साफ च्याम्पियनसिपका लागि नेपाली टोलीे घोषणा

काठमाडौँ, ३१ भदौ नेपालमा आयोजना हुने तेस्रो संस्करणको साफ यू–१८ च्याम्पियनसिपका लागि नेपालले २३ सदस्यीय राष्ट्रिय फुटबल टोलीको आज घोषणा गरेको छ । नेपाली टोलीका मुख्य प्रशिक्षक चेतनारायण श्रेष्ठले दोस्रो चरणमा रहेका २५ खेलाडीमध्ये २३ सदस्यीय टोलीको घोषणा गर्नुभएको अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले जनाएको छ । गोलरक्षक रोहित कार्की र मिडफिल्डर दिपेश गुरुङ भने छनोटबाट बाहिरिएका छन् । छनोट भएका खेलाडीमा गोलरक्षक विशाल सुनार, सूर्य अधिकारी र पुजन होना छन् भने...

प्रकाश दाहाल स्मृति राष्ट्रिय भलिबल

काठमाडौँ, ३१ भदौ पहिलो संस्करणको प्रकाश दाहाल स्मृति प्रगतिशील युवा नेपाल कप –२०७६ अन्तर्गत राष्ट्रिय खुल्ला पुरुष भलिबल प्रतियोगिताको अन्तिम चरणको खेल शनिबार हुने भएको छ । वर्षाका कारण लगातार स्थगित भएको खेल आज हुने भनिए पनि वर्षाकै कारण फेरि असम्भव भएकाले खेल असोज ४ गते शनिबार हुने गरी स्थगित गरिएको आयोजकले जनाएको छ । प्रगतिशील युवा नेपालको आयोजनामा भएको उक्त प्रतियोगितामा उपाधिका लागि नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लब...

कराते टोली मलेसियातर्फ

काठमाडौँ, ३१ भदौ । पाँचौं विश्व गोजुरियो कराते च्याम्पियनसिपमा सहभागी हुन १६ सदस्यीय नेपाली टोली मंगलबार मलेसियातर्फ प्रस्थान गरेको छ । यही असोज २ देखि ६ गतेसम्म मलेसियाको कोलालम्पुरमा आयोजना हुने च्याम्पियनसिपमा नेपालका १६ खेलाडीले प्रतिस्पर्धा गर्ने छन् । च्याम्पियनसिपमा सुमन तिमिल्सिनाले सिनियर कातामा प्रतिस्पर्धा गर्ने छन् । यसैगरी राजु पौडेलले भेट्रान कुमुते, दीपेश अधिकारीले ५० केजी तौल समूहको कुमुतेमा प्रतिस्पर्धा गर्ने छन् । यस्तै निरज घिमिरेले ४५ केजी, नीता तामाङले ५५...

दुबईमा नेपाललाई स्वर्णपदक जिताउँने प्रिन्स स्वदेश फिर्ता

भदौ ३१ – दुबईमा सम्पन्न भएको दुबई जुनियर इन्टरनेसनल ब्याडमिन्टन सिरिजको यू–१९ ब्वाइजमा स्वर्णपदक जितेका नेपाल जुनियर च्याम्पियन प्रिन्स दाहाल स्वेदश फिर्ता भएका छन् । उनी हिजो सोमबार स्वेदश फिर्ता भएका हुन् । यतिबेला बधाईको ओहिरो पाईरहेका प्रिन्सको स्वागतका लागि विमानस्थलमा उनको परिवारसंगै नेपाल ब्याडमिन्टन संघका अध्यक्ष रामजीबहादुर श्रेष्ठ , संघका उपमहासचिव लवभक्त श्रेष्ठ, सचिव नवीनविक्रम शाह, सदस्य दीपक थापा, वरिष्ठ अन्तर्राष्ट्रिय अम्पायर उदय अर्याललगायतको उपस्थिती रहेको थियो । विमानस्थल उपस्थित...

एएफसी यू–१६ च्याम्पियनसिप छनोट : नेपालले कुवेतसँग बराबरी खेल्यो

काठमाडौँ, ३१ भदौ (रासस) जोर्डनमा जारी एएफसी यू–१६ च्याम्पियनसिप छनोटअन्तर्गतको आफ्नो दोस्रो खेलमा नेपालले कुवेतसँग बराबरी खेलेको छ । जोर्डनको जार्का सिटीस्थित प्रिन्स मोहम्मद अन्तरराष्ट्रिय रङ्गशालामा सोमबार राति भएको खेलमा नेपालले कुवेतसँग १–१ गोलको बराबरी खेलेको हो । नेपलाका लागि दिपेश राईले गोल गरे । उनले खेलको ७४औँ मिनेटमा गोल गर्दै नेपाललाई अग्रता दिलाएका थिए । त्यस्तै कुवेतका अब्दुलवाहब अलहिन्दिले खेलको इन्जुरी समयमा पेनाल्टीमा गोल गर्दै खेललाई एक÷एक गोलको बराबरीमा...

