समन्वय समितिका प्रमुखको निधन

जिल्ला समन्वय समिति पाल्पाका प्रमुख दयाराज बस्यालको आज निधन भएको छ । उहाँको काठमाडौँस्थित मनमोहन कार्डियोलोजी तथा भास्कुलर सेन्टरमा उपचारका क्रममा निधन भएको हो । युनाइटेड मिसन अस्पताल तानसेनमा उपचार गराइरहनुभएका बस्यालको फोक्सोमा समस्या देखिएपछि थप उपचारका लागि काठमाडौँ लगिएको थियो । विसं २००९ मा बगनासकाली गाउँपालिका–६ यम्घा थामडाँडामा जन्मनुभएका बस्याल लामो समयदेखि मधुमेह र उच्च रक्तचापको समस्याले ग्रसित हुनुहुन्थ्यो । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रदेश नं ५ प्रदेश...

एनसेलले रु २१ अर्ब १० करोड पूँजीगत लाभकर तिर्नुपर्ने फैसला

सर्वोच्च अदालतले निजी क्षेत्रको दूरसञ्चार प्रदायक कम्पनी एनसेल प्राइभेट लिमिटेडको लाभकरसम्बन्धी विवादमा एनसेलले रु २१ अर्ब १० करोड ३९ लाख ७१ हजार ५६५ पूँजीगत लाभकर तिर्नुपर्ने फैसला गरेको छ । न्यायाधीशहरू तेजबहादुर केसी, पुरुषोत्तम भण्डारी, डम्बरबहादुर शाही, सुष्मालता माथेमा, मनोजकुमार शर्माको बृहत् पूर्ण इजलासले गत भदौ ९ गते गरेको फैसलाको आज सार्वजनिक गरेको पूर्णपाठमा सो रकम बुझाउन र उक्त रकम बुझाउँदासम्मको ब्याज तिर्नुपर्ने उल्लेख गरेको छ । ठूला करदाता कार्यालयले विसं...

एनसेलद्वारा चितवन र मकवानपुरका १६ सुपर सेलरलाई पुरस्कार वितरण

भरतपुर, मंसिर ५ एनसेल प्राईभेट लिमिटेडले हाल संचालनमा रहेको आफ्नो ‘एनसेल सुपर सेलर’ योजना अन्तर्गत चितवन र मकवानपुरका गरी १६ पोइन्ट अफ सेल्स् (पिओएस)÷खुद्रा बिक्रेतालाई पुरस्कार हस्तान्तरण गरेको छ । बिहीबार एक कार्यक्रम माझ खुद्रा बिक्रेताहरुलाई सुन, आइप्याड प्रो, माउन्टेन बाइक र वासिङ्ग मसिन पुरस्कार वितरण गरिएको हो । योजनाको प्लाटिनम समुह अन्तर्गत चितवनको पन्त मोबाइलले २४ क्यारेटको २ तोला सुन जित्न सफल भएको छ भने सोही समुह अन्तर्गत चितवनको न्यु...

अनमी नहुँदा गर्भवतीलाई सास्ती

प्रतिमा कुमाल, मंसिर ५, चितवन । देवघाटमा रहेको नियमित स्वास्थ्य सेवा केन्द्रमा अनमी नहुँदा गर्भ परिक्षण गर्नं समस्या भएको छ । सामान्य उपचार हुने गरेको केन्द्रमा अनमि नहुँदा गर्भवती महिलालाई स्वास्थ्य परिक्षण गनै समस्या भएको केन्द्रका ईन्चार्ज यमनाथ तिमल्सिनाले जानकारी दिनुभयो । यहाँ दैनीक १५ देखि २० को हाराहारीमा बिरामी आउने गर्दछन् । स्थानिय सरकारसंग अनमीको माग गरेपनि उपलब्ध गराउन नसकेको तिमल्सिनाले जानकारी दिनुभयो । । २ शैयाको यस स्वास्थ्य...

श्रमजीवीको पक्षमा लडिरहनेछु : विष्ट

काठमाडौँ, ५ मङ्सिर निवर्तमान श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले आफू मन्त्री पदबाट बाहिरिए पनि देश, जनता र श्रमजीवी वर्गका पक्षमा लडिरहने प्रण गर्नुभएको छ । मन्त्री पदबाट बाहिरिएपछि मन्त्रालयमा आज आयोजित बिदाइ कार्यक्रममा उहाँले सरकार बदलिने र मन्त्रिमण्डल फेरबदल स्वभाविक प्रक्रिया भएको उल्लेख गर्दै आफू देश र जनताको पक्षमा लागिरहने प्रतिबद्धता व्यक्त गर्नुभयो ।“जनताको पक्षमा काम गर्दा निकै ठूलो चुनौतीको सामना गर्नुपर्छ भन्नेमा म पहिल्यै जानकार थिएँ”, विष्टले भन्नुभयो,...

मन्त्री पुनको बङ्गलादेशलाई आग्रह : आउनुस् ऊर्जामा सहकार्य गरौँ

रमेश लम्साल काठमाडौँ, ५ मङ्सिर सरकारले नेपालको ऊर्जा क्षेत्रमा लगानीका लागि बङ्गलादेशका सरकारी तथा निजी संस्थालाई खुला हृदयका साथ आमन्त्रण गरेको छ । व्रत्तररूपमा आर्थिक विकासको दिशामा अग्रसर भएको बङ्गलादेशमा ऊर्जाको अत्यधिक माग रहेको र नेपालका जलविद्युत् आयोजनाको अपार सम्भावना भएकाले पनि नेपालले सरकारी–सरकारी तथा निजी–निजीस्तरमा संयुक्त लगानीका लागि आग्रह गरेको हो । स्वतन्त्र ऊर्जा, उत्पादकहरुको संस्था नेपाल (इपान)ले आयोजना गरेको ‘पावर समिट, २०१९’ मा भाग लिन आउनुभएका बङ्गलादेशका विद्युत्, ऊर्जा...

समग्र स्वास्थ्य सेवामा थप सुधार ल्याउँछु : मन्त्री ढकाल

काठमाडौँ, ५ मङ्सिर नव नियुक्त स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले संविधान प्रदत्त स्वास्थ्य सेवा पु¥याउन र समग्र स्वास्थ्य सुधार गर्न आफूले पहिलो ध्यान दिने बताउनुभएको छ । आज मन्त्रालयमा पदभार ग्रहण गर्दै गुणस्तरीय स्वास्थ्य सेवा जनतालाई सुलभरूपमा प्रदान गर्न अझ ध्यान दिएर काम कर्मचारीलाई निर्देशन दिनुभयो । उहाँले आफूले मन्त्रालयको जानकारी लिएपछि अस्पतालका बारेमा स्थलगतरूपमा जानकारी लिने जानकारीसमेत दिनुभयो । यसअघि उहाँ कानून न्याय तथा संसदीय मामिलामन्त्री हुनुहुन्थ्यो । बुधबार मन्त्रिपरिषद् पुनर्गठित...

परराष्ट्रमन्त्री रुसी महासङ्घ र सर्वियाको भ्रमण गर्दै

काठमाडौँ, ५ मङ्सिर परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले रुसी महासङ्घ र गणतन्त्र सर्वियाको औपचारिक भ्रमण गर्नुहुने भएको छ । यही मङ्सिर ७ गते उहाँ मस्कोतर्फ प्रस्थान गर्ने तथा ९ गते त्यहाँ रुसी महासङ्घका विदेशमन्त्रीसँग प्रतिनिधिमण्डलस्तरीय वार्ता गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । मन्त्री ज्ञवालीले मङ्सिर १० गते मस्कोमा अन्तर्राष्ट्रिय सम्बन्ध प्रतिष्ठानमा नेपाल–रसिया सम्बन्ध तथा सहयोगबारेमा प्रवचन दिनुहुनेछ भने रसियाका राजनीतिक नेतृत्व र गैरआवसीय नेपाली सङ्गठनका प्रतिनिधिहरूसँग भेटवार्ता गर्नुहुनेछ ।भ्रमणको दोस्रो चरणमा...

सगरमाथा संवाद सचिवालय स्थापना

काठमाडौँ, ५ मङ्सिर राष्ट्रिय, क्षेत्रीय, अन्तर्राष्ट्रिय तथा विश्वस्तरका समसामयिक एवं साझा चासोका विषयमा नेपालमा विश्वस्तरको संवाद सञ्चालन गर्ने उद्देश्यले सगरमाथा संवाद सचिवालय स्थापना गरिएको छ । नारायणहिटी दरबारको पश्चिम ढोकास्थित राहदानी विभाग परिसरमा स्थापना भएको उक्त सचिवालयको परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले आज उद्घाटन गर्नुभयो । सचिवालयको जिम्मेवारी परराष्ट्र मन्त्रालयको नीति, योजना महाशाखाका प्रमुख कुमारराज खरेलले सम्पादन गर्नेगरी तोकिएको छ । विकास साझेदारसँग परामर्श यसैबीच परराष्ट्रमन्त्री ज्ञवालीले आजै सगरमाथा संवादको सफल एवं सार्थक आयोजना गर्ने...

निर्वाचन आचारसंहिता विपरितका गतिविधि नगर्न सरकारलाई काँग्रेसको सचेत

काठमाडौँ, ५ मङ्सिर प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले निर्वाचन आचारसंहिता विपरितका गतिविधि नगर्न सरकारलाई सचेत गराएको छ । नेपाली काँग्रेस उपनिर्वाचन अनुगमन समितिले बिहीबार पार्टी केन्द्रिय कार्यालय सानेपामा पत्रकार सम्मेलन गरी निर्वाचन आचारसंहिता विपरितका गतिविधि नगर्न सरकारलाई सचेत गराएको हो । उपनिर्वाचन हुने जिल्लाहरुमा निर्वाचन आचारसंहिता विपरितका गतिविधिलाई निरन्तरता दिएकाले त्यसो नगर्न सरकारलाई सचेत गराउनु परेको सो समितिका संयोजक एवम् काँग्रेस नेता रमेश लेखकले जानकारी दिनु भयो । काँग्रेसले सो उपनिर्वाचनलाई प्रभावित...