चितवनमा एक वर्षमै ४३ गैँडासहित ७७ ओटा वन्यजन्तु मरे

साउन २ विहिबार, ,चितवन चितवन राष्ट्रिय निकुञ्जमा गएको एक वर्षमा ४३ ओटा गैँडासहित ७७ ओटा वन्यजन्तु मरेका छन् । गैँडाबाहेक एक वर्षको अवधिमा आठ ओटा बाघ, १४ ओटा चित्तल, ३ ओटा बँदेल र ९ ओटा घडियाल गोही मरेको चितवन राष्ट्रिय निकुञ्जको तथ्यांकले देखाएको छ । चितवन राष्ट्रिय निकुञ्जको तथ्यांक अनुसार विसं २०७५ साउनदेखि विसं २०७६ असार मसान्तसम्मको अवधिमा ४३ ओटा गैँडा मरेका हुन् । एक वर्षमा यति धेरै गैँडा...

चितवनमा साढे दुई अर्व बढीको बजेट फ्रिज, विकास खर्च ७० प्रतिशत मात्रै

वसन्त ढुंगाना कालिका न्यूज, साउन १ । चितवन जिल्लामा साढे दुई अर्व बराबरको बजेट फ्रिज भएको छ । आर्थिक वर्ष २०७५÷०७६मा चितवनमा संघ र प्रदेश सरकारबाट आएको रकम मध्ये दुई अर्व ५४ करोड ३५ लाख २४ हजार ६१ रुपैयाँ फ्रिज भएको कोष तथा लेखा नियन्त्रक कार्यालय चितवनले जानकारी दिएको छ । कार्यालयका अनुसार गत आर्थिक बर्ष ८४ दशमलव ८४ मात्र रकम खर्च भएको छ । गत आर्थिक बर्ष वर्ष चितवनका लागि...

सरकारको नयाँ निति नियम प्रति चेम्बरको गम्भिर ध्यानाकर्षण

साउन १,चितवन आर्थिक बर्ष २०७६÷०७७ बाट लागु हुने गरी सरकारले ल्यायको केहि नयाँ निति, नियम र कानुन प्रति चितवन चेम्बर अफ कर्मसले आपत्ति जनाएको छ । सरकारले ल्यायको नयाँ निति नियम र कानुन उपभोक्ता, उद्योगि व्यपारि कसैको पनि हितमा नरहेको भन्दै चेम्बरका अध्यक्ष दीर्घ मान श्रेष्ठद्धारा हस्ताक्षरित विज्ञप्ति मार्फत गम्भिर ध्यानाकर्षण भएको जनाईएको छ । चेम्बरले एक हजार भन्दा माथिको ज्याला भुक्तानी गर्नु परेमा सम्वन्धित ज्यालादारि कामदारको पान नम्बर आवश्यक पर्ने...

मुख्यमन्त्री पौडेलद्धारा गणेशधामको निरीक्षण

भरतपुर, १ साउन प्रदेश नं– ३ का मुख्यमन्त्री डोरमणि पौडेलले भरतपुरमा निर्माणाधीन गणेशधामको स्थलगत निरीक्षण गर्नुभएको छ । आज उहाँले गणेशधामको मन्दिर क्षेत्र र तलाउ क्षेत्रको निरीक्षण गर्नुभएको हो । प्रदेश सरकारबाट विनियोजित रु ८० लाखको ड्याम र पर्खालको निर्माण सोचेभन्दा राम्रो भएको बताउनुभयो । “पहिलो पटक आउँदा नै म यस ठाँउबाट प्रभावित भएको थिएँ”, उहाँले भन्नुभयो, “त्यो समयमा नै केही गर्न सकिन्छ भन्ने मलाई लागेको थियो ।” उहाँले प्रदेशमा...

चितवनको भण्डारा मावि नमुना मावि बन्न सफल, चितवनमा नमुना माविको संख्या ४ पुग्यो

राजु थापा, साउन १, कालिका, शिक्षा मन्त्रालय अन्तर्गतको शिक्षा तथा मानव स्रोत विकास केन्द्रले सार्वजानिक गरेको देशकै १ सय नमुना विद्यालयमा चितवनको भण्डारा मावि हर्दी पर्न सफल भएको छ । भण्डारा मावि उत्कृष्ट १ सय वटा नमुना मावि अन्र्तगत परेसंगै चितवन जिल्लामा नमुना माविको संख्या ४ पुगेको छ । यस अधि भरतपुर १० मा रहेको नारायणी मावि , भरतपुर १६ को दुर्गाशेषकान्त मावि र रत्ननगरको नेपाल मावि नमुना माविको रुपमा परिसकेका...

होटल तथा रेष्टुरेन्टमा प्रहरीको अनुगमनप्रति व्यवसायीको आपत्ति

कालिका न्यूज, साउन ०१ । असार ३० गते जिल्ला प्रहरी कार्यालयले चितवनका विभिन्न होटल तथा रेष्टुरेन्टमा छापा मारेकोमा होटल व्यवसायी संघ चितवनले आपत्ति जनाएको छ । आज विहान भरतपुरमा पत्रकार सम्मेलनको आयोजना गरी आपत्ति जनाएको हो ।  आचार संहिता उल्लंघन गर्दै सोमबार भण्डारा देखि नारायणगढ हुँदै शिवघाटसम्मका सम्पुर्ण व्यवसायीलाई त्रासित गराउने गरी जिल्ला पुलिस प्रशासनले छापा मारेको होटल व्यवसायी संघ चितवनकी अध्यक्ष शर्मिला न्यौपानेले जानकारी दिनुभयो । म¥यादित रुपमा व्यवसाय...

प्रदेशमा तीन महिने ट्राफिक अभियान शुरु

कालिका न्यूज, साउन १ । प्रदेश नम्बर तीनमा सवारी दुर्घटना न्यूनिकरणका लागि तीन महिने अभियान शुरु गरिएको छ । “हाम्रो अभियान, सुरक्षित र सहज ट्राफिक व्यवस्थापन” भन्ने मुल नाराका साथ तीन नम्बर प्रदेश प्रहरी कार्यालय रामनगरले आज(बुधबार) देखि शुरु गरेको हो । कार्यक्रमको उद्घाटन आज प्रदेश नम्वर तीनका प्रहरी प्रमुख तथा प्रहरी नायव महानिरिक्षक शेरबहादुर बस्नेतले गर्नुभयो । कार्यक्रममा बोल्दै उहाँले जनचेतनाको अभाव र भौतिक संरचनाको कारण सवारी दुर्घटना बढ्दै...

महाकालेश्वरमा ५५ नयाँ सदस्य प्रवेश

(प्रतिमा कुमाल) श्रावण १, चितवन । महाकालेश्वर आमा समुह भरतपुर १० ले नयाँ प्रवेश भएका सदस्यहरुलाई स्वागत गरेको छ । स्थापना कालको १५ औं दिवसको अवसर पारेर आज महाकालेश्वरले ५५ जना सदस्यलाई स्वागत गरेको हो । समुहका अध्यक्ष उर्मिला पन्तको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला सहकारी संघका सह सचिव तथा नेकपा चितवनका जिल्ला कमिटि सदस्य इश्वरी शर्मा ढकालको प्रमुख आतिथ्यता रहेको थियो । उहाँले नयाँ प्रेवशीलाई स्वागत गर्दै समुहलाई आयमुलक तालिम दिन...

सांसद विजय सुवेदीको निर्वाचन क्षेत्रमा ६५ हजार फलफुलका विरुवा रोपियो

कालिका न्यूज, साउन १ चितवन क्षेत्र नम्बर २ को ख अन्तर्गत पर्ने भरतपुर महानगरपालिकाका सात वडामा सरसफाइ तथा हरियाली प्रवद्र्धन कार्यक्रम लागू भएको छ । कार्यक्रमको आज (बुधबार) प्रदेश नम्बर ३ का मुख्यमन्त्री डोरमणि पौडेलले सुभारम्भ गरेका हुन् । कार्यक्रमअन्तर्गत स्रोत केन्द्र, शहरी बायो ग्यास प्लान्ट, पानी शुद्धिकरण, वृक्षरोपण र फोहोर व्यवस्थापनको एकसाथ सुभारम्भ गरिएको छ । कार्यक्रम सुुभारम्भ गर्दै मुख्यमन्त्री पौडेलले देश परिवर्तनका लागि हरेक क्षेत्रमा नयाँ कामको सुरुवात...

“विचार फरक हुन सक्छ तर विकास फरक हुँदैन ” :-मुख्यमन्त्री पौडेल

साउन १ – प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले विकासका लागि तीन वटै सरकारका बीचमा सहकार्य हुन आवश्यक रहेको बताएका छन् । सरसफाइ तथा हरियाली प्रवद्र्धन कार्यक्रमको आज यहाँ शुभारम्भ गर्नुहुँदै उनले भौतिक विकास मात्र नभएर सामाजिक रुपान्तरणलाई पनि विकासको सूत्र बनाउन आवश्यक रहेको विचार व्यक्त गरे । विकासलाई समृद्धिसँग जोड्नुपर्नेमा उनले जोड दिए । समाज परिवर्तन गराउनका लागि सरसफाइ तथा हरियाली प्रवद्र्धन पनि एउटा बाटो भएको उनको भनाइ...