एशियन टेबलटेनिसको फाइनलमा नेपाल

काठमाडौँ, ३० भदौ इण्डोनेसियाको जकार्तामा जारी २४औँ एशियन टेबलटेनिस च्याम्पियनसिप–२०१९ मा नेपाली महिला टोली फाईनलमा प्रवेश गरेको छ । नेपाली टोलीका व्यवस्थापक धर्ममान बज्राचार्यका अनुसार नविता श्रेष्ठ, एलिना महर्जन र सिक्का सुवाल सम्मिलित नेपाली टोलीले लिग कम नकआउटका आधारमा भएको पहिलो खेलमा जोर्डनलाई र दोस्रो खेलमा तुर्कमेनिस्तानलाई समान ३–० को सेटमा पराजित गर्दै फाइनलको यात्र तय गरेको हो । नेपाली महिला टोली लिग चरणमा मकाउ र इरानसंँग समान ३–० ले नै...

क्यान निर्वाचनको नयाँ मिति तय

काठमाडौँ, ३० भदौ नेपाल क्रिकेट सङ्घ (क्यान)को केन्द्रीय निर्वाचन आगामी असोज १० र ११ गते हुने भएको छ । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी)का प्रतिनिधि इमरान ख्वाजा र अमर शेख, राष्ट्रिय खेलकूद परिषद् (राखेप)का सदस्यसचिव रमेशकुमार सिलवाल र स्वतन्त्र कमिटीका कानूनी परामर्शदाता राजेश्वर श्रेष्ठसहितको आज बसेको बैठकले क्यान निर्वाचनको मिति तय गरेको हो । यसअघि जिल्ला र प्रदेशको निर्वाचन सकिएपछि स्वतन्त्र समितिले असोज ३ र ४ गतेका लागि केन्द्रीय निर्वाचनको मिति तोकेको थियो...

स्वर्ण पदक विजेता प्रिन्सलाई स्वागत

काठमाडौँ, ३० भदौ संयुक्त अरब इमिरेट्स (यूएई)को दुबईमा सम्पन्न ‘दुबई जुनियर इन्टरनेसनल ब्याडमिन्टन सिरिजको यु–१९ ब्वाइजमा नेपाललाई स्वर्ण पदक दिलाएका प्रिन्स दाहाल आज स्वदेश फर्केका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल ब्याडमिन्टन सङ्घका अध्यक्ष रामजीबहादुर श्रेष्ठ, उपाध्यक्ष लवभक्त श्रेष्ठ, सचिव नविनविक्रम शाह, सदस्य दीपक थापालगयातले प्रिन्स तथा उनका प्रशिक्षक कमलेश निरौलालाई स्वागत गरेका थिए । दुबईमा आइतबार सम्पन्न फाइनल खेलमा प्रिन्सले विश्वको नवौँ बरियताका खेलाडी भारतका वरुण कपुरलाई २–० सोझो सेटमा पराजित...

एएफसी फुटबल : नेपालले कुवेतसँग खेल्ने

काठमाडौँ, ३० भदौ  जोर्डनमा जारी एएफसी यू–१६ च्याम्पियनसिप छनोटअन्तर्गत नेपालले कुवेतसँग खेल्ने भएको छ । जोर्डनको प्रिन्स मोहम्मद अन्तर्राष्ट्रिय रङ्गशालामा नेपालले आज राति कुवेतसँग प्रतिस्पर्धा गर्नेछ । साफ यू–१५ च्याम्पियनसिपमा उपविजेता बनेर फर्केको नेपाली फुटबल टोली दुई सातापछि जोर्डन पुगेको हो । नेपाली टोलीले शुरुआतमा कमजोर खेल प्रदर्शन गरेको थियो । भदौ २८ गते पहिलो खेलमा नेपाल आयोजक जोर्डनसँग ७–० गोलले पराजित भएको थियो । कुवेतले पहिलो खेलमा श्रीलङ्कालाई २–० गोलले...

कोलम्बिया २०३० को विश्वकप सहआयोजक हुन इच्छुक

भदौ ३० – कोलम्बियाका राष्ट्रपति इभान डोकुले सन् २०३० को विश्वकप फुटबलको सहआयोजक हुन तयार रहेको बताउनुभएको छ । उहाँले इक्वेडर र पेरुका साथमा मिलेर सन् २०३० का लागि दाबी प्रस्तुत गर्ने बताउनुभयो । इक्वेडरका राष्ट्रपति लेनिन मोरेनोले कोलम्बियाका राष्ट्रपति डोकु र पेरुका राष्ट्रपति मार्टिन भिजकारासँग भेट गरी उक्त प्रस्ताव अघि सार्नु भएको थियो । कोलम्बियाको लेटिसियामा आयोजित एक सम्मेलनका क्रममा राष्ट्रपति डोकुले भन्नुभयो, “इक्वेडरका राष्ट्रपतिले राख्नुभएको प्रस्तावलाई आफ्नो समर्थन...