उपनिर्वाचन काँग्रेसको पक्षमा हुने दाबी

पोखरा, ५ मङ्सिर पूर्वमन्त्री एवं नेपाली काङ्ग्रेसका नेता यज्ञबहादुर थापाले आउँदो उपनिर्वाचनको परिणाम काँग्रेसका पक्षमा हुने बताउनुभएको छ । कास्की क्षेत्र नं २ मा हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनको प्रचारप्रसारअन्तर्गत आज पोखरा महानगरपालिका वडा नं ४ मा घरदैलोमा सहभागी बन्दै उहाँले जनता सरकारका गतिविधिप्रति निराश भएका कारण काँग्रेसप्रति आकर्षण बढिरहेको दाबी गर्नुभयो । पार्टीका नेता कार्यकर्ता एकताबद्ध भएको चर्चा गर्दै उहाँले व्यापारी, उद्योगपति, पेशाकर्मी, कर्मचारी सबैको साथ र सहयोग यसपटक काँग्रेसलाई...

नवनियुक्त मन्त्रीहरूको शपथ आज

५ मंसिर, काठमाडौं । नवनियुक्त मन्त्रीहरूलाई आज पद तथा गोपनीयताको शपथ गराइने भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीका प्रमुख स्वकीय सचिव भेषराज अधिकारीले बिहीबार बिहान ११ बजे पछि राष्ट्रपति कार्यालय शीतलनिवासमा नवनियुक्त मन्त्रीहरूलाई शपथ गराउने तय भएको जानकारी दिए । प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले बुधबार मन्त्रिपरिषद् हेरफेर गरेकी छन् । नवनियुक्त मन्त्रीहरूलाई राष्ट्रपतिले शपथ गराउने संवैधानिक व्यवस्था छ । नवनियुक्त मन्त्रीहरूमा नेकपा सांसदहरू वसन्त नेम्वाङ, घनश्याम भुसाल, हृदयेश त्रिपाठी र पार्वत...

उपनिर्वाचन २०७६ मौन समयमा गाउँपालिका प्रवेशमा निषेध

सिमकोट, ५ मङ्सिर जिल्ला सुरक्षा व्यवस्थापन समितिले उपनिर्वाचनको मौन समयमा वाहिरका नागरिकलाई गाउँपालिकामा प्रवेश गर्न निषेध लगाउने निर्णय गरेको छ । जिल्ला प्रशासन कार्यालयमा बुधबार बसेको बैठकले जिल्लाको खार्पुनाथ गाउँपालिकामा उपाध्यक्ष पदका लागि मङ्सिर १४ गते हुने उपनिर्वाचनमा गाउँपालिकाका मतादाताबाहेक अन्य पालिकाका नागरिकलाई प्रवेशमा निषेध गर्ने निर्णय गरेको छ । जिल्लाका सात गाउँपालिकामध्ये खार्पुनाथ गाउँपालिका अति संवेदनशील पालिका भएकाले चुनावलाई शान्त र मर्यादित बनाउनका लागि जिल्ला सुरक्षा व्यवस्थापन समितिले यस्तो निर्णय...

उपनिर्वाचन २०७६ः दाङमा एक्लो महिला उम्मेदवार

रीता लामा, घोराही, ४ मङ्सिर  यतिखेर पश्चिम दाङका विभिन्न गाउँमा चुनावी चहलपहल निकै बढेको छ ।केही समयपहिले सुनसान रहेका गाउँमा अहिले भीडभाड बढेको हो । आगामी मङ्सिर १४ गते हुने उपनिर्वाचनले दाङ निर्वाचन क्षेत्र नं ३ को (२) मा पर्ने गाउँमा चुनावी प्रचारप्रसार बढेको छ । सो क्षेत्र तुलसीपुर बजारदेखि केही टाढा रहेको छ । अहिले त्यहाँका घरघरमा उम्मेदवार मत माग्नका लागि घरदैलो गरिरहेका छन् । उम्मेदवार बिहानैदेखि बेलुकासम्म आआफ्ना नेता...

राप्रपा संयुक्तको “जनकपुर–लुम्विनी धार्मिक यात्रा” समापन

चितवन, मंसिर, ४ । राष्ट्रिय प्रजातन्त्र पार्टी संयुक्तको जनकपुर–लुम्विनी धार्मिक यात्रा आज समापन गरिएको छ । हिन्दु राष्ट्रको पक्षमा जनमत सृजना गर्ने उद्धेश्यले गत कार्तिक २८ गतेबाट शुरु भएको धार्मीक रथ यात्राको आज समापन गरिएको हो । शान्तिका अग्रदुत भगवान गौतम बुद्धको पवित्र जन्मभुमि लुम्विनीमा पुजा अर्चना सहित पहिलो चरणको धार्मिक यात्राको समापन गरिएको छ । समापन कार्यक्रममा बोल्दै राप्रपा संयुक्तका अध्यक्ष पशुपतिशम्शेर जबराले देश हिन्दु राष्ट्र कायम नभए सम्म यस...

उपनिर्वाचन २०७६ – समृद्धिको सारथी बन्छु विद्या

पोखरा, ४ मङ्सिर कास्की निर्वाचन क्षेत्र नं– २ मा यही मङ्सिर १४ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा नेकपाका उम्मेदवार विद्या भट्टराई अधिकारीले नेकपाले अघि सारेको देश विकासको महाअभियानको आफू सारथी बन्ने बताउनुभएको छ । चुनावी घरदैलोका क्रममा स्वर्गीय रवीन्द्र अधिकारीको गाउँ पोखरा–३३ भरतपोखरी पुग्नुभएकी उहाँले आज तल्लो पुँडिटारमा आयोजित चुनावी कोणसभामा पार्टी र सरकारको अभियानमा आपूm समर्पित रहने प्रतिबद्धता व्यक्त गर्नुभयो । पोखराको समग्र विकासमा रवीन्द्रको ठूलो योगदान रहेको चर्चा गर्दै उहाँले...

नेपाली भूभाग कुनै पनि हालतमा नछोडिने – महामन्त्री कोइराला

विराटनगर, ४ मङ्सिर नेपाली काँग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाले नेपाली भूभाग कालापानी र लिपुलेक हाम्रो भएकोले कुनै हालतमा छाड्न नसकिने बताउनुभएको छ ।विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै उहाँले प्रधानमन्त्री केपी शर्मा ओलीले पनि हामी आफ्नो भूभागको एक इन्च पनि नछाड्ने भनी प्रतिबद्धता जनाउनुभएकामा नेपाली काँगे्रसको पनि समर्थन छ भन्नुभयो ।महामन्त्री कोइरालाले नेपाल विद्यार्थी सङ्घमा अब हुने अधिवेशनपछि मात्र उमेरको हद लागू हुने विद्यानमा उल्लेख छ भन्दै नेपाली काँग्रेस...

काङ्ग्रेसका क्षेत्रीय कोषाध्यक्ष नेकपामा प्रवेश

कञ्चनपुर, ४ मङ्सिर (रासस)  नेपाली काङ्ग्रेस क्षेत्र नं १ का कोषाध्यक्ष टेकबहादुर साउद सत्तारुढ नेपाल कम्युनिट पार्टी (नेकपा) प्रवेश गरेका छन् । जिल्लाको दक्षिणि क्षेत्र बेलौरीका व्यापारी एवं बेलौरी उद्योग वाणिज्य सङ्घका पूर्वअध्यक्ष साउदले नेकपाको काम र कार्यशैलीप्रति प्रभावित भएर पार्टी प्रवेश गरेको बताउनुभएको छ । साउदलाई नेकपाका स्थायी कमिटी सदस्य लेखराज भट्टले मङ्गलबार साँझ टीका लगाई पार्टी प्रवेश गराउनुभएको हो । ...

राप्रपा संयुक्तको धार्मिक यात्रा समापन आज, लुम्विनीमा पुजा अर्चना हुँदै

४ मंसिर,चितवन राष्ट्रिय प्रजातन्त्र पार्टी संयुक्तको जनकपुर–लुम्विनी धार्मिक यात्रा आज समापन गरिँदैछ । शान्तिका अग्रदुत भगवान गौतम बुद्धको पवित्र जन्मभुमि लुम्विनीमा पुजा अर्चना सहित पहिलो चरणको धार्मिक यात्राको समापन गर्न लागिएको हो । कपिलवस्तुको तिलौराकोटमा रहेको टोलि समापन समारोहका लागि लुम्विनी पुग्ने बताईएको छ । यसअघि टोलिले हिजो नवलपरासी र रुपन्देहिका बिभिन्न क्षेत्रमा कार्यक्रम गरेको थियो । धार्मिक यात्राका क्रममा भएका सबैकजकसो कोणसभामा पार्टिका अध्यक्षद्वय पशुपतिशम्सेर जवरा र डा. प्रकाशचन्द्र लोहनी तथा...

उपनिर्वाचन २०७६ : ११६ सुरक्षाकर्मी खटिए

सिमकोट, ४ मङ्सिर (रासस) हुम्लाको खार्पुनाथ गाउँपालिकामा यही मङ्सिर १४ गते हुनलागेको उपनिर्वाचनका लागि ११६ सुरक्षाकर्मी खटिएका छन् । खार्पुनाथ गाउँपालिका उपाध्यक्ष सिन्दु शाही हमालको याङचुबगरमा गत असार ३ गते जिप दुर्घटनामा परी मृत्यु भएपछि उपाध्यक्ष पदका लागि यहाँ उपनिर्वाचन हुनलागेको हो । जिल्लामा रहेका सुरक्षाकर्मीले नपुग्ने भएपछि सुरक्षालाई थप व्यवस्थित र निर्वाचनलाई मर्यादित बनाउन जिल्ला बाहिरबाट ११६ सुरक्षाकर्मी हुम्ला पुगेर सो गाउँपालिकामा खटाइएको सुरक्षा व्यवस्थापन समितिका संयोजक प्रमुख जिल्ला...