको दाबी गरिरहेकाछन् । नेचर एस्ट्रोनमी नामक वैज्ञानिक जर्नलमा उक्त अध्ययनको विवरण प्रकाशित भएको थियो । युनिभर्सिटी कलेज लन्डनकी...

सामाजिक सञ्जालको दुरुपयोग बढ्दै

भीमदत्तनगर, २४ भदौ झण्डै एक महीनाअघि कञ्चनपुरको बेदकोट नगरपालिकाकी– एक २३ वर्षीया युवतीले विष सेवन गरिन् । आफन्तसित पर्यटकीयस्थल लिङ्गा घुम्न गएका बेला स्थानीय तीन युवाले उनको भिडियो बनाएर सामाजिक सञ्जाल फेसबुकमा भाइरल बनाइदिएकाले तनावमा रहेकी उनले विष सेवन गरेर आत्महत्या गरेकी थिइन् ।जिल्ला प्रहरी कार्यालय स्रोतले भन्यो–“ उक्त घटनाबारे प्रहरीमा उजूरी परेपछि एक युवकलाई पक्राउ गरेर कारवाही अघि बढायौं ।”घटनामा संलग्न अझै दुई युवक फरार छन् । त्यसैगरी केही साताअघि...

आज राति टेलिकमको सेवा अवरुद्ध हुन सक्ने , नेटवर्क नआए यसो गर्नुहोस

भदौ २१ – आज शनिबार रातिबाट मोवाइल सेवा प्रयोगमा कठिनाई आउँन सक्ने भएको छ । नेपाल टेलिकमले फोरजीरएलटिई सेवा अपग्रेड गर्ने भएकोले मोबाईल सेवामा समस्या आउँन सक्ने जनाएको हो । टेलिकमका अनुसार आज राति ११: ३० बजेदेखि अपग्रेडको काम सुरू हुने र सेवा अवरुद्ध भए मोवाइल स्वीच अफ गरी अन गर्न पनि आग्रह गरेको छ । नेपाल दुरसञ्चार कम्पनी लिमिटेड, वायरलेस सेवा निर्देशनालय बबरमहलले जारी गरेको सूचनामा भनिएको छ “फोरजीरएलटिई...

भारतको महत्वकांक्षी चन्द्रयान–२ असफल, अवतरण हेर्न गएका मोदी निराश

भदौ २१ । भारतको महत्वकांक्षी अन्तरिक्ष अभियान चन्द्रयान–२ अन्तिम चरणमा आएर असफल भएको छ । चन्द्रयान–२ को विक्रम ल्याण्डर नेपाली समय अनुसार शनिबार बिहान पौने दुई देखि पौने तीन बजेको बिचमा चन्द्रमाको सतहमा अवतरण गर्नु पर्ने थियो ।तर चन्द्रयान–२ को विक्रम ल्याण्डरको सम्पर्क बैंग्लोरमा रहेको भारतीय अन्तरिक्ष अनुसन्धान संगठन ९इसरो० को नियन्त्रण कक्षसँग अवतरणको केही समय पूर्व टुटेको हो । इसरोका अध्यक्ष के सिवनले भनेका छन्, ‘विक्रम ल्याण्डर योजना अनुसार नै...

कर्णालीमा अक्सिजन प्लान्ट स्थापना

सिञ्जा, १८ भदौ यहाँको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले अक्सिजन प्लान्ट स्थापना गरेपछि अक्सिजन प्रयोग गरी उपचार गर्नुपर्ने बिरामीका लागि ठुलो सुविधा भएको छ । सो अक्सिजन प्लान्टको कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारीले आज उद्घाटन गर्नुभयो । अक्सिजन प्लान्टले हरेक दिन ७० वटा सिलिण्डरसम्म उत्पादन गर्नेछ भने विद्युत् आपूर्तिको समस्याले गर्दा तत्काल दैनिक कम्तीमा १० सिलिण्डर उत्पादन भइरहेको छ ।कार्यक्रममा मन्त्री भण्डारीले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान कर्णाली प्रदेशकै गौरवको स्वास्थ्य...

दलित तथा सीमान्तकृत परिवारलाई सौर्यबत्ती

चरिकोट, १६ भदौ  दोलखाको मेलुङ गाउँपालिकाले गाउँपालिकाभित्रका दलित तथा सीमान्तकृत समुदायका एक हजार घरपरिवारलाई अनुदानमा सौर्यबत्ती वितरण शुरु गरेको छ । वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रसँगको सहकार्यमा मेलुङ गाउँपालिकाले गाउँपालिकाभित्रका सबै वडाका दलित, थामी तथा सीमान्तकृत समुदायका घरपरिवारलाई अनुदानमा सौर्यबत्ती वितरण शुरु गरेको हो । उज्यालो मेलुङ नारालाई साकार पार्न अनुदान वितरण गर्न शुरु गरेको सौर्यबत्ती सेटमा एक घरपरिवारलाई पुग्ने गरी चार वटा चिम, एउटा ब्याट्री, एउटा सोलार प्यानल र सौर्यबत्ती जडानका...

गैसस सम्मेलनमा प्राविधिक शिक्षा प्रवद्र्धनमा जोड

कृष्ण अधिकारी जर्मनी, १५ भदौ  जर्मनीमा आयोजित २१औँ गैरसरकारी संस्थाको सम्मेलनले नेपालको आर्थिक समृद्धिका लागि प्राविधिक तथा व्यावसायिक शिक्षाको प्रवद्र्धन आवश्यक भएकाले यसमा सहयोग गर्न जर्मनीस्थित विभिन्न गैरसरकारी संस्थाहरुले चासो देखाएका छन् ।जर्मन नेपाल मैत्री सङ्घको आयोजनामा भएको सो सम्मेलनमा नेपालको समृद्धिका लागि प्राविधिक तथा व्यावसायिक शिक्षाको प्रवद्र्धन गर्नु आवश्यक भएको भन्दै यसका लागि बाह्य लगानी, प्रविधि र ज्ञान भित्र्याउन सकिने सम्भावनाका बारेमा छलफल भएको थियो । सो अवसरमा नेपालका लागि...

एटिएमबाट अनाधिकृतरुपमा पैसा निकाल्ने पाँच चिनियाँ पक्राउ

काठमाडौँ, १५ भदौ नेपाल प्रहरीले अनाधिकृतरुपमा एटिएमबाट पैसा निकाल्ने पाँच चिनियाँ नागरिकलाई पक्राउ गरेको छ ।महानगरीय प्रहरी परिसर काठमाडौँले मध्यरातमा दरबारमार्गस्थित नवील बैंकको एटिएमबाट अनाधिकृतरुपमा पैसा निकाल्दै गर्दा पक्राउ गरेको हो । महानगरीय प्रहरी परिसर काठमाडौँका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक उत्तमराज सुवेदीले मध्यरातमा नवील बैंकको एटिएमबाट रकम निकाल्दै गर्दा पक्राउ गरिएको जानकारी दिनुभयो । “शुरुमा एटिएमबाट पैसा निकाल्दै गर्दा एक जनालाई पक्राउ गरेका थियौँ, उसको सहायतामा थप चार जना दरबारमार्गमा रहेको माया